Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको  क्याविनेटले पूर्णतासङ्गै उत्कृष्टता प्राप्त गर्ने प्रतिबद्धता

प्रभातफेरी अनलाइन ८२४ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २६, शनिबार (३ साल अघि)
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको  क्याविनेटले पूर्णतासङ्गै उत्कृष्टता प्राप्त गर्ने प्रतिबद्धता

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाललाई पुर्णता दिन आयोजित सभालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि मल्टिपल काउन्सिल चियर्पर्सन लायन मन बहादुर रोक्काले बताउनु भएको छ ।
आजबाट आइ  डिष्टिकले नयाँ नेतृत्वसङ्गै लायन बर्ष २०२२/२३ ले  पूर्णता पाएको बताउनु भएको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिबेशन सम्पन्न पश्चात डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेको डिष्ट्रिक्ट ३२५आई को लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा रामबहादुर बसेल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा चन्द्र कुमार के सी र द्वितीय भाइस गभर्नर पदमा बिनोद ढुङगानालाई सर्वसम्मत निर्वाचित गरेको थियो।
शुक्रवार इलेक्ट डिष्ट्रिक्ट गभर्नर राम बसेलले लायनबर्ष २०२२/२३ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि विभिन्न ५ सय १२ पदमा मनोनयन गर्नु भएको छ । उहाँले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा हरिराज पन्त, ट्रेजररमा सूर्यनारायण बराल, चिफ एडभाइजरमा पार्वती खरेल, पिआरओ इन चिफमा सूर्य कुमार केसी र डिष्ट्रिक्ट एडमिनिट्रेटरमा शैलेन्द्र मोहन भट्टराईलाई मनोनयन गर्नु भएको हो ।
यसैगरी, आगामी बर्षको क्याविनेट बिस्तार तथा जिम्मेवारी प्रति प्रतिवद्धता जनाउन आयोजित कार्यक्रममा गभर्नर बसेलले अन्य पदहरुमा लायन्सको बिधान अनुसार क्रमश डिष्ट्रिक्ट को–अर्डिनेटर २० जना, डिष्ट्रिक्ट चिफमा १२ जना, एसिस्टेन्ट चिफ एडभाईजरमा ५ जना, डिपार्टमेन्ट चिफ २४ जनालाई मनोनयनमा पर्नु भएको छ ।
कार्यक्रममा सिनियर एडभाईजर, एसिस्टेन्ट चिफ एडभाईजर, डिपार्टमेन्ट चिफ, सिनियर एडभाइजर, सिनियर एओजी, एडभाईज़र, एओजी, पिआरओ, रिजन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, जोन चेयरपर्सन र डिष्ट्रिक्ट चेयरपर्सन लगायतका पदहरुमा पनि गभर्नर बसेलले मनोनित गर्नुभएको छ ।
उक्त कार्यक्रममा आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा बोल्दै इलेक्ट गभर्नर बसेलले आफ्नो कार्यकालको स्लोगन (‘आई विलिभ इन टिमवर्क’) ‘म टिमवर्कमा विश्वास गर्छु’ कार्यक्रम लञ्च गर्नुभएको छ । वहाँले स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजिक  कार्यहरुमा लगाउन आग्रह गर्नु भएको छ ।
बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित हुने बताउनु भयो । कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन पहल गर्ने उहाँको भनाई रहेको छ । उहाँका अनुसार काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन आवश्यक पहल गर्ने, ईमरजेन्सी फण्ड स्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको जनाउ दिनु भएको छ ।
कार्यक्रममा लायन्सका मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्य, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रक्ट गर्भनर ईन्दु लम्सालले गभर्नर बसेल र वहाँको टीमलाई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गर्दै कार्यकाललाई उत्कृस्ट वनाउन आव्हान गर्नुभएको छ ।
कार्यक्रममा इलेक्ट प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले इलेक्ट गभर्नरले आफ़नो क्याविनेटमा नजिक रहेर काम गर्नका लागि योग्यता क्षमता हेरेर मनोनयन गर्नुभएको छ, योग्यता र क्षमताको भरपूर सदुपयोग गर्दै आफ़नो ज़िम्मेवारी पूरा गर्नु हुनेछ भन्नेमा गभर्नर टिम विश्वस्त रहेको बताउनु  भएको छ ।
लायन्स अन्तरराष्ट्रियले स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी, सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेको छ ।
बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाको रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन । उनले सन १९१७ मा अमेरिकाको टेक्सासमा सुरुवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्समा विश्वभर १४ लाख बढी र नेपालमा करिब पचास हजारको हाराहारीमा लायन्स सदस्यहरु आवद्व रहेका छन भने डिष्टिक आइमा १ सय ६४ वटा क्लबहरु आबद्ध छन् । नेपालमा  भएका १५ वटा मध्ये कै उम्दा डिष्टिकको रूपमा  डिष्टिक आइलाइ लिइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0