२०४६ साल पछिको काभ्रेको वामपन्थी इतिहासलाई खोतल्दा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियू प्रा.क देखि ई. क. क्षे. क. र जिल्ला कमिटीको अध्यक्ष भई माउ पार्टीको जिल्ला अध्यक्ष बन्दै नेकपा एमालेको केन्द्रीय नेतृत्वमा पदापर्ण गर्न सफल व्यक्तिको नाम हो, गोकुल बाँस्कोटा ।
पार्टी जीवनको यात्रामा भुईं मान्छेको रुपमा माथि उठ्दै आएका गोकुल बाँस्कोटाको राजनीतिक यात्रालाई यो तहसम्म पु¥याउन हिजो अखिल र पार्टीको जिल्ला स्तरिय नेताहरुको साथ सहयोग अनि उनीप्रतिको समपर्ण कम महत्वपूर्ण भने छैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि हरेक घटनाक्रमको सूक्ष्म ढंगले अध्ययन अनुसन्धान र समस्याको समाधानमा बानी परेका गोकुलको उन्नती र पदोन्नती हात पार्ने बानीले विगतको चेहरा, चरित्र र चालचलन नराम्रोसँग बदलिएको देखिन्छ । विगतमा समान हैसियत र योगदान तथा इतिहास भएका साथीहरुलाई समेट्दै र उचित जिम्मेवारी प्रदान गर्दै आएका गोकुल विगतका काभ्रेली वामपन्थी नेताहरु आलोक, विदुर, कमान भन्दा पनि निन्दनीय ढंगले प्रस्तुत भएको देख्दा रात गए बात गए अवसर नपाएर इमान्दार भएकाहरु एक भए भनेझैं भएको छ ।
साठीको दशकदेखि आफ्नो स्वर्णीम इतिहासलाई आफैंले कमजोर बनाउँदै आएका गोकुलमा चाकरी चाप्लुसी आफ्नो भक्ति भावमा वरिपरि घुम्ने केही झुण्डहरु बोकेर हिँड्ने तथा तिनैलाई निरन्तर अवसरहरु दिने, संगठन र संसदीय फाँटमा आफ्नो चाकरी र भजन मण्डलीलाई मात्र स्थान दिने कार्यहरुले निरन्तरता पाउँदा एमालेका इमान्दार र पुराना नेता तथा कार्यकर्ताहरु पार्टी जीवनमा हिनताबोध र पीडा हामी इतिहास बोकेर, निराशापूर्ण र अनिश्चित राजनीतिक भविष्य बोकेर विगत तीन दशक दैखि बाँचिरहेका छन् । यहि क्रममा अन्य दल बदल गर्न रानीतिक वेश्याहरुलाई एमालेमा काज सरुवा गराई आवधिक जननिर्वाचित साँढे बनाउने क्रममा लागिरहेका गोकुललाई आफ्नै पार्टीका सयौं नेता कार्यकर्ताहरु पिडित भई पार्टी छोड्नु र विद्रोह भएर बाँचिरहेको कुराको पत्तै छैन । विगतमा तिनै सयौं र इमान्दार पार्टी नेता तथा कार्यकर्ताको साथ, सहयोग, सद्भाव र समर्थनलाई लत्याउँदै अघि बढ्ने क्रममा ति साथीहरुमाथि धेरै ठूल्ठूला अन्यायहरु भएका छन् । तिनको भावनामा गम्भीर चोट लागेको छ । पार्टीमा एकातिर अवसरवादी र चाकडीवाद मौलाउँदै छ भने अर्काेतिर इमान्दार समय व्यक्तिहरुलाई किनार लाउने र अर्काेतिर जातीवादी राजनीतिलाई प्रशय दिने, इमान्दार र पुराना कार्यकर्तालाई विदुरले जस्तै दबाउने तथा आफू चाहिँ माथिको नेतृत्वलाई देवत्तोकरण गर्ने निन्दनीय कार्यबाट आफूलाई नबचाउने भने भने गोकुलको गोकुलधामको यात्रामा कृष्णभीरको पहिरो निरन्तर आउने छ । पार्टी जीवनमा पुराना कार्यकर्ताहरु भनेका मानव शरीरको मुटु हो । मुटुले रक्तसञ्चार गर्न छोडेमा मानव चल्दैन, त्यसपछि उक्त मृत शरीरलाई अशोक वाटिकाको अप्राकृतिक र प्राविधिक गठजोडले दिने बन्ने अक्सिजन तथा सञ्जीवनी बुटीले पनि उक्त सांगठनिक मानव शरीर मृत नै रहने छ । त्यसमा पनि अशोकवाटिकाको अशोक वृक्षले कति अक्सिजन दिन सक्छ भन्ने कुरा त विगतमा गोकुलले भोग्नु नै भयो होला ।
काभ्रे जिल्लाको वाम आन्दोलनलाई मनन् गर्दा विगतमा धेरै नेताहरु छोटो समयमा लोकप्रिय भए पनि पछि उनीहरुकै खुनी व्यवहारले पानीको फोका झैं बिलाएर गए । विगतमा ठूलो पद र प्रतिष्ठा पाएकाहरुले सिन्को नभाँच्दा आज पश्चातापपूर्ण अवस्थामा फुटेको माटोको भाँडो जस्तो भएर बस्नु परेको कुरालाई गोकुलले भुलेमा र कार्यकर्ताको भावना विपरित आफ्ना सुण्डमुण्ड र झुण्डहरुको लहलहैमा लागेर आत्मकेन्द्रित विश्लेषणमा रमाउँदै गलत निर्णयहरु गर्दै गोकुलबाट अनुमोदन गराउने निन्दनीय कार्यले गर्दा नै स्थानीय निर्वाचनमा एमालेको दयनीय हालत भएको कुरालाई स्वीकार्नु जरुरी छ । आफ्ना पुराना र इमान्दार कार्यकर्ताहरुलाई पन्छाउँदै नवप्रवेशी अवसरवादीहरुलाई टिक दिँदा के हुन्छ भन्ने कुरा बनेपाको पूर्व मेयर र धुलिखेलको हालको उपमेयरको विगत र वर्तमानलाई पनि अशोकवाटिकामा बसेर गोकुलले समिक्षा गर्नुहुनेछ । फेरी तपाईंहरुको पूजा पाठ र आरती गर्न नआउनेहरुले जीवनभर अवसर नपाउने सांगठनिक षड्यन्त्रको वाण तपाईंहरुलाई लाग्दा कस्तो हुन्छ होला भनेर पनि तपाईं र तपाईंहरुका भजनमण्डली तथा किचेन क्याबिनेटका सदस्यहरुले हेक्का हुनु जरुरी छ । यो कुरा तपाईंलाई स्कुलमा क, ख पढाउने कुमार र तपाईं पूर्वका अखिल अध्यक्ष नारायणमाथि प्रहार भएको आलोक प्रवृत्तिले काभ्रेमा सयौं नारायणहरु पछि परेका छन् । कुलचन्द्र, कृष्णचन्द्र, अम्बु माधव (पूर्व अध्यक्ष शिक्षक संगठन), उद्धव, कृष्णकुमार, प्रद्युम्न, अनिल, बाबुकाजी, शुभ, किशोर, कमला थापा अधिकारी, राजकृष्ण, कमला काफ्ले, राधाकृष्ण, कमला नेपाल, राजन, शिव, जनार्दन, नारायण, गंगाराम, अर्जुन, सरिता, केशव, हरि बहादुर, गिता, राधाकृष्ण बस्ताकोटी, रामशरण (सह–प्राध्यापक), सत्यनारायण, राजन, गन बहादुर, लम्बोदर, रघुवर, तुयुकाजी, विनोद, तेजबहादुर, बुद्धसिं, रामकृष्ण जस्ता सयौं पुराना र इमान्दार कार्यकर्ताहरुको अवसर लुटेर आफ्ना भजनमण्डलीहरुलाई मात्र अवसर प्रदान गर्ने तपाईंको राणाकालीन कमाण्डिङ जर्नेल (प.क.जी, उ.क.ज, पु.क.ज, द.क.ज) को शैलीले चलाउँदै आएको पार्टीको पदीय दायित्व बोधको परिणाम के पाउनुभयो गत स्थानी चिर्वाचनबाट स्पष्ट देखिन्छ । त्यसैले विगतमा तपाईंको संरक्षणमा रहेका तपाईंका भजनमण्डली झुण्डहरुले गरेको गलत क्रियाकलापको चुनावी परिणाम पनि गलत नै आएको छ । एमालेको आधार इलाकाहरु मानिएका पनौती नपा, नमोबुद्ध नपा, मण्डनदेउपुर नपा, भुम्लु गापा, पाँचखाल नपा, खानीखोला गापामा एमालेको अवस्था निक्कै दयनीय बनिरहेको छ किन ?
काभ्रे जिल्लामा विगतमा लोकप्रिय बनेका केशवले पद प्रतिष्ठा प्रभाव, पैसा सबैकुरा प्राप्त गरेपछि आफ्ना कार्यकर्ता र संगठन तथा मतदाताहरुको भावनाको कदर नगर्दा आज केही नेताहरुको दौराको फेर समातेर चाकरीपूर्ण ढंगले लाभ हासिल गरिरहनु भएको त छ तर उहाँले भत्ता खाने बाहेक कुनै उपलब्धी देश, जनता र काभ्रेका लागि नभएको कुरा काभ्रेली जनताले भुलेका छैनन् । त्यस प्रकारको भूल गोकुलबाट नहोस् ।
काभ्रेली जनता र पार्टीप्रतिको तपाईंको योगदान प्रशंसनीय छ । आफू मन्त्री हुँदा वा नहुँदा पनि जिल्लामा विकास बजेटको ओईरो लगाउन तपाईंले गरेको निरन्तर मेहेनत प्रशंसनीय र झापापछि दोस्रोमा परेको सुनौलो इतिहास काभ्रेली जन–जनको मनमा गहिरो छाप परेको छ ।
भविष्यको पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको अग्रपंक्तिमा रहनुभएका तपाईं गोकुलको गोकुलधाममा पु¥याउने गाडीका चालकहरुले अशोकवाटिकामा बसेर गर्दै आएका निर्णयहरुले एकातिर त्यही वाटिकाभित्र असन्तुष्टि बढ्दो छ भने अर्काेतिर पुराना नेता कार्यकर्तालाई पन्छाउँदै जाने आलोक र विदुरको नीतिको पुनरावृत्तिले भविष्यमा तपाईंलाई समेत गम्भीर असर पर्नेछ र भोली आत्मघाती पश्चातापले गोकुलधामको यात्रा रोकिँदा तपाईंका विष्णु भगवान्हरुले विजय (मोज) यात्रा नचलाउन् भन्न सकिन्न । – क्षितिज विद्रोही (भुईंमान्छेको भोगाई) बाट
कोशीपारी, प्रस्तुत विचार लेखकसँग निहित छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |