Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनचाहना अनुरुप हाम्रा पाइलाहरु अगाडि बढ्नेछन् ः लालध्वज

प्रभातफेरी अनलाइन १६० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (४ महिना अघि)
जनचाहना अनुरुप हाम्रा पाइलाहरु अगाडि बढ्नेछन् ः लालध्वज

एक थोपा रगत रहेसम्म जिल्लावासीको सेवामा समर्पित रहनेछु ः लामा

काभ्रे । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउने क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै एक थोपा रगत रहेसम्म जिल्लावासीको सेवामा समर्पित हुने बताएका छन् ।
काभ्रे क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले संयुक्त रुपमा सम्बोधन गर्दै मुलुकबाट बेरोजगार अन्त्यका लागि खेल्नुपर्ने भूमिकामा कुनै कञ्जुस्याईं नहुने वचनबद्धता व्यक्त गर्नुभएको छ । काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र प्रदेश सभा सदस्यका उम्मेदवार तीर्थ लामाले स्थानीय मतदाताहरुलाई सम्बोधन गर्ने क्रममा जनताका सुख, दुःखसँग सधैं हातेमालो गर्नेछौं । सम्वृद्ध जिल्लावासी बनाउनका लागि आफूहरुले खेल्नुपर्ने भूमिकाहरुमा कुनै किसिमको खोट आउन नदिने वचनबद्धता व्यक्त गर्दै प्रत्येक नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकारका लागि सधैं जिल्लावासीसँग सहकार्य गर्न पछि नपर्ने बताउनुभएको छ । आसन्न मंसिर ४ को निर्वाचनका लागि यहाँहरुसँग आफ्ना प्रतिबद्धता लिएर आइरहँदा मतदाताहरुले दर्शाउनुभएको सदासयताले आफूहरुलाई उर्जा मिलेको स्मरण गराउनुहुँदै जुन उत्साहका साथ यहाँहरुले सम्मान गर्नुभएको छ, त्यसमा आँच आउन दिने छैनौं । हामी दुवै संसदीय फाँटमा अनुभव प्राप्त व्यक्ति पनि हौं । कसरी जनताका नैसर्गिक अधिकारको संरक्षण गर्न सकिन्छ भन्ने सवालमा नीतिगत रुपमा प्रष्ट छौं । त्यो अनुभवलाई यसपटक संसदमा पेश गर्नेछौं र नीति निर्माणका सवालमा यहाँहरुका प्रत्येक समस्याहरुलाई सम्बोधन हुने किसिमले हामीले भूमिका खेल्नेछौं । जुन भूमिका काभ्रेली जनहरुका लागि मात्र नभई सिंगो मुलुकवासी नागरिकहरुका लागि अनुकरणीय सावित हुनेछ । जसका लागि यहाँहरुले आफ्नो अमूल्य मत प्रदान गरी हामीहरुलाई त्यस स्थानमा पु¥याउनु हुनेछ भन्ने विश्वास लोकतान्त्रिक वाम गठबन्धनले लिएको छ । त्यसैको प्रतिनिधि पात्रका रुपमा हामी तपाईंहरुमाझ आइपुगेका छौं । यो अपार सम्मान, माया र ममतालाई कुण्ठित हुन दिने छैनौं । यो हाम्रो सार्वजनिक प्रतिबद्धता हो । यहाँहरुले यि प्रतिबद्धताहरुलाई कोड गरेर राख्न सक्नुहुनेछ । कुनै पनि समय, आज बोलेका यि वाक्यहरुलाई लिएर हामीलाई खबरदारी गर्न सक्नुहुनेछ ।
तसर्थ, यस क्षेत्रको समस्याहरुलाई नीतिगत रुपमा सम्बोधन गर्दै अगाडि जानेछौं । बाटोघाटो, पुलपुलेसा, खानेपानी, कृषि लगायतका क्षेत्रमा रहेका समस्याहरुलाई हाम्रा साझा समस्याका रुपमा लिई सम्बोधन गर्नेछौं । यो हाम्रो प्रतिबद्धता हो । यहाँहरुले प्रदान गर्नुभएको अमूल्य मतदानलाई कुण्ठित गर्नेछैनौं । पर्यटकीय हिसाबले उर्वरा भूमिको रुपमा रहेको यो भूगोललाई अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा आवश्यक पर्ने पूर्वाधार लगायतका क्षेत्रमा खेल्नुपर्ने भूमिकामा हामी दुई सदैव रहनेछौं । यो सामूहिक प्रतिबद्धता यहाँहरु सामु पस्किरहँदा यहाँहरुलाई लाग्न सक्ला, के सम्भव छ ? अवश्य, गरे असम्भव भन्ने नै छैन । हामी एक्लै छैनौं यो अभियानमा । सिंगो लोकतान्त्रिक वामगठबन्धन काँध थापेर अगाडि बढेको छ । गठबन्धनका ६ नै जना उम्मेदवारहरुलाई अमूल्य मतदान गरेर काभ्रेली जनताले विजयको माला पहि¥याउने छने भन्ने विश्वास हामीले लिएका छौं ।
भन्ने गरिन्छ, विकासको क्रममा पछि परेको कर्णाली प्रदेश । बिडम्बना ! त्यो कर्णालीभन्दा कयौं गुणा पछि परेका भूगोलहरु यहि काभ्रेमा छन् । त्यसैले तिनीहरुको समस्या समाधान गर्दै सम्वृद्ध काभ्रे बनाउनका लागि यहाँहरुले हामीहरुलाई पहरेदार गर्नुहुनेछ भन्ने विश्वास लोकतान्त्रिक वाम गठबन्धनले लिएको छ । यो संगीण अवस्थामा मतदाता आफैं चेतनशील हुनुहुन्छ । यहाँहरुले कसलाई मत राख्दा आफ्ना समस्याहरु सम्बोधन हुन्छन्, त्यो बुझिसक्नुभएको छ ।
अब यहाँहरुले आफ्नो अमूल्य मतदान न्यायसंगत ढंगबाट गर्नुहुनेछ भन्ने विश्वास लिँदै अभियानलाई उचाईमा पु¥याउनुहुनेछ भन्ने अपेक्षा समेत हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
धुलिखेल सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0