काभ्रे । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर उम्मेदवारहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पनौती आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पनौती, धुलिखेल कमाण्डर इन्चार्ज डा. भरत लामिछानेले उक्त भनाई राख्नुभएको छ ।
कार्यक्रममा डा. लामिछानेको कथन थियो– गठबन्धनका नाममा स्थानीय तहमा रहेका राजनीतिक शक्तिहरुले एकअर्काको स्वामित्व स्वीकार्नै कठिन भएपछि गठबन्धनको सम्भावना क्षिण हुँदै गएको बताउनुभएको छ । यो अवस्थामा गठबन्धन हुन्छ नै भन्न सक्ने अवस्था नरहेको संकेत गर्दै उम्मेदवारहरुलाई आ–आफ्नो जिम्मेवारी अनुसार तयार रहन निर्देशन दिनुभएको छ ।
संसदीय व्यवस्था कम्युनिष्टहरुको लागि कार्यनीति भित्र पर्ने भएकोले त्यसलाई उपयोग गर्ने क्रममा हिजो भनिएजस्तै खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसलको संज्ञा त्यतिकै भनिएको होइन । यो व्यवस्थामा कम्युनिष्टहरुको अभिष्ट पूरा हुँदैनन् । त्यसैले यसको उपयोगता जस्तो छ त्यसैगरी उपयोग गर्दै जानुको विकल्प छैन । यहाँ सैद्धान्तिक नारा र एजेण्डा राम्रो भएर चुनाव जितिने होइन । जस्तो भूगोल र भावना हुन्छ, त्यसैगरी प्रस्तुत नगरीकन यो व्यवस्थामा अगाडि जान सकिँदैन । त्यसैले जुन रणनीतिका साथ अगाडि जान खोजिरहेका छौं, त्यसको उपयोगिता कार्यनीतिभित्र पर्छ । जसका लागि गठबन्धन पनि एउटा साधनको रुपमा पार्टीले लिएको चर्चा गर्नुहुँदै क्रान्तिकारी परिवर्तन भनेको शुन्यताबाट सुरु भएको परिवर्तनलाई लिन सकिन्छ तर यो मुलुकमा जतिपनि आन्दोलनहरु भए, त्यसपछि शुन्यताबाट परिवर्तनको अनुभूति नेपाली जनताले महसुस गर्न पाइरहेका छैनन् । जबसम्म शुन्यताबाटै परिवर्तनको महसुस गर्छन्, तब मात्र त्यसलाई क्रान्तिकारी परिवर्तन भन्न सकिन्छ । क्रान्तिकारी परिवर्तन भनेको राज्यको सिंगो संरचनामै उथलपुथल हुनु हो । नेपालको सन्दर्भमा जति पनि आन्दोलन भए ति सबै सम्झौतामा आएर टुंगिएका छन् । यसर्थ, यो सुधारलाई क्रान्तिकारी परिवर्तन भन्न नसकिने नेता डा. लामिछानेको कथन थियो ।
प्रशिक्षण मन्तव्यमा जनभावना अनुरुप प्रस्तुत हुँदै १० वर्षे जनयुद्धको जगमा उठेको १९ दिने आन्दोलनबाट प्राप्त सीमित अधिकारका बारेमा आम मतदातालाई सुसूचित गर्दै सिंगो राष्ट्रिय एजेण्डाका बारेमा प्रत्येक उम्मेदवार पनि निपुण भएर जानुको विकल्प नभएको खुलासा गर्नुभएको छ । १० वर्षे जनयुद्धले आम शोषित, पिडित नागरिकमा ल्याएको परिवर्तन र उठेको जीवनस्तरका बारेमा मतदाताबीचमा समिक्षा गराउन आवश्यक छ । मतदाता माझ वर्ग दुश्मनका बारेमा स्पष्ट पार्दै रणनीतिक उद्देश्य प्राप्तिका लागि जुनसुकै किसिमको धावा बोल्न परेपनि तार्किक रुपमा सशक्त बनेर गाउँबस्तीमा उम्मेदवारहरु प्रस्तुत हुन आवश्यक छ । यदि प्राप्त सीमित अधिकारका बारेमा कसैले नकारात्मक टिप्पणी गर्छ भने त्यसका विरुद्ध प्रतिवाद गर्न कुनै कार्यकर्तालाई छुट नरहेको स्पष्ट गर्नुभएको छ । यो पूँजीवादी अर्थ व्यवस्थाभित्र हुन लागेको निर्वाचन सच्चा कम्युनिष्टहरुका लागि कठिन यात्रा हो । यहाँ छोटे राजाहरु धेरै छन्, वर्षाैंदेखिको विरासत सहजै छोड्न चाहँदैनन् । त्यसैले पनि हामी कम्युनिष्टहरुले बुद्धिमतापूर्वक निर्वाचनलाई उपयोग गर्न सकिएन भने यसको कुनै अर्थ रहँदैन । सवाल गठबन्धनको छ, यदि उपल्लो कमिटीले हैसियत अनुसारको न्यायसंगत रुपमा गठबन्धन अगाडि बढायो भनेपनि हामी कम्युनिष्टहरुले विवेक प्रयोग गर्न सकेनौं भने कुनै अर्थ राख्दैन । जबसम्म आफ्नै सांगठानिक रुपमा सक्षम हुँदैनौं, तबसम्म यो समस्या माओवादी केन्द्रका लागि चुनौती बनेर आउँछ । त्यसैले कुशल नेतृत्वबिना परिवर्तन सम्भव छैन । त्यसका लागि सचेत र सक्षम बनेर अगाडि बढ्नुपर्ने अवस्था आएको नेता डा. लामिछानेको जिकिर छ । यो निर्वाचनलाई कार्यनीतिको रुपमा उपयोग गरिने भएकोले समाजवाद उन्मुख जानका लागि प्रयोग हुने जुनसुकै प्रोपोगाण्डाहरु पनि प्रयोग गरेर जनभावना र मनोभावना बुझेर मतदातामाझ जान सम्पूर्ण उम्मेदवारहरुलाई नेता डा. लामिछानेले निर्देशन दिनुभएको छ ।
कार्यक्रममा बागमती प्रदेश सचिवालय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको निर्देशन थियो– नेकपा माओवादी केन्द्रको यो निर्वाचन उपयोग मुलुकमा आक्रान्त विकृति, विसंगतिका विरुद्ध शासकीय सुधारका लागि भएको स्पष्ट पार्नुभएको छ ।
यो व्यवस्थालाई उपयोग गर्दै समाजवादतर्फ अग्रसर हुनुपर्ने भएकोले त्यही अनुसार यो व्यवस्थालाई उपयोग गर्ने नीति अनुरुप निर्वाचनको प्रयोग मार्फत् अगाडि जाने जमर्काे गरेका छौं । अर्का अर्थमा भन्ने हो भने समाजवादको यात्रामा यो पनि एउटा युद्ध हो । जुन युद्ध जित्नका लागि सच्चा कम्युनिष्टहरुको निम्ति चुनौतीपूर्ण छ । तसर्थ, यो व्यवस्थालाई उपयोग गर्दै अग्रगामी बाटो पहिल्याउने क्रममा आइपर्ने कुनै पनि चुनौतीको समाधान गर्न माओवादी सक्षम रहेको चर्चा गर्नुहुँदै त्यसका लागि निर्वाचन प्रणालीमै परिवर्तन हुन आवश्यक छ । किनकी यो खर्चिलो निर्वाचन प्रक्रियाबाट मुक्तिकामी जनताले आफ्ना हक, अधिकारहरुलाई सुनिश्चित गर्नसक्ने छैनन्, जिम्मेवारी बहन गर्न पाउने छैनन् । यो निर्वाचन प्रणालीबाट यथार्थमै न्यायप्रेमी, शोषित पिडित जनताको मुक्ति सम्भव छैन । त्यसैले पनि आम न्यायप्रेमी जनताले माओवादी केन्द्रका उम्मेदवारहरुलाई गराई शासकीय सुधार गर्न आवश्यक छ । माओवादीलाई मतदान गर्नु भनेको प्रचलित निर्वाचन प्रणालीलाई परिवर्तन गराउनु हो । त्यसका लागि पनि माओवादीले पठाएका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक छ । तबमात्र यो महँगो निर्वाचन प्रणालीको अन्त हुनेछ । यसका लागि आम मतदातालाई सचेत गराउँदै निर्वाचनमा होमिनुको विकल्प छैन । अन्यथा, गुलेली चलाउन नसक्नेले बन्दुकका कुरा गर्ने भनेर खिसीट्युरी गर्नेहरुकै बोलबाला चल्नेछ ।
माओवादीको टाउकोको मूल्य तोकेर ल्याउन र झोलाभरि पैसा लैजान भनेर हत्यालाई प्रशय दिने जलादहरुकै दब्दबा बढ्नेछ । त्यसका विरुद्ध धावा बोल्नकै लागि माओवादीलाई जिताउनुको विकल्प छैन । आज माओवादीहरुलाई हत्यारा भन्नेहरुले हिजो तिनकै मालिकहरुले हत्यालाई प्रशय दिएर टाउकाको मूल्य तोकेर हत्याको श्रृंखला बढाउने काम कसले ग¥यो ? त्यो बारेमा प्रत्येक मतदाताहरुलाई सुसूचित गराउनु परिवर्तनकामी तपाईं कम्युनिष्ट कार्यकर्ताको दायित्व रहेको नेता अर्यालको धारणा रहेको छ । टाउकोसँग पैसा साट्ने दुस्साहसपूर्ण कपटकै कारण १२ हजार माओवादी योद्धा मारिए । यो अपराधिक श्रृंखलाको जिम्मा कसले लिने ? जवाफ छ ? हो, आत्मरक्षाका क्रममा दोहोरो भिडन्तमा केही शाही सेनाका भरौटे, सुराकी र सर्वसाधारण सफाय हुन पुगेको जिम्मा यस अघि नै माओवादीले लिइसकेको छ । युद्धको नियमलाई हेर्ने हो भने यि घटनाहरु कुनै नियोजित तवरबाट भएका थिएनन् तर जो आमूल परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्न तयार रहेका योद्धाहरुको निमर्मतापूर्वक भएको हत्याको जिम्मा आततायीहरुले लिनुपर्छ कि पर्दैन ? तब माओवादीलाई हत्यारा भन्नेहरुले यि विषयमा छरेको भ्रम चिर्दै मतदाता बिचमा माओवादी उम्मेदवार जान आवश्यक छ ।
यति हुँदाहुँदै पनि समाजवादको बाटो पहिल्याउने अभियानका लागि जुन नीति अख्तियार गरेका छौं, जसको उपयोगका लागि गठबन्धनको बाटो पहिल्याएका छौं, त्यो नै साधनका रुपमा लिन्छौं । तर आस्था बेचेर भने गठबन्धनमै जोडिनुपर्छ भन्ने छैन । जहाँ स्वाभिमान रहन्छ, त्यहाँ गठबन्धन हुन्छ । यदि माओवादीको स्वाभिमान माथि आँच पुग्छ भने गठबन्धन हुनुपर्छ भन्ने छैन । १० वर्षे जनयुद्ध पनि ८ वटा भरुवा बन्दुकबाट सुरु भएर यहाँसम्म आइपुगेको इतिहास माओवादीले भुल्ने छैन । हेक्का रहोस्, जोडि परेवा उडाएर गणतन्त्र आएको होइन । हजारौं योद्धाहरुको रगतको बलिदानबाट प्राप्त सीमित अधिकारहरु रक्षा गर्न माओवादीले जानेको छ । त्यसैले दिवा सपना देख्नेहरु सचेत रहन नेता अर्यालले चुनौती समेत दिनुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं पनौती नगर समिति इन्चार्ज होमबहादुर खुलाल, पनौती नगर पार्टी अध्यक्ष हस्तबहादुर तामाङ, नगर उपाध्यक्ष सुशिला सुवाल, दलित इन्चार्ज नकुल दास लगायतका नेताहरुले समसामयिक विषयमा प्रष्ट्याउँदै निर्वाचन उपयोगिताका बारेमा उम्मेदवारहरुलाई सुसूचित गराएका थिए ।
आसन्न वैशाख ३० गतेको निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रले नगरभित्रका १२ वटै वडा र प्रमुख, उपप्रमुख समेत सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र पनौती नगर समितिले उपलब्ध गराएको विवरण अनुसार नगर प्रमुखको प्रस्तावित उम्मेदवारमा हस्तबहादुर तामाङ, होमबहादुर खुलाल र रमेश हुमागाईं, उपप्रमुखमा सुशिला सुवाल । त्यसैगरी वडा अध्यक्षहरुमा वडा नं. १ मा लोकनाथ सापकोटा, २ मा जयराम आचार्य, ३ मा माधव हुमागाईं, ४ मा राजु सापकोटा, शेखरमान श्रेष्ठ, रामकृष्ण बञ्जारा, ५ मा सहदेव श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, प्रदीप खड्का, ६ मा कमल सापकोटा, ७ मा श्याम मानन्धर, ८ मा मोतिलाल थिङ, ९ मा राजकुमार घिमिरे, १० मा कृष्ण श्रेष्ठ, ११ मा मानबहादुर तामाङ, कुमार केसी, १२ मा ताराबहादुर खड्का र जयराम घोरासाइनेलाई सिफारिस गरेको छ ।
सिफारिस उम्मेदवारहरुको नामावली सोमबार नै जिल्ला समन्वय समितिमार्फत् प्रदेश समितिमा पठाइएको नगर इन्चार्ज होमबहादुर खुलालले बताउनुहुँदै नगर बैठकले ७० जनाको उम्मेदवारी पठाइएको जानकारी दिनुभएको छ । नगरबाट सिफारिस हुनुभएका उम्मेदवारहरुको सवालमा प्रदेश समितिले विवेक प्रयोग गरेर छनौट गर्ने अपेक्षा रहेको जानकारी दिनुभएको छ । वडा सदस्यहरुको सवालमा पनि वैकल्पिक उम्मेदवारहरु रहेको खुलासा गर्नुहुँदै पनौती नगरले आसन्न निर्वाचनलाई उपयोग गर्दै माओवादीको नीति तथा कार्यक्रमलाई उच्च सम्मानका साथ उठाउने दृढ विश्वास रहेको बताउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |