Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

प्रभातफेरी अनलाइन १६८१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २७, मंगलबार (३ साल अघि)
निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य पूरा भएका छन् ः प्रमुख पाण्डे

धुलिखेल । आसन्न स्थानीय निर्वाचन २०७९ वैशाख ३० गतेको सम्बन्धमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनलाई सोमबार सम्बोधन गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला प्रमुख अधिकारी हुमकला पाण्डेले उक्त भनाई राख्नुभएको हो ।
निर्वाचन आयोगद्वारा जारी कार्यविधिभित्र रहेर काभ्रेपलाञ्चोक जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा आवश्यक पर्ने सरसामग्रीहरु पुगिसकेको बताउनुभएको छ । जिल्लाको ३ सय ८१ वटै मतदान केन्द्रमा आज साँझसम्म मतपेटिका, मतपत्र लगायतका निर्वाचन सम्बन्धी सम्पूर्ण सामग्रीहरु पु¥याइने जानकारी पत्रकारमाझ राख्नुभएको छ ।
पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेको थप कथन थियो– निर्वाचन व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय बैठकहरुले निर्धारण गरेका कार्यक्रम अनुसार जिम्मेवारी बहन भएको जानकारी दिनुहुँदै जिल्लाका मतदान केन्द्रको सुरक्षा, संवेदनशीलता, पहिचान, मतदान केन्द्र, कार्ययोजना तर्जुमा, मतदान केन्द्रको अनुगमन लगायतका कार्यहरुलाई अगाडि बढाइनुका साथै ति मतदान केन्द्रहरुमा कसरी सुरक्षा दिन सकिन्छ भन्ने बारे गहन छलफल पश्चात् कमाण्डपोष्ट सेल लगायतका युनिटहरु गठन गरी मतदान केन्द्रहरुलाई भयरहित वातावरणमा मतदान गर्नका लागि मतदाताहरुलाई आकर्षित बनाउने गतिविधि सञ्चालन भएका छन् । निर्वाचन आयोगद्वारा जुन किसिमको भौतिक सामग्री व्यवस्थापन अन्तर्गत मत गणना स्थलमा सिसिटिभी जडान, घेराबार लगायतका कामहरुलाई समेत अगाडि बढाइसकिएको छ भने मतदान केन्द्रहरुमा खटिने अधिकृतहरुलाई पनि भूगोल अनुसारको जिम्मेवारी र जानकारी बोध गराइएको प्रमुख जिल्ला अधिकारी पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।
जिल्लामा भएको सुरक्षा संयन्त्रलाई पारदर्शी ढंगबाट अगाडि बढाउनुको साथै निर्वाचनका दिन आइपर्ने कुनै पनि आपतकालिन तत्काल उद्धारका लागि तत् तत् सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको छ । जस्तै ः स्वास्थ्य अन्तर्गत ८७ वटा एम्बुलेन्स, दमकल, सञ्चार, विद्युत् आपूर्ति लगायतका अति संवेदनशील आवश्यक सामग्रीहरुलाई राखिएको छ भने मतदान केन्द्रलाई आवश्यक पर्ने जनशक्तिलाई चुस्त दुरुस्त राखिएको छ भने मतदान पश्चात् मतपेटिका गन्तव्यसम्म ल्याउनको लागि ८७ वटा यातायातका साधन तयारी अवस्थामा रहेको समेत प्रजिअ पाण्डेले कार्यक्रममा जानकारी दिनुभएको छ ।
त्यस्तै प्रतिकुल मौसमका कारण मतदान स्थलमा कुनै असामान्य गतिविधि सिर्जना हुन पुगे त्यसको तत्काल सम्बोधन हुनेगरी सुरक्षा निकाय लगायतका सरोकारवाला पक्ष समेत तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै आवश्यक परेको अवस्थामा हेलिकप्टरको समेत व्यवस्थापन हुनेगरी आफूहरुले कार्यसम्पादन गरेको प्रजिअ पाण्डेको जिकिर छ । काभ्रेलीलाई भयरहित वातावरणमा मतदान गर्ने योजना सहित आफूहरु उक्त अभियानमा सरिक रहेको बताउनुभएको छ । कार्यक्रममा प्रहरी प्रमुख शुक्रराज जोशीले निर्वाचन आचारसंहिता उल्लंघनका कुनै त्यस्ता आधिकारिक उजुरी नपरेता पनि मौखिक रुपमा आएका गुनासाहरुलाई सम्बोधन गरेको बताउनुभएको छ । आजसम्म त्यस किसिमका अस्वभाविक गतिविधिहरु नभएको जानकारी दिनुहुँदै सुरक्षा निकायको सवालमा काभ्रे जिल्लालाई आवश्यक पर्ने सुरक्षा निकायहरु पर्याप्त रहेको हुँदा निर्वाचनसँग जोडिएर कुनै पनि अवाञ्छित गतिविधिहरु हुने सम्भावना नरहेको समेत प्रमुख जोशीले पत्रकारमाझ व्यक्त गर्नुभएको छ । सहायक जिल्ला प्रमुख अधिकारी अमरदीप सुनुवारले समग्र जिल्लाको सुरक्षासम्बन्धी अवस्थाको बारेमा प्रकाश पार्नुहुँदै निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने जानकारी दिनुभएको छ । निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईको स्पष्ट उक्ति थियो– कुनै कुराको अभाव हुन नदिने अपेक्षा रहेता पनि कहिँ न कहिँ सम्बोधन हुन सक्दो रहेनछ भन्ने अनुभव यो अभियानमा आफूले महसुस गरेको खुलासा गर्नुभएको थियो । आर्थिक अभावकै कारण मतदाता शिक्षा प्रदान गर्न नसकेको यथार्थता स्वीकार्नु गर्नुहुँदै काभ्रे जिल्लामा झण्डै ३१ हजार मतदाता थपिन पुगेको अवस्थामा मतदाता शिक्षा आवश्यक भएर पनि सम्बोधन गर्न नसकिएको यथार्थ प्रमुख राईले पत्रकार समक्ष स्वीकार्नुभएको थियो । अन्य सवालमा जिल्ला निर्वाचन कार्यालयले कुनै कुराको कमी हुन नदिएको जिकिर समेत गर्न पछि पर्नुभएन प्रमुख राई । निर्वाचन आयोगको “सबै सधैं सँगै” नारालाई आत्मसाथ गर्दै तपाईं सञ्चारकर्मीहरु, सुरक्षा निकाय र तत्सँग जोडिएका सरोकारवाला निकायहरुको सहयोगमा स्थानीय निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास निर्वाचन कार्यालयले राखेको समेत प्रमुख राईले बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले निर्वाचन परिचालन सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0