Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

प्रभातफेरी अनलाइन ४५०५ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ३०, मंगलबार (४ साल अघि)
एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

आर.एल.श्रेष्ठ
चिसो मौसममा छालाको हेरचाह र सुरक्षाका उपायबारे निकै धयान दिन जरुरी रहन्छ । यदि होशियारी अपनाउन नसकेमा चिसो मौसममा छालाको एलर्जी हुने सम्भावना प्रवल रहन्छ । चिसो मौसममा छालाको एलर्जी हुनेहरुले न्यानो भएर बस्नुपर्छ । बारम्बार साबुन–पानीले हात, मुख, खुट्टा धोईराख्नु राम्रो होइन । सकिन्छ भने साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ । साबुनको प्रयोग गर्दा पनि माइल्ड सोप अर्थात् मोस्चराइजरयुक्त बेबी सोपको प्रयोग गर्नु उत्तम मानिन्छ । यदि सावुन प्रयोग नगरी हुन्न भने साबुन प्रयोग गरिसकेपछि तुरुन्तै चिल्लो हुने आफूसँग भएको चिल्लो अर्थात् क्रिम, तेल, लोसनजस्ता चीज साबुन प्रयोग भएको शरीरको भागमा लगाउनु उचित रहन्छ ।

चिसो समयमा चिल्लोको कमी भएमा एलर्जि हुने चिलाउने गर्दछ । छालाको माथिको भाग सुख्खा भइरहेको हुन्छ । त्यसमा घामले भेट्दा पोल्ने, मसिनो घाउ हुने समस्या हुन्छ । यसको मुख्य कारण हावा र घामले हो । जाडो भगाउन घाममा बस्ने गरिन्छ, घाममा बस्दा घाम र हावाले छाला सुख्खा बनाउँछ । सुख्खा भएपछि छाला फुट्छ त्यसमा घाम परेपछि चिलाउने, पोल्ने समस्या आउने गर्दछ । त्यसैले छाला नरम, चिल्लो बनाइराख्न क्रिम र तेल लगाउनु जरुरी हुन्छ ।

जाडो महिनामा तेलको मालिस बढी गर्न उपयुक्त हुन्छ, मालिस गर्न संभव नभएको अवस्थामा लोसन भन्दा क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । लोसनमा पानीको मात्र अलि बढी हुन्छ । क्रिममा पानीको मात्रा कम हुने भएकोले शरीरलाई लामो समयसम्म नरम बनाउँछ । हाम्रो घरमा भइरहने अलिभको तेल, नरिवलको तेल शुद्घ तोरीको तेल, दूधको तर पनि प्रयोग गर्न सकिन्छ । घ्यूमा थोरै नून राखेर फिट्दा क्रिम जस्तो बन्छ सो लगाउंदा पनि फाईदा हुन्छ तर शरीरमा यति लगाएपछि नरम कपडा लगाउनु उपयुक्त मानिन्छ ।

जाडो समयमा खानपिनमा समेत ध्यान दिन जरुरी रहन्छ । तेल लगाउने भनेको बाहिरबाट छालालाई चिल्लो बनाउनको लागि हो । भित्रैबाट प्राकृतिक रुपमा छालालाई चिल्लो, नरम बनाइराख्न खानाको महत्वपूर्ण भूमिका हुन्छ । माछा हाम्रो स्वास्थ्यको लागि लाभदायक छ । कम मात्रामा मात्रै माछा खाने प्रचलन भएकाले माछाबाट पाइने भिटामिन, प्रोटिनयुक्त क्याप्सुल पनि पाइन्छ । त्यो पनि खान सकिन्छ । यसले छाला मात्रै नभएर हड्डी तथा जोर्नीलाई पनि राम्रो गर्छ । यसैगरी ओखर, आलस, कटुस, बदामजस्ता खानेकुराले छालालाई प्राकृतिक रुपमा नरम बनाउँछ ।

चिसो समयमा तातो न्यानोकोलागि घाममा धेरै बस्ने गरिन्छ तर घाममा सकेसम्म नबस्नु राम्रो हो । किनभने घामले छालाको भित्रको बोसोको तहलाई सुकाएर पातलो बनाउँछ । त्यसले छाला सुख्खा हुने हुन्छ । छालाको समस्या बढी हुन्छ । भिटामिन डीको कमी भएको अवस्थामा घाममा बस्न भनिन्छ । त्यसको लागि पनि सीमित समय मात्रै बस्ने हो । लुगा सुकाउँदा, बाटोमा हिँड्दा शरीरमा पर्ने घाम पर्याप्त हुनसक्छ । धेरै घाममा एक्सपोज हुँदा छालाको अरु समस्या थपिन सक्छ ।

 

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0