काभ्रे । काभे जिल्लाको मात्रै नभई नेपालकै ऐतिहासिक स्थानको रुपमा परिचित पनौती नगरमा लाग्ने १२ बर्षे मकर मेलामा स्वास्थ्य मादण्ड कायम राख्दै स्नान गर्नेहरुको लर्को ठुलै रहेको छ ।
नेपालका बिभिन्न जिल्लाबाट मात्रै नभई छिमेकी मुलुकहरुबाट समेत भक्तजनहरुको आगमन हुने उक्त १२ बर्षे मकरमेला सुरु हुन केही दिन अगाडीबाट विश्वमा कोरोनाको महामारी फैलिएपछि नगरपालिकको तर्फबाट भक्तजनहरुलाई सुरक्षित राख्नको लागि तौर–तरिका व्यवस्था गरिएको थियो ।
भक्तजनहरुका कारण पनौती र आसपासका स्थानहरुमा कोरोना रोग नफैलियोेस् साथै भक्तजनहरुलाई सुरक्षितसँग स्नान गर्ने साथै मन्दिरहरुको दर्शन गर्ने सहज वातावरण निर्माण गर्ने कार्यमा नगरको भुमिकाले गर्दा भक्तजनहरुलाई सहज भएको छ ।
मेला सभ्य र भव्य बनाउनको लागि नगरपालिकको भुमिकाले गर्दा नगरवासीहरु हर्षित रहेका छन् । विगत वर्षहरुको तुलनामा यस वर्षको मकरमेलाको लागि नगरपालिकाले खेलेको भुमिकाले गर्दा पनौतीको ऐतिहासिक धरोहरको क्षेत्र बेहुली जस्तै सिङ्गारिएको छ । जिल्लास्थित कोभिड १९ संक्रमण नियन्त्रण रोकथाम र उपचार सम्बन्धी केन्द्र (डीसीएमसी) को बैठकको निर्णय समेतलाई मध्यनजर राख्दै पनौती नगरले खेलेको भुमिकाले गर्दा मेला सञ्चालनमा सहज भएको छ ।
मेला सञ्चालनको बारेमा पनौती नगरका प्रमुख भिम न्यौपानेले भन्नुभयो— हाम्रो दायित्व संस्कृतिको संरक्षण गर्दै नगरवासीहरुको चाहना र हितको खातिर कार्य गर्नु हो । नेपालमा मात्रै नभई विदेशमा समेत चर्चा भएको पौराणिक महत्व रहेको मकर मेलाको समयमा मुलुकमा कोरोनाको संक्रमण बढ्यो । सोही कारण संक्रमणलाई फैलन नदिने उद्देश्यले हामी लागिरहेका छौं । २५ जनाभन्दा कमको उपस्थितिमा स्नान गर्ने व्यवस्था मात्रै नभई स्वास्थ्य मापदण्डको विषयमा सचेत गराएका छौं ।
मेलामा पनौती नगरले गरेको व्यवस्थाले गर्दा भक्तजनहरुले सुरक्षित तरिकाबाट स्नान गर्ने अवसर जुटेको छ । कोरोनाको त्रासदिपूर्ण अवस्थामा समेत पौराणिक महत्व रहेको मेलामा भक्तजनहरुले सहज ढंगबाट स्नान गर्नु तथा मठमन्दिरहरुको दर्शन गर्न पाउनुलाई सौभाग्य ठानेका छन् ।
स्नान गर्न आएका एक भक्तजनले भने— १२ वर्षपछि बल्ल आएको मेलामा कोरोनाको कारण स्नान र दर्शन गर्न नपाउने हो कि भन्ने निकै चिन्ता लागेको थियो । तर पनौती नगरको देनको कारण भयरहित ढंगबाट स्नान साथै भगवानहरु दर्शन गर्ने अवसर जुट्यो । मलाई पनौतीमा आउन निकै डर लागेको थियो, भिडभाडमा जाँदा कोरोना सर्ला भन्ने चिन्ता थियो । तर गाउँबाट आउनेहरुले यहाँको व्यवस्थाको बारेमा जानकारी गराएपछि आएँ । साह्रै खुशी लाग्यो व्यवस्था देख्दा, हालको जस्तै व्यवस्था महिनाभरी गरे भने सबैले मकरमेलामा आउने अवसर पाउँछन् । यस्तो व्यवस्था भएपछि भिड होला भन्ने चिन्तै रहेन, जति मान्छे आएपनि आलो पालो व्यवस्थाले गर्दा कोरोना सर्ला भन्ने चिन्तै रहेन ।
प्राचीन तीर्थ र इन्द्रेश्वर शिवलिङ्गको महिमा कार्तिकस्वामीले भन्नुभयो– त्यसपछि विरूपाक्ष नेमुनिलाई साथमा लिएर प्रसन्न हुँदै भक्तिपूर्वक स्नान गर्नका लागि शचीतीर्थमा गए । माघकृष्ण अष्टमीका दिन विरूपाक्षले शचीतीर्थमा स्नान गरे अनि त्यसै दिनको महारात्रिमा उनले भक्तिपूर्वक लिङ्गको पूजा गरे । ज्ञान र धर्मले युक्त भएका ती मुनिले राति जागा बसेर तीर्थ र विशेष गरी लिङ्गको महात्म्य मुनिसित सोध ।।१–३।।
विरूपाक्षले भने – हे सर्वज्ञ मुनि ! यो तीर्थ र यो लिङ्गको महात्म्य हजुरबाट सुन्न चाहन्छु, यो तीर्थको उत्पत्ति कसरी भयो ? कसले यसलाई प्रकाशित गयो ? यो लिङ्ग कसरी पैदा भयो ? त्यसको आराधनाबाट को मुक्त भयो ? बताउनुहोस् ।।४–५ ।।
नेमुनिले भन्नुभयो – हे बाबु ! तिमी धन्य छौ, किनभने तिम्रो मनमा यस्तो कुरा पैदा भयो । यस विषयमा पुरानो एउटा कथा छ, बताउँछु, ध्यान दिएर सुन । मिथिलामा सुशोभित भएर रहेको ब्रह्मपुरी नाम गरेको शहर थियो त्यहाँ गौतम नाम गरेका तपस्वी सधैं बस्नुहुन्थ्यो । मिठो बोल्ने, प्रतिव्रता, अहल्या नाम गरेकी उनकी पत्नी थिइन् उनी सम्पूर्ण लक्षणले युक्त भएकी र सर्वाङ्ग सुन्दरी थिइन् । पतिव्रता ती अहल्या ऋतुस्नान गरेर फूल टिप्नका निमि एक्लै आनन्दसित बगैंचामा हिँडिरहेकी थिइन् । तिनताका स्वर्गमा उनको गुणको बखान नारदको मुखबाट सुनेर इन अहल्यालई हेर्न त्यस बगैंचामा आए । फूलसित प्रसन्न हुँदै खेलिरहेकी, चन्द्रमाको जस्तो मुख र मृगका आँखाजर आँखा भएकी, साहा स्तनहरू भएकी र मुसुक्क हाँस्ने अहल्यालाई इन्द्रले देखे ।।६–११ ।।
कहिले होला भन्ने सोचे ।
से । जब रातको एक नगर्न गए । त्यसपछि इन्द्र त्यसपछि अहल्यामा आसक्त त्यसैले ननुहाइकन यहाँ आएं ।
को पाकत अर्थात् अज्ञानी पशुजस्तो
मे पत्नी लुण्ठिता यस्मा मगाएगा ।
यस स्त्रीसित आनन्दसँग मेरो रतिक्रीडा कहिले होला द्रता अहल्यालाई देखेर मोहित भए र यस स्त्रीसित आनन्दसग त्यसपछि चिन्तित हुँदै इन्द्र त्यसै कटीको नजिकै एकान्त स्थलको खोजीको क्रममा लुकेर बसे । जब भाग बाँकी थियो, त्यसबखत गौतम ऋषि स्नानका सबै सामग्री लिएर एक्लै गङ्गामा स्नान गर्न गए । ऋषिको रूप धारण गरेर गौतमको जस्तो अनुहार र शरीर लिई तिनको कुटीमा पसे । त्यसपछि अहल्यामा भएका गौतम रूपधारी इन्द्रले भने– हे प्रिये ! म अहिले कामवासनाबाट दग्ध छु । त्यसैले ननुहाइकन यह मलाई रति देऊ ।।१२–१६।।
अहल्याले भनिन् – हे प्रभु । हे भगवन् ! तपाईं आज कसरी यस्तो प्राकृत अर्थात् अज्ञानी , बन्नुभयो ? हे आर्य ! तपाईंको यस्तो क्रियाकलाप यसअघि त देखेकी थिइन । आज तीर्थ ठगिया, मनि ब्रह्ममुहूर्तमा गर्नुपर्ने काम तपाईंले छोड्नुभयो । स्नान, जप र पूजालाई छोडेर तपाईं कसरी कामुक बन्नुभयो ।।१७।।
गौतमरूपधारी इन्द्रले भने – तिमीले मलाई यस्तो कटु बोली नबोल किनभने कामुक व्यक्तिलाई कामभोग दिनैपर्छ भनेर शास्त्रमा भनेको छ । हे अहल्या ! मलाई कामभोग दियौ भने तिम्रो कल्याण हल्ला कामभोग दिदैनौ भने म तिमीलाई भस्म गर्छ ।।१९–२०।। नेमुनिले भन्नुभयो– त्यसपछि तिनका सरापबाट डराएर अहल्याले नारीप्रकृति अंगालेर तुरुन्त रतिसाद लिन हे ब्राह्मण ! विरूपाक्ष ! तिल बिर्सिएर गौतममुनि तिल लिनका लागि गङ्गाको तीरबाट कुटीमा फर्किए । त्यसपनि रतिक्रीडा सिध्याएर उभिइराखेका इन्द्र र खुट्टा उत्तानो पारेर सुतिरहेकी आफ्नी पत्नीलाई देखेर गौतममुनि रीसले मन परे । के गरेर बसेकी भनेर अहल्यालाई गौतमले झपारे । त्यो देखेर इन्द्र झ्यालको प्वालबाट निस्किएर तुरुन्त भागे । ऋषिले दुवैलाई सराप दिए – तैले मलाई छलिस् र मेरो हेला गरिस्, त्यसकारण तैंले पत्थर हुनुपरोस् । हे इन्द्र । कामुक भएर तँले मेरी पत्नीलाई ठगिस्, त्यसैले तेरा शरीरभरि आजदेखि हजार योनीहरू बनून् ।।२१–२६।।
नेमुनिले त्यसपछि हजारौं योनिले युक्त भएको आफ्नो शरीरलाई देखेर इन्द्र आफैलाई निन्दा गर्दै दुःखित भएर घर गए । योनि नै योनिले भरिएको शरीर भएका इन्द्रलाई देखेर आश्चर्य तथा दुःखित हुँदै इन्द्राणीले त्यसको कारण इन्द्रलाई सोधिन् । त्यसपछि लाजले खिन्न हुँदै बारम्बार निहुरोमुन्ये लगाएर श्वास फेर्दै अहल्यासित भएका सबै कुराको वृत्तान्त इन्द्रले इन्द्राणीलाई तुरुन्तै भने । इन्द्रका कुरा सुनेर अप्रसराहरूका साथ इन्द्रको उपहास गरिरहेकी इन्द्राणीका कुरा सुनेर स्वर्गका अरू देवीहरूले सानन्द मुसुमुसु हाँस्दै ताली बजाए ।
अप्सराहरूका साथमा बसेकी इन्द्राणीले क्रुद्ध हुँदे इन्द्रलाई भनिन् – हे प्रभो ! हजुरलाई धिक्कार छ, किनभने हजरले यस्तो नराम्रो काम गर्नुभयो । हे मूर्ख इन्द्र ! अप्सरा र आफ्नी पत्नी छदाछदै तिनलाई छोडेर मायाले छलेर पतिव्रता ऋषिपत्नीलाई उपभोग गर्न जानुभयो, तपाईंको क्रियाकलापलाई धिक्कार छ ।
नेमुनिले भन्नुभयो – हे विरूपाक्ष ! त्यसपछि इन्द्राणीले बृहस्पतिलाई बोलाएर इन्द्रमाथि लागेको ऋषिको सराप छुटाउने उपायको बारेमा सोधनी गरिन् ।।३।। त्यसपछि बृहस्पतिले पनि इन्द्रलाई त्यो सरापबाट मुक्त गराउनका लागि इन्द्राणीलाई भने ।।३३–३४।।
बृहस्पतिले भन्नुभयो – हे इन्द्र ! विधिको निर्देश अनुसार इन्द्राणीलाई साथमा लिएर त्यो झाडीको तल्लो भागमा रहेको पवित्र स्थलमा गएर बस । त्यहाँ लीलावती र अर्को रुद्रावती नाम गरेको नदी छन् । ती दुईको नदीको सङ्गममा स्नान गरेर तिमी भगवान् शङ्करको आराधना गर त्यहाँ स्नान गर्ने वित्तिकै तिम्रा शरीरका अङ्गहरू पापबाट मुक्त हुनेछन् । शिवजीको आराधना गयौ भने तिम्रो सराप नाश हुनेछ ।
नेमुनिले भन्नुभयो – त्यसपछि इन्द्रले ब्रह्मालाई नमस्कार गरे । ब्रह्माको आज्ञा लिएर इन्द्र आफ्नी पत्नी इन्द्राणीका साथ यस ठाउँमा आए ।।३८।। ती दुवे इन्द्र र इन्द्राणीले यस तीर्थमा बडो आदरका साथ प्रसन्न भएर स्नान गरे । त्यसपछि त्यस तीर्थमा बसेर इन्द्रले शिवजीको र इन्द्राणीले पार्वतीको ध्यान गरेका थिए ।
इन्द्राणीले भक्तिपूर्वक आराधना गरेपछि ती दुई नदीको सङ्गममा नदीरूप लिएर भगवती पद्मावती पर हुनुभयो र बग्नुभयो । इन्द्र र इन्द्राणीको बीचबाट अत्यन्त सुन्दर प्रवाहले युक्त भएको नदीलाई इन्द्राणीले देखिल दिव्य दृष्टिबाट तिनलाई देखेर इन्द्राणीले आफूलाई कृतार्थ भएको ठानिन् । हे विरूपाक्ष । दिव्य एक आर्द्रा नक्षत्रले युक्त भएको आषाढशुक्ल पूर्णिमाका दिन इन्द्रकै समुन्नेमा लिङ्ग प्रकट भयो । भक्तलाई वरदान दिनका निमित्त भगवान् शङ्कर सगुणस्वरूप लिएर त्यसै लिङ्गबाट पैदा हुनुभयो र इन्द्रलाई भन्नुभयो ।
इन्द्रेश्वर अर्थात् भगवान् शङ्करले भन्नुभयो – इन्द्राणीले यस ठाउँमा तपस्या गरिन् । त्यसेले पद्मावती प्रादुर्भाव भयो । हे इन्द्र ! यी दुई नदीको सङ्गममा शचीतीर्थ बन्यो । हे इन्द्र ! यस शचीतीर्थमा भक्तिपूर्वक स्नान त्यसपछि एउटलाई छोडेर अरू सम्पूर्ण सरापहरू नाश हुनेछन् । ऋषिको सराप ज्यादै महत्त्वपूर्ण भएको हुनाले हे देवराज इन्द्र ! तिम्रो निधारमा एउटा योनि सधै रहन्छ । पृथिवीमा उत्पन्न भएको यो लिङ्ग तिम्रो नाउँले इन्द्रेश्वर भएर प्रसिद्ध हुनेछ, यसले प्राणीहरूले चाहेको फल उपलब्ध गराउनेछ ।
नेमुनिले भन्नुभयो – त्यसपटि इन्द्रले रुद्रको वचन सुनेर भक्तिपूर्वक रुद्रको परिक्रमा गरे, स्तुति गरेर बारम्बार प्रणाम गरे । हे विरूपाक्ष ! त्यस तीर्थमा इन्द्रले डुब्दै, उत्रदै गरेर ज्येष्ठ पूर्णिमाको दिन ब्राह्ममुहूर्तमा विधिपूर्वक सभक्ति स्नान गरे ।
जलबाट निस्किएका इन्द्रले आफ्नो शरीरलाई फेरि हेरे । सरापबाट पैदा भएका योनिबाट मुक्त भएको शरीरलाई देखेर उनी अत्यन्त प्रसन्न भए । त्यसपछि ब्रह्मा आदि गरिएका देवताहरूले सबैतिरबाट आएर विभिन्न किसिमका बाजाहरू बजाउँदै तिनलाई अभिषेक दिए । ।५१ । । हर्षले प्रसन्न चित्त भएका देवताहरूले इन्द्राणीका साथै इन्द्रलाई यानमा राखेर स्वर्गमा लगे । आज पनि देवता, मुनि र सिद्धहरूले यहाँ आएर स्नान गरी भक्तिपूर्वक इन्द्रेश्वरको सध आराधना गर्दछन् ।।५०–५३ ।।
श्रुतश्रवा नाम गरेका कुनै ब्राह्मण अघि विरक्त भएर यहाँ आई तपस्या गरेर मुक्त भएका थिए । हे विरूपाक्ष ! त्यो वृत्तान्त सुन । उनले शचीतीर्थमा प्रसन्न भएर भाद्रशुल्क पूर्णिमाको दिन स्नान गरी इन्द्रेश्वरको पूजा गरे र रात्रीमा जाग्राम बसे । त्यसै रातमा शिवजीका दूतहरूले उनलाई तुरुन्त पुष्पक विमानमा राखेर विभिन्न उत्सव गर्दै शिवपुरमा लगे । आज पनि ती ब्राह्मण प्रथमगणहरूमा मुख्य तथा महापराक्रमी भएर सधैं शिवसेवकका रूपमा रहेका छन् ।।५४–५७ ।।
हे विरूपाक्ष ! बुद्धि भएको जुन मानिसले यस शचीतीर्थमा स्नान गरेर भक्तिपूर्वक इन्द्रश्वरको पूजा गर्छ, त्यसको पुण्यफल सुन । दुई जन्मसम्म लागेको सम्पूर्ण पापबाट मुक्त भएर त्यो व्यक्ति सुन्दर इन्द्र नगरीमा गएर इन्द्रका साथ आनन्दसित बस्न पाउँछ । जुन नारीले भक्तिपूर्वक यहाँ स्तुति गरेर इन्द्राणीको पूजा गर्छ त्यो इन्द्राणीका साथ आनन्दसित बस्न पाउँछे । जुन मानिसले पञ्चोपचार विधिबाट यो लिङ्गको पूजा गर्छ त्यो व्यक्ति सम्पूर्ण पापबाट मुक्तभएर शिवलोक जान्छ । हे विरूपाक्ष ! अब तिमी पश्चिमतिर जाऊ । त्यहाँ निकुञ्जाचलको शिखरमुनि भालेश्व भगवान् बस्नुभएको छ । हे विरूपाक्ष ! लीलावतीमा स्नान गरेर त्यस लिङ्गको पूजा गर । त्यसो गर्नाले अवश्य सिदि प्राप्त हुनेछ ।।५८–६ ।।) मैले यो पवित्र तीर्थ र लिङ्गको महात्म्य तिमीलाई बताएँ । जुन मानिसले भक्तिपूर्वक यो महात्म्य आनन्दसि सुन्दछन्, ती मानिसहरू सुखैसुखले भरिपूर्ण भएको इन्द्रनगरीमा जान पाउँछन् ।।४ ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |