काभ्रे । शिवपुरी साहित्य समाजले काभ्रेली साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूलाई विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ प्रदान गर्ने भएको छ ।
लामो समयदेखि काभ्रे जिल्लालाई कर्मथलो बनाई साहित्यिक पत्रकारिता गर्दै आएका लाकोजूलाई सो पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो । शिवपुरी साहित्य समाजका सभापति वियोगी बुढाथोकीको अध्यक्षतामा हालै बसेको बैठकले सो पुरस्कार दिने निर्णय गरेको हो । साथै शिवपुरी गजल सम्मान २०७९ मनोज न्यौपाने विराटनगरलाई, नर बहादुर भारती स्रष्टा सम्मान पवन आलोकलाई, मान शोभा प्रतिभा सम्मान खुमराज घिमिरे शीतगंगा–अर्घाखाँचीलाई, गौरी कार्की स्मृति मुक्तक सम्मान हरिकृष्ण काफ्ले रौतहटलाई प्रदान गरिनेछन् ।
वरिष्ठ साहित्यकार बुढाथोकीका अनुसार उक्त सम्मान २०७९ फागुन २७ गते शनिबार टोखा नगरपालिका १ बौडेश्वरमा गुन्द्रुक मकै भटमास कार्यक्रम गरेर समर्पण गरिनेछ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |