Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ः प्रमुख शाक्य

प्रभातफेरी अनलाइन ६४८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ः प्रमुख शाक्य

सुर्यविनायक–धुलिखेल ६ लेनको सडक बन्ने

काभ्रे । सुर्यविनायक–धुलिखेल खण्ड अन्तरगतको सडक ६ लेन बनेसँगै समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुङ्गा सावित हुने बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्यले बताउनु भएको छ ।
सो आयोजना सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत प्रमुख शाक्यले भेटमा बताउनु भएको छ । यो आयोजनाले बनेपा नगर, काभ्रे जिल्लाको मात्र नभई समग्र मुलककै समृद्धिको ढोकाको रुपमा रहेको अरनिको राजमार्ग अन्र्तगत सुर्यविनायक, धुलिखेल खण्डको स्तरबृद्धि हुने खवरले तमाम काभ्रेलीमा उल्लास छाएको समेत प्रमुख शाक्यको कथन छ ।
यो सुखद् खवरलाई काभ्रेली जनताले पक्कै पनि न्याय गर्नेछन् । यो आयोजना सम्पन्न गर्न सम्पूर्ण राजनीतिक शक्तिहरु एक भएर अगाडी लाग्नु हुनेछ भन्ने विश्वास आफूले राखेको बताउनु भएको छ । यो अवस्थामा विवेक पु¥याएर राजनीतिक नेतृत्वले पक्कै पनि सहज रुपमा विकासलाई अगाडी लैजाने छन् भन्ने विश्वास आफूले राखेको प्रमुख शाक्यको जिकिर छ ।
विकासको पहिलो पूर्वाधार भनेकै सडक हो । जव सडकले सम्पन्न हुन पुगिन्छ तव समृद्धिको सपना पुरा हुन्छ । यो समृद्धिले मुलुकको अग्रगामी छलाङ्ग मार्न कोशेढुङ्गा सावित गर्नेछ भन्ने विश्वास आम काभ्रेलीहरुले राखिरहेका छन् । जति पनि विकास निर्माणका कुरा जोडिन्छन् त्यसको महत्वपूर्ण हिस्सा भनेको सडक नै हो । यसैको माध्यमबाट आम नागरिकले आफ्नो जिवनस्तर उठाउनकालागि विभिन्न गतिविधिहरु गर्ने गरेको प्रमुख शाक्यले खुलासा समेत गर्नुभएको छ ।
अरनिको राजमार्ग अन्तरगत सुर्यविनायक धुलिखेल सडक खण्ड ६ लेनको बन्ने निश्चित भएको छ ।
जापानीज सरकारको सहयोगमा जाईकाले सो परियोजना बनाउने भनिएतापनि पछिल्लो समय उसले परियोजनाबाट हात झिकेपछि नेपाल सरकार आफैंले उक्त आयोजनालाई निरन्तरता दिन लागेको जानकारी सडक विभागले गराईएको छ । सडक गुणस्तरिय हुनुको साथै दिर्घकालिन टिकाउ हुने ढंगबाट निर्माण हुन लागिएको यातायात आवत जावतमा समस्यामा केही सहजताको लागि दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको जानकार सरोकारवाला निकायले अवगत गराएको छ ।
सडक विभाग कार्यालयका अनुसार सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजना अन्तरगत साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको बताईएको छ । उक्त खण्ड निर्माणका लागि झण्डै साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट सडक विस्तार गर्न लागेको सडक विभागले जनाएको छ ।
सडक विभागका अनुसार छिट्टै ‘सूर्यविनायक–साँगा खण्डको पनि टेन्डर हुने तयारीमा रहेको विभागले जनाएको छ । यी दुवै खण्डलाई एक साथ अघि बढाएर सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य सम्पन्न गराउने कार्यमा नेपाल सरकार लागी परेको सडक विभागले जनाएको छ । अब बन्ने सडकमा चार मुख्य लेन र दायाँ–बायाँ २ वटा सर्भिस लेन गरी ६ लेनमा सडक विस्तार गरिने उल्लेख गरिएको छ । सो आयोजना सम्पन्न पश्चात अहिले जुन किसिमको ट्राफिक समस्या झेल्नु परिरहेको छ त्यसको अन्त हुनेमा आफू विश्वस्त रहेको बताउनु हुन्छ बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य । उहाँका अनुसार तत्कालै सडक स्तर उन्नति हुन सकेमा ट्राफिक समस्याको समाधान हुनुका साथै समृद्धि बनेपाको सपना साकार हुने समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0