Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दर्जन उम्मेदवार एउटै मञ्चमा, चुनावको मुखमा एमालेमा पहिरो

प्रभातफेरी अनलाइन ८१३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
दर्जन उम्मेदवार एउटै मञ्चमा, चुनावको मुखमा एमालेमा पहिरो

काभ्रे । सत्ता गठबन्धन दलमध्येको नेकपा माओवादी केन्द्र पनौती नगर समितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा उम्मेदवार भेटघाट कार्यक्रम मंगलबार पनौतीमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा नेकपा एमालेका नेता ओलीभित्र राजा महेन्द्रको अवशेष रहेको बताउनुभएको छ । राजा आउ देश बचाउ भन्ने मान्छे नै केपी ओलीभित्र छायाँ भएर रहेको कारण नै आज मुलुकले यो अवस्था झेल्न पुगेको स्मरण गराउनुहुँदै मान्छेको आवरण मात्रै एमाले बाँकी सबै राजावादी भएको बताउनुभएको छ । तपार्इं कोहि भ्रममा नपर्नु होला । धेरै बुझिराख्न आवश्यक छैन । एमालेमा राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन् । त्यसैले ओलीभित्र निरंकुश तानाशाही प्रवृत्ति हाबी भएको नेता शाक्यले बताउनुभएको छ ।
ओलीजीमा तानाशाही र निरंकुश हाबी भएकै कारण उहाँका गतिविधि पनि त्यसतर्फ अग्रसर भएका पाइन्छ । मुलुकलाई संकटमा पु¥याउने काम ओलीजीको अहम्ताले निम्त्याएको हो भन्नुहुँदै मुलुकमा जब–जब संकट आइपर्छ, तब–तब परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएको स्मरण गराउनुभएको छ । मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनसँग रहेका आ–आफ्ना गुनासाहरुलाई छाडेर साझा उम्मेदवारहरुको मत चिन्हमा मतदान गर्न नेता शाक्यले कार्यक्रममा आग्रह समेत गर्नुभएको छ । नेता शाक्यको थप कथन थियो– जुन प्रणाली अन्तर्गत मुलुकमा निर्वाचन हुन गइरहेको छ, यो मुलुकले धान्न नसक्ने परिपाटी हो । त्यसैले यो व्यवस्थाका बारेमा दुई तिहाइ मत ल्याएर संशोधन गर्न आवश्यक छ । त्यसका लागि पनि मतदाताहरुले सही मतदान गरी निर्वाचित गरेर पठाउनु आजको आवश्यकता रहेको नेता शाक्यले कार्यक्रममा बताउनुभएको छ । स्मरण रहोस्, यदि लोकतान्त्रिक व्यवस्था ल्याउन नसकेको भए राजनीतिक पार्टीहरुको अवस्था दयनीय हुने थियो । यसतर्फ राजनीतिक सत्यहरुले गम्भीर भएर सोच्न जरुरी छ । यो मुलुकको नक्कली मोडल भनेकै ओलीजी हो । ओलीबाट राष्ट्रवादको कल्पना नै गर्न सकिन्नँ । त्यसैले सबैको साझा उम्मेदवारका रुपमा रहेका सत्ता गठबन्धनका उम्मेदवारहरुलाई आ–आफ्ना मतदान केन्द्रबाट बहुमत दिएर पठाउन मतदाताहरुबिच आग्रह समेत नेता शाक्यले गर्नुभएको छ । यो गठबन्धन संविधानको रक्षा गर्न मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा अग्रगमनतर्फ लैजानका लागि भएको हो । त्यसैले पनि ओलीजीका भ्रमहरुलाई चिर्नु आजको आवश्यकता हो । प्रत्येक मतदाताले नक्कली राष्ट्रवादलाई परास्त गर्न आवश्यक छ । त्यो भनेको सत्ता गठबन्धनका उम्मेदवारहरुलाई दुई तिहाइको सरकार बनाउन सक्ने बनाएर पठाउनु छ । त्यो दायित्व तपार्इं मतदाताहरुको हो भन्नुहुँदै यो मुलुकमा क्रान्तिको नेतृत्व बन्दुक उठाएरै कांग्रेसले गरेको त्यसैको अनुशरण गर्दै माओवादी यहाँसम्म आइपुगेको हो । त्यसैले माओवादी र कांग्रेसमा रणनीतिक अन्तरवस्तु हुन सक्ला तर कार्यनीतिक अन्तर भन्ने छैन । जुन कुरालाई विपीदेखि सुशिल कोइराला अनि प्रचण्डसम्म आइपुग्दा दिनको घामजस्तै छर्लङ्ग हुन्छ । राष्ट्रियता सम्मानमा को कति गम्भीरताका पूर्वक लडेका रहेछन् भन्ने कुरा । सवाल चुच्चे नक्साको, विषयवस्तुको उठान गर्ने व्यक्ति तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला हुन् । उहाँले उठाएका मुद्दालाई हामी सबैले होस्टेमा हैंसे गरेर त्यहाँसम्म पु¥याएका हौं । स्मरण रहोस्, कक्षा ८ को पाठ्यक्रममा चुच्चे नक्सा राखेर सार्वजनिक गर्न खोज्दा तत्कालिन प्रधानमन्त्री केपी ओलीले रोक लगाएकै कारण लाखौंका पुस्तकहरु गोदाममा थन्किएर बसेका छन् । जसबाट मुलुकको करोडौं रुपैयाँ बेरुजु हुन पुगेको छ । यसतर्फ कसैको चासो गएको छैन । के ओलीको राष्ट्रवाद यहीभित्र पर्छ ? राष्ट्रिय ढुकुटीलाई धरासयी बनाउनु नै राष्ट्रवाद हो ? होइन भने ति चुच्चे नक्सा राखेर छापिएका पुस्तकहरु बजारमा जानबाट किन रोकियो ? भन्दै नेता शाक्यले प्रतिप्रश्न गर्नुभएको छ । यावत् कारणले पनि सत्ता गठबन्धनको विकल्प जाने अधिकार तपाईं मतदाताहरुलाई नहुन सक्छ भन्दै सचेत गराउनुभएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम लोकतान्त्रिक गठबन्धनबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज) को कथन थियो– मतदाताहरुले कसलाई जिताउने, कसलाई हराउने निर्णय गरिसकेका छन् । फैसला आउन मात्रै बाँकी छ । काभ्रेको गठबन्धनलाई कति अन्तरले विजय गराउने भन्ने सवालमा मात्र उहाँहरु निर्णयमा पुग्न बाँकी छ । किनकी उहाँहरु आफैं सचेत हुनुहुन्छ । को प्रतिगमनकारी हो, को अग्रगमनकारी हो, यस क्षेत्रका मतदाताहरुले छुट्याइसकेका छन् । कसको गठबन्धन पवित्र हो, कसको गठबन्धन अपवित्र हो भनिराख्नु पर्दैन । त्यसैले पनि सत्ता गठबन्धनको विकल्प सोच्ने छुट कसैलाई पनि छैन । जसको नीति उसैको नेतृत्वलाई विजय गराउनका लागि एक मत भएर मतदानमा सरिक हुन नेता दोङले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
व्यवस्था जोगाउन, मुलुकमा सुशासन कायम राख्नकै लागि पनि मतदाताले यो निर्णय गर्नेछन् । जसको लागि हामी निर्वाचित उम्मेदवारहरुले मतदाताको सहमति बेगर अघि बढ्ने छैनौं भन्ने प्रण यहि मञ्चबाट उद्घोष गर्न चाहन्छु भन्नुभएको छ । त्यसैगरी काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रखर वक्ता शिवप्रसाद हुमागाईंको कथन थियो– राजा महेन्द्र र केपी ओलीमा कुनै अन्तर छैन । किनकी संविधानभन्दा माथि कसैलाई रहने छुट छैन तर ओलीको अहम्ताले यो मुलुकलाई संकटमा धकेल्दाको परिणाम आज नेपाली जनताले भोग्नुपरिरहेको छ । जसका कारण विचार र सिद्धान्त फरक हुँदाहुँदै पनि राष्ट्रियताको सवालमा एक ठाउँमा उभिएका छौं । यो मुलुकको रक्षाको लागि संविधानको उपयुक्तताको लागि म कांग्रेसको मात्र उम्मेदवार होइन, हामी लालध्वजजी र म संयुक्त उम्मेदवारको रुपमा उपस्थित भएका छौं । यो हाम्रो बाध्यता होइन, आजको आवश्यकता हो । त्यसैले पनि म मेरो गृहनगरबाट यहाँहरु सबैलाई आव्हान गर्न चाहन्छु, यहाँ कोहि कांग्रेस, कोहि माओवादी, कोहि समाजवादी छैनौं । हामी सबै एउटै डालोका खजाना हौं । त्यसैले यो डालोलाई संरक्षित गर्ने दायित्व हामी सबैको छ । म पवित्र गठबन्धन र अपवित्र गठबन्धन छुट्याउने दायित्व मतदाताहरुलाई नै दिन चाहन्छु । मात्र भन्न चाहन्छु, यो मुलुकमा राजा महेन्द्रको अवशेषलाई अन्त्य गर्नका लागि पनि गठबन्धनले जित्न अपरिहार्य छ । त्यसैले पनि गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुहुनेछ भन्ने अपेक्षा हामीले राखेका छौं ।
कार्यक्रममा काभ्रे प्रदेश २ (ख) का प्रत्यक्ष तर्फका साझा उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठ, काभ्रे १ (ख) प्रत्यक्ष तर्फका उम्मेदवार तिर्थ लामा, समानुपातिक तर्फका उम्मेदवारहरु दिलसुन्दर श्रेष्ठ, मिना तामाङ, रुकु चौलागाईं, भोला अर्याल, लक्ष्मी दनुवार, होमकुमारी तामाङ लगायतका उम्मेदवारहरुबाट कार्यकर्ताहरुलाई मतदान गर्ने शैली सहित मत माग्नुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिव एवं खानीखोला गाउँपालिकाका प्रमुख इन्द्रबहादुर थिङ (छिन्ताङ), नेपाल समाजवादी पार्टीका प्रदेश इन्चार्ज महेश थिङ, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, पनौती नगर अध्यक्ष हस्तबहादुर तामाङ, उपाध्यक्ष सुशिला सुवाल र नेकपा एमालेबाट विद्रोह गरेर पार्टी प्रवेश गर्नुभएका ठगर बहादुर सिन्ताङ्ग लगायतले निर्वाचनका बारेमा मतदाताहरुलाई सुसूचित गराउन अगुवा कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0