Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सयौं स्रष्टाहरुका साथमा जनप्रतिनिधिहरु सम्मानित

प्रभातफेरी अनलाइन ४५१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (३ साल अघि)
सयौं स्रष्टाहरुका साथमा जनप्रतिनिधिहरु सम्मानित

काभ्रे । एसपिआर क्रियशन नेपाल डटकमले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पनौती नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु र विभिन्न विधाका स्रष्टाहरुलाई एक समारोहका बिच सम्मान गरेको छ ।
ऐतिहासिक नगरी पनौतीको महत्वपूर्ण पर्व ज्याः पुन्हीँ (पनौती जात्रा) को पावन अवसर पारेर गरिएको सम्मान एवं शुभकामना साँस्कृतिक कार्यक्रमलाई नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दयाराम दाहालले आफ्नो जन्मथलोको स्मरण गर्नुहुँदै कला, साहित्य र फिल्मी क्षेत्रलाई राज्यले गम्भीर चासोको रुपमा लिनुपर्ने धारणा राख्नुभएको छ । कुनै पनि मुलुकभित्रका साँस्कृतिक पहिचानहरुलाई तल्लो तहसम्म पु¥याउने माध्यम भनेकै चलचित्र हो । त्यसैले धर्म, संस्कृतिको जगेर्ना गर्नुछ भने यस्ता खालका समय सापेक्षिक कार्यक्रमहरुलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व आफूले सम्झेको धारणा राख्नुभएको थियो ।
प्रमुख अतिथि दाहालले कला, साहित्य र संस्कृति समाजको निर्देशक ऐना भएकोले यसको प्रयोगलाई हलुका रुपमा बुझ्न नहुने बताए । आफू पनि छिमेकी नगरपालिका बनेपा नगरपालिका अन्तर्गत नालामा जन्मिएकै हुनाले समग्र काभ्रेको श्रीबृद्धिमा आफ्नो योगदान रहने बताउंँदै कुनै बेलामा आफूले चलचित्रका लागि बनाएको “घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल” गीतले समग्र धुलिखेललको प्रचारप्रसार लगायत आन्तरिक पर्यटनको श्रीबृद्धि गराउन यथेष्ट भूमिका निभाएको प्रसंग स्मरण गर्दै समाजलाई अनि राष्ट्रलाई नै सबैले आ–आफ्नो क्षेत्रबाट सकेको योगगदान गर्नुपर्ने कुरालाई जोड दिएका छन् ।कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले स्थानीय स्तरमा आयोजना गरिने यस्ता जात्रा (मेला) हरुले आन्तरिक पर्यटनलाइ बढाउनका लागि मद्धत गर्दछ । यहि पनौती नगरीमा जन्मिएर चलचित्र कर्मको माध्यमले देशबिदेशमा आफूलाई चिनाउन पाउँदा अत्यन्त गौरवान्वित महशुस हुने बताउँंदै आफ्नो तर्फबाट अझै यसको श्रीवृद्धिका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आफ्नै गाऊँ टोल माटोले सम्झिएर निम्ता गरेकोमा कार्यक्रम संयोजक एवं एस.पि.आर. क्रियशन नेपाल डटकमका प्रबन्ध निर्देशक तथा कार्यक्रम संयोजक जीवन खड्गीप्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।
यसैगरि पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले पनौतिको ऐतिहासिकता र मौलिकता जोगाउँंदै समग्र नगरको विकासका निमित्त स्रोत साधनको अधिकतम प्रयोग गरिने बताउँदै बिश्व सम्पदा सूचीमा प्रस्तावित ऐतिहासिक नगरी पनौतीमा १२ बर्षमा मकर मेलाको आयोजना गरिन्छ भने स्थानीय जात्रा तथा मेलाको आयोजना गरी आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
कार्यक्रममा पनौती १० खोपासीमा जन्मिएर करिब २ दशक देखि साहित्यिक कर्ममा क्रियाशिल अछुत जून नामक कृतिका सर्जक साहित्यकार रुबि सत्याललाई मायाको चिनो स्वरुप कदर पत्र सहित सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्चात साहित्यकार रुबि सत्यालले पनौतीले आफ्नो काखमा हुर्काएर जन्मथलोले यसरी सम्झिएपछि साहित्यले दिएको खुशी अनि पनौती नगरपालिकाको सहकार्यमा भएको काबिल सम्मानका लागि आयोजकप्रति हार्दिक आभार ब्यक्त गरेकी छन् ।
कार्यक्रममा बिश्वकै होचा ब्यक्ति भनेर परिचित मनोज गोर्खाली प्रमुख आकर्षणका पात्र रहेका थिए भने कलाकार रोमा न्यौपाने द्वारा एकखुट्टाको भरमा नृत्य प्रस्तुत गरि दर्शकहरुको वाहवाही बटुलेकी थिइन् साथै हाँस्यकलाकार तथा जादूगर महादेव त्रिपाठीले जादु देखाएर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।
बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत पूजा पुरी दोहोरी गायिका कर्णराज गिरी गायक, लोक गायिका सृजना श्रेष्ठ,रामहरि न्यौपाने सुरेन्द्र श्रेष्ठ, सन्तोष ताम्राकार, बिक्रम सुवाल भगवान खत्री लगायतले भरपुर मनोरञ्जन प्रदान गराएका थिए । साथै एस. पि. आर. गायन प्रतियोगितामा योजना खड्गी बासुदेव पुलामी, स्नेहा श्रेष्ठ, सुमित प्रजापति, प्रिजेन खड्गी, सरद हुमागाईं लगायत प्रतिस्पर्धामा रहेका छन् । रामगोपाल आशुतोष र गीता तिमल्सिना दाहालले संयुक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा एस पी आर क्रियसनका निर्देशक जीवन खड्गीले सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सोमबार पनौतीमा भएको उक्त कार्यक्रममा नेपाल खड्गी समाज पनौती शाखाका पदाधिकारीहरु रामकाजी, चन्द्रबहादुर अकिलबहादुर र कृष्ण खड्गीले संयुक्त रुपमा नायं खिं बाजा बजाएर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । नाय खिं बाजा बिशेष गरेर खड्गी सुदायमा शुभकार्य एवं दुःखद कार्यमा समेत उत्तिकै प्रयोगमा आउने गर्दछ । कार्यक्रममा एस.पी. आर क्रियसनका तर्फबाट तीर्थभक्त स्याउलाले स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा चलतित्र वितरक गोपाल कायस्थ, चलचित्रमा खलनायकी भूमिका निर्वाह गर्ने तर सार्वजनिक जीवनमा अत्यन्त मिलनसार मुकुन्द थापा हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी बिश्वकै सवैभन्दा होचो ब्यक्तिको रुपमा परिचित मनोज गोर्खाली एवं पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी लगायतका वक्ताहरुले कार्यक्रमको बारेमा प्रष्ट्याउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0