Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौको ऐतिहासिक पृष्ठभूमि

प्रभातफेरी अनलाइन ४८१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ४, बुधबार (३ साल अघि)
काठमाडौको ऐतिहासिक पृष्ठभूमि

परशु घिमिरे

वंशावली र पौराणिक ग्रन्थमा काठमाडौंका बारेमा रोचक कथाहरु पाइन्छन् । त्यहाँ यस क्षेत्रका मुख्य बस्तीका अनेक नाम परेका छन् । तर ती नामको पुष्टि ऐतिहासिक अध्ययनबाट हुन सकेको छैन । ऐतिहासिक दृष्टिले बिचार गर्दा प्राचीनकालमा काठमाडौं उपत्यकामा अनेक प्रमुख बस्ती बसेका थिए । तिनमा उपत्यका छेउमा बसेका हंसगृहद्रंग, स्थरुद्रंग, शीताटीद्रंग, नुप्पुन्नद्रंग, थंर्तुरीद्रंग आदि बस्ती पनि उल्लेख भएको छ । साथै उपत्यकाको बीच भागमा बसेका खोप्रिंद्रंग (भक्तपुर), युपग्रामद्रंग (ललितपुर), दक्षिणकोलीग्रामद्रंग (कान्तिपु) र नक्साल भेकमा बसेका द्रंगहरु प्नि उल्लेखनीय छन् भनी इतिहासकार धनवज्र वज्राचार्यले लेख्नु भएको छ । लिच्छविकालको इतिहासमा किरातकालको प्रभाव, पूर्णिमा अंक १७, पृष्ठ १ देखि ८ सम्म उल्लेख भएको छ । छरिएर बसेका यी शहरहरु आ–आप्mनै विशेषताले प्रमुख थिए तापनि यीमध्ये एकको नाउँबाट यस क्षेत्रको नामाकरण हुन सकेको देखिदैन । नेपाल मण्डलको केन्द्र हुनाले साधारणतः यस क्षेत्रलाई पनि नेपाल भनिएको पाइन्छ तापनि प्राचीनकालमा नेपाल उपत्यकामा सीमित थिएन । पशुपतिनाथको स्थापना भएपछि धार्मिक महत्वको दृष्टिले यो क्षेत्र पशुपति क्षेत्र कहलाएको पाइन्छ । बराहपुराणमा यस क्षेत्रलाई पशुपति क्षेत्र भनिएको छ । लिच्छवि राजा जयदेव व्दितीयको पशुपतिनाथको प्रसिद्ध शिलालेखमा पनि यस उपत्यकालाई पशुपति क्षेत्र भनी वर्णन गरिएको छ । नेपाल र एशियाली अध्ययन संस्थानबाट २०३० सालमा प्रकाशित लिच्छविकालका अभिलेख नामक इतिहासकार धनवज्र वज्राचार्यले उक्त पुस्तकको ५४८ देखि ६२ सम्म लेख्नु भएको छ ।
जे होस् शुरुमा यस क्षेत्रको नाम काष्ठमण्डप वा काठमाडौं रहेको थिएन भन्ने चाहिं निश्चित् छ । गुणकामदेवले यस क्षेत्रमा एक शहरको विकास गरेपछि यो नाम रहन आएको हो भनी कोलकोत्ताबाट प्रकाशित सन् १९५८ सुनिल गुप्ताले हिस्टारी अफ नेपाल नामक पुस्तकमा लेख्नु भएको छ । वि.सं. १०४३ तिर प्रसिद्ध गुणकामदेव राजा भएको उल्लेख अभिलेख आदिमा पाइएको छ । त्यस बेला शहरका प्रमुख अंगमध्ये सभागृह, नृत्यगृह रुपको मण्डप पनि एक थियो । मण्डप साधारण वेदी (डवली) रुपको मात्र पनि बन्दथ्यो । तर यहाँ नेपाली प्राचीन शैलीमा काठ बढी हाली बनाइएको भब्य काष्ठमण्डप बन्यो । सो आकर्षक काष्ठमण्डप धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण बन्यो । र, क्रमशः यही मण्डपको नामले शहरको नाम नै काष्ठमण्डप रहन पुग्यो । विक्रमको बाह्रौं शताब्दीमा यस शहरको नाम नै काष्ठमण्डप रहिसकेको कुरा तात्कालिक हस्तलिखित ग्रन्थबाट थाहा पाइएको छ भनी २०१९ सालमा प्रकाशित इतिहास संशोधनको प्रमाण–प्रमेयमा धनवज्र वज्रचार्यले लेख्नु भएको छ । चौधौं शताब्दीदेखिका ताम्रपत्र त काष्ठमण्डपभित्र नै रहेका छन् । संस्कृत काष्ठमण्डपको नेपाली रुप काठमाडौं हो । श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहबाट यहाँ राजधानी कायम गरिएपछि क्रमशः विश्वमा समेत नेपालको राजधानीको रुपमा काठमाडौंले प्रसिद्धि पाएको हो । यसै नामले आजको यो जिल्लाको नाउँ समेत पनि काठमाडौं हुन गएको हो ।
प्राचीन इतिहास ः उत्खनन् आदि बैज्ञानिक तरीकाले इतिहासको खोजी गर्न सकिएको भए यस क्षेत्रको प्राचीन इतिहास निक्कै अघिदेखि प्रामाणिक रुपमा जान्न सकिने सम्भावना छ । तर गोपाल वंशावली आदि वंशावली, पशुपति पुराण, हिमवतखण्ड, मूलसर्वास्तिवादविनय र लिच्छविकालका अभिलेख आदि केलाई हेर्दा किरातकालदेखिको यहाँको प्राचीन इतिहास भने केही स्पष्ट देखा पर्न थालिएको छ । किरातकालमा काठमाडौं उपत्यका राम्ररी नै आवाद भइसकेको थियो भन्ने कुरा स्थरुद्रंग, नुप्पुन्नद्रंग, थंतुंरीद्रंग, खोप्रिंगद्रंग आदि प्रमुख बस्तीका नाम, यहाँका खोलानाला, खेत, कुलो पहाड डाँडो आदिका नाम किरात परिवारको भाषाबाट रहेका हुनाले थाहा पाउन सकिन्छ । अर्को महत्वपूर्ण कुरा हाम्रो देशको नेपाल नामाकरण किरातकालमै भइसकेको थियो । यो कुरा कौटलीय अर्थशास्त्र आदि प्रमाणबाट सिद्ध हुन्छ भनी कौटिल्य–अर्थ शास्त्र अधिकरण अध्यायमा लेखिएको छ । नेपाल शब्दको ठीक अर्थ के हो भन्ने कुराको टुंगो विद्धानहरुले लाउन सकेका छैनन् तापनि प्राचीनकालदेखि अहिले एक टंकारले अपरिवर्तित रुपमा रहेको यो विशिष्ट नाम हो । नेपाल महात्म्य अनुसार ने मुनिले व्यवस्था गरी कायम गरेको शहर भएकाले नेपाल भनिएको हो भनी नेपाल महात्म्य, अध्याय ११ श्लोक ६१ देखि ६२ सम्म उल्लेख गरिएको छ । तिब्बती भाषामा पाल माने ऊन र ने माने घर अर्थात ऊनको घर याने ऊन प्रशस्त भएको ठाउँ भनेको हो । लेप्चा भाषामा यस शब्दको अर्थ पवित्र गुफा र धार्मिक स्थानहरु हो ।
भिंगिसी आदि नेपाली ऊनी कपडा अन्तकाभन्दा श्रेष्ठ कहलिाएको थियो तथा भारतका बजारमा तिनको माग थियो भन्ने कुरा कौटिलीय अर्थशास्त्रबाट थाहा पाइन्छ भनी कौटिल्य अर्थशास्त्र–२ अधिकरण ११, सूत्र १०६ मा उल्लेख गरिएको छ । यसबाट किरातकालमै भारतसँग नेपालको व्यापार सम्बन्ध कायम भइसकेको थियो भन्ने बुझिन्छ । उक्त कुराको पुष्टि मूलसर्वास्तिवादविनय नामक बौद्ध ग्रन्थबाट पनि प्रमाणित हुन्छ । गौतम बुद्ध श्राबस्तीमा आइरहेको बेला एक दल व्यापारी ऊन आदि किन्न यहाँ आएको र उनीहरुका साथ बौद्ध भिक्षुहरु यहाँ आएको वर्णन उक्त ग्रन्थमा परेको छ । नेपालबाट प्रशस्त मात्रामा ऊनको निकासी लिच्छविकालसम्म पनि चालू रहेको कुरा अंशुबर्माको टिष्टुंको अभिलेख परेको हुनाले पनि उक्त कुराको पुष्टि हुन्छ भनी अभिलेख प्रकाशमा इतिहासकार हेमराज शाक्यले लेख्नु भएको छ । व्यापारको साथै कृषि र पशुपालन व्यवसाय पनि किरातकालमा चालू रहेको संकेत पाइएको छ । यसरी नेपालको आर्थिक विकासको जग किरातकालमै रहिसकेको देखिएको छ ।
अर्को उल्लेखनीय कुरा किरातकालमै यहाँ शैव, बौद्ध आदि धार्मिक सम्प्रदायको प्रवेश भइसकेको देखिएको छ । त्यसबेला गौतमाश्रम र भारताश्रमको स्थापना भएको शाक्य कोली आदि सभ्य जातिको प्रवेश भइसकेको संकेत पनि पाइएको छ । यसरी प्राचीनकालमा काठमाडौं जिल्लाको विकासमा किरात शासनको पनि हात रहेको कुरा केही अस्पष्टै भए पनि अब शंकास्पद रहेको छैन । कति भने वंशावली आदिमा उल्लिखित एलम् आदि किरात राजाहरुको नाम, क्रम, समय आदिबारे प्रकाश पार्ने ठोस सामाग्री भने पाउन सकिएको छैन । यसो हुनाले यसबेलाको राजनैतिक इतिहास प्रमाणिक हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0