Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनता कसैका दास होइनन्, सार्वभौमिकता र परिवर्तनका संवाहक हुन् ः नेता दोङ

प्रभातफेरी अनलाइन ७५५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
जनता कसैका दास होइनन्, सार्वभौमिकता र परिवर्तनका संवाहक हुन् ः नेता दोङ

काभ्रे । मंसिर ४ मा सम्पन्न ऐतिहासिक निर्वाचनमा सहभागी काभ्रेली मतदाताहरुप्रति आभार व्यक्त गर्ने क्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज) ले जनता कसैका दास होइनन्, अग्रगमनका सारथी भएको बताउनुभएको छ ।
मतदान पश्चात् भएको संवादमा काभ्रेली मतदाताहरुप्रति आभार व्यक्त गर्दै आफू सदैव काभ्रेली जनताको सेवामा रहने बताउनुभएको छ । यो ऐतिहासिक मतदानमा सहभागी हुनुभई समुन्नत र विकसित काभ्रेको पक्षमा अमूल्य मतदान प्रदान गर्नुहुने समस्त तपाईं काभ्रेली जनप्रति हार्दिक आभार प्रकट गर्दै परिणाम जस्तोसुकै आएपनि काभ्रेली जनताको सेवक बनेर निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदान केन्द्रहरूको अवलोकन गर्ने क्रममा अन्तिम मतदान केन्द्र चौकोट आइपुग्नुभएका उम्मेदवार दोङले सम्पूर्ण मतदाताहरूले देखाउनुभएको उल्लासपूर्ण उपस्थिति र मतदानले सम्मुनत काभ्रे निर्माणका लागि अनुकरणीय योगदान पु¥याउनुका साथै आफ्नो राजनीतिक यात्रामा उर्जा थप्ने काम भएको बताउनुभएको छ । मतदाताहरूसँग भलाकुसारी गर्ने क्रममा पाएको न्यानो सम्मानप्रति अत्यन्तै भावुक ढंगबाट प्रस्तुत हुन पुग्नुभएका नेता दोङले यस किसिमको सम्मान, सद्भाव र आदर आफ्ना लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको अधिकांश मतदान केन्द्रहरूमा पुगेतापनि केही मतदान केन्द्रहरूमा उपस्थिति जनाउन नसकेकोमा आफूलाई आत्मग्लानी भएको नेता दोङले संवादका क्रममा खुलासा गर्नुभएको छ ।
१० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त सीमित अधिकारहरूको संरक्षण गर्दै सम्मुनत नेपाल निर्माणका लागि घाइते, अपांगहरूको जीविकोपार्जन लगायत जनताका नैसर्गिक अधिकारहरूको ग्यारेण्टी गर्नका लागि पनि संसदमा आफ्नो उपस्थिति अनिवार्य काभ्रेली जनताले देखेकै कारण यो सद्भाव प्राप्त भएको छ । जसले राजनीतिक यात्रामा एउटा कोसेढुंगा सावित गराउने विश्वास नेता दोङको स्मरण थियो । संवादकै क्रममा नेता थप्नुहुन्छ– जबसम्म जनताका माझ गरेका वाचाहरू पूरा हुनेछैनन्, तबसम्म आफ्नो राजनीतिक विश्राम हुनेछैन । यो मुलुकमा व्याप्त अनियमितता, बेथिति, भ्रष्टाचार, बेरोजगार अन्त्यका लागि संसदमा खेल्नुपर्ने भूमिकामा आफू कुनै कमी नगर्ने बताउनुहुँदै मुलुकलाई अग्रगमनतर्फ लैजानका लागि जुन किसिमका नीति निर्माणको आवश्यकता छ, ति आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता समेत नेता दोङले संवादको क्रममा बताउनुभएको छ ।
माओले भन्नुभए झैं सूर्यमान दोङ (लालध्वज) ‘झुप्रोबाट जन्मिएका सभ्यता’ हुन् । सामन्ती सुदखोरको विरुद्ध ग्रामिण वर्ग संघर्षको एक योद्धा हुन् दोङ । ग्रामिण किसान माथिको अन्याय अत्याचारले कम्युनिष्ट बन्नुभएको थियो । युग परिवर्तन गर्ने ‘महान जनयुद्ध’ का एक कुशल कमाण्डर हुन् दोङ । शान्तिपूर्ण राजनीतिमा पनि विपक्ष राजनीतिक दलका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको समेत ढुकढुकी बन्न सफल नेता हुन् दोङ, अप्ठ्यारोको साथी हुन् । त्यसैले आम निर्वाचन–२०७९ मा उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गर्न सफल राजनीतिक प्राणीका रुपमा सावित दोङले आफूलाई एउटा कुशल राजनीतिज्ञको रुपमा काभ्रेली जनताप्रति आभार व्यक्त गरेर सावित गर्नपुग्नुभएको छ । यसबाट राजनीतिमा को, कस्तो भनेर खोजी गरिरहन आवश्यक छैन । नेपाली उक्ति ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं नेता दोङको प्रस्तुतीले जो–कोहिलाई पनि सोच्न बाध्य पारेको छ । राजनीतिमा यस किसिमको संस्कार कमैमा हुने यस क्षेत्रका जानकारहरू बताउँछन् ।
नेता दोङको घरदैलो कार्यक्रममा देखिएको शालिनतापूर्ण प्रस्तुतीले पनि उहाँको राजनीतिक यात्राको बाटो अनन्तसम्म छ भन्ने पुष्टि गर्दछ । जसरी उहाँले आफूलाई म जनताको सेवक हुँ, जनताका प्रत्येक पीरमर्कासँग मेरो आत्मीयता जोडेको हुन्छ भनेर प्रस्तुत भइरहँदा मतदाता पनि यो या त्यो विचार नभनी लालायित भएको घरदैलो कार्यक्रमको उत्साहजनक सहभागिताले पुष्टि गरेको पाइन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0