प्रभातफेरी अनलाइन३२९ पटक पढिएको | २०८१ माघ २२, मंगलबार
जेबी खत्री
क
धेरै दुःख झेलेँ मैले
जीवन सार्थक बनाउँनलाई
बल्लतल्ल सफल भएँ
जीवन चलाउँनलाई ।
ख
दुःखसुख चलेकै छ
अब पनि चल्छ होला
चलेसम्म चलाउँछु
भनेसम्म चल्छ होला ।
ग
आधा उमेर वितिसक्यो
बाँकी पनि बित्छ होला
वितेकैछ आजसम्म
अब पनि वित्छ होला ।
घ
कसै गर्दा सकिँन त
सफल जीवन जीउँनलाई
जिनेतिने सफल भएँ
जीवन चलाउँनलाई ।