Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मलाई कुकुर बनाईदेऊ

प्रभातफेरी अनलाइन ४५० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
मलाई कुकुर बनाईदेऊ

अजित उत्सव

अर्को जन्ममा मलाई
कुकुर बनाएर जन्माईदेऊ भगवान !
कुकुर भएर जन्में भने
कमसेकम म,
मानिसभन्दा इमानदार बन्न सक्छु !!!

कुकुर भएँ भने बिपदमा भुक्न सक्छु,
घरमा पस्ने चोरलाई रोक्न सक्छु
आफ्ना दुश्मनलाई टोक्न सक्छु

मानिस भएर जन्में भनें म चोर बन्न सक्छु
स्वार्थ मिले चोरलाई पनि साधु भन्न सक्छु
कुकुर भएर जन्में भने
मान्छेभन्दा इमान्दार बन्न सक्छु
मानिसहरुलाई छिः मानिस भन्न सक्छु ।

कुकुरलाई पैसाको के महत्व !
कुकुरलाई पदको के पर्वाह !!
कुकुरलाई कुर्चिको के लालच !!!
कुकुरलाई भ्रस्टाचारको के मोह !!
मलाई कुकुर बनाईदेउ भगवान !
म मान्छे भएर जन्में भने
पैसाको लोभले भाई–भाईमा लड्न सक्छु
पदको मोहमा नीचभन्दा नीच काम गर्न सक्छु
कुर्चीको लालचमा झुट्माथी झुट बोल्न सक्छु
भ्रस्टाचार गरेर देशमाथी गद्दारी गर्न सक्छु

बरु, कुकुर भएँ भने
मालिकको बफादार भएर काम गर्न सक्छु
बाँचुन्जेल इमान्दार भएर मर्न सक्छु ।

कुकुर भएँ भने
बोल्ने छैन कसैलाई अपशब्द
लगाउने छैन कसैमाथी गलत नजर
राख्ने छैन बुढी आमालाई बृद्धाश्रम
चलाउने छैन बच्चाहरुको छातीमा गोली
तान्ने छैन अगाडि बढ्नेहरुका खुट्टा

माग्ने छैन बिहेमा दाइजो
गराउने छैन बर्षैपिच्छे गर्भपतन
लुट्ने छैन संधियारको एक हात जमिन
जलाउने छैन छोरो नपाएको निहुँमा श्रीमती

मलाई कुकुर बनाएर जन्माईदेउ भगवान
म कुकुर भएर जन्में भने
माथि उल्लेखित मानव हर्कत कदापी गर्ने छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0