Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरलाई अनिर्णयको बन्दी बनाउने काम जनप्रतिनिधिहरुले गर्नु न्यायसंगत होइन ः प्रमुख

प्रभातफेरी अनलाइन ७३९ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
नगरलाई अनिर्णयको बन्दी बनाउने काम जनप्रतिनिधिहरुले गर्नु न्यायसंगत होइन ः प्रमुख

“यही जुहारीका लागि जनताले मत हालेका हुन् !”
कार्यपालिका बैठकप्रति हाम्रो असहमति छ ः नेकपा एमाले

काभ्रे । पनौती नगरपालिकाको कार्यपालिका बैठकका बारेमा सार्वजनिक भएका अभिव्यक्ति सम्बन्ध जिज्ञासा राख्दा नगर प्रमुख रामशरण भण्डारीको कथन थियो– स्थानीय सरकार सञ्चालन कार्यविधिलाई लत्याउँदै नगरलाई अनिर्णयको बन्दी बनाउने काम जनप्रतिनिधिबाट हुनु खेदजनक विषय भएको टिप्पणी गर्नुभएको छ ।
पनौती नगरपालिकाको कार्यपालिका बैठक विधिसम्वत् नभएको भन्दै नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने उपप्रमुख लगायतका १६ जना कार्यपालिका सदस्यद्वारा बैठक बहिष्कार गरेको विज्ञप्ति मार्फत् सार्वजनिक भएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार पनौती नगरपालिका प्रमुखलाई कम आँकलन गरी एक्लै हिँड्ने, अपारदर्शी बन्ने निर्णय र सहभागितालाई छल्ने प्रयासले हामी स्वयं हैरानी महसुस गरी रहेका छौ । हरेक विषयलाई सन्देहको आंखाले हेर्ने, विश्वास गर्न नसक्ने विवेकपूर्ण निर्णय दिन÷गर्न अमूक निर्देशनको पखाईमा महिनौ वित्ने, विताउने कार्यशैली प्रदर्शनको दृष्य हेरिरहनु पर्दा रचनात्मक कार्यको थप कल्पना गर्न सकिएन ।
यस्तो अवस्थामा पर्याप्त छलफल, बहस गर्नुपर्नेमा कार्यपालिकाको नियमित बैठक समेत हुन नसक्ने परिस्थिति निम्त्याएर नगरपालिकालाई बन्दि बनाउन खोजियो । हामीले जनतासँग महत्वपूर्ण सवालहरुमा समेत छलफल गरी निर्णय लिनुपर्छ भनि पटक पटक अनुरोध एवं ध्यानाकर्षण गराउँदा समेत नगर प्रमुखले यसको कुनै वास्ता नगरी प्रमुख प्रशासकीय अधिकृतलाई साथ लिइ एक्लै हिँड्ने प्रयास गरेकोले आजको बैठक सुखद रूपमा सञ्चालन हुन सकेन भनी उल्लेख गरिएको छ । सोही विज्ञप्तिमा थप स्पष्ट पार्दै जनउत्तरदायी सरकारले निर्णय विना कुनै काम गर्दैन । भएको निर्णयलाई इमान्दारीपूर्वक अभिलेखिकरण गर्छ, तर पनौती नगरपालिकाको नगर परिषदमा भएका निर्णयहरु समेत फरक ढंगले दलगत स्वार्थबाट प्रेरित भएर निर्णयहरू परिवर्तन गरी प्रमाणित गरिएको पाइयो जुन निन्दनिय र भत्र्सनायोग्य कार्य हो । यसैगरी जनउत्तरदायी सरकारले लामो समयदेखि श्रमजिवी कर्मचारीहरुको म्याद नथपि तिनीहरुको भविष्य अनिश्चित बनाउँदैन, विषयगत समिति नबनाई आफ्नै रवैयाले संस्था चलाउँदैन भन्ने सामान्य सिद्धान्त र मान्यतालाई समेत आत्मसाथ नगरि आफु अनुकुलका आफु सुरक्षित हुने एजेण्डा मात्र समावेश गर्ने बैठक नगर प्रमुखको प्रयास र अग्रसरता, कार्यपालिकावाट स्वीकृत नगराई योजना तथा कार्यक्रमको भुक्तानी दिने, राजपत्रमा सूचना आइसकेको वहानामा नगरसभावाट स्वीकृत इन्द्रेश्वर मन्दिरको अक्षयकोष रकम निकासा नगर्ने, कार्यपालिकाको एजेण्डा बनाइसकेको विषयलाई पुनः आफ्नै तहमा ल्याई कार्यपालिकालाई उपेक्षित गरी निर्णय गर्ने एवं नीति बनाउने जस्ता अत्यन्तै अपरिपक्वपूर्ण कार्यशैली अपनाई बैठकबाट भाग्ने उम्कने प्रयास गर्दै आयोजना गरिने बैठक गलत नियतले प्रेरित भएको निश्कर्ष सहित हामी आजको कार्यपालिकाको बैठकबाट वाहिरिएको यथार्थता वाहेक राजनीतिक पनौती नगरपालिका, नगरकार्यपालिकामा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको तर्फबाट जारी गरिएको एजेण्डाको प्रस्ताव नरहेको समेत आदरणीय नगरवासीमा अनुरोध गर्दछौ भनिएको छ ।
तसर्थ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था समेतलाई नजरअन्दाज गरी गरिएका कार्यहरुमा हाम्रो असहमति जाहेरीले उठाएका सवालमा छलफल आवश्यक भएको ठानी निष्कर्षमा पु¥याउने प्रतिवद्धता रहेमा संवादको अवस्थावाट टाढा नरहने व्यहोरा समेत विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्ति सार्वजनिक भएपश्चात् आफ्नो टिप्पणी राख्दै पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय कुमार तामाङले घटनाको यथार्थता बुझ्न टाढा जानु नपर्ने संकेत गरेका छन् । अध्यक्ष भन्छन्, नगर कार्यपालिका बैठक वहिस्कार र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि ज्युहरुको तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिको सम्बन्धमा आम पनौतीवासी र विशेष गरि वडा नं –१ वासी आम जनसमुदायलाई विद्यमान परिस्थिति बारे सुसुचित गराउने उदेश्यले केहि लेख्न मन लाग्यो ।
विगत लामो समय देखि जनताका दैनिकी, पिर मर्का, सामान्य आवश्यकता, योजना कार्यान्वयन, भुक्तानी लगायतका यावत जनताका समस्याहरुको व्यवास्ता गर्दै यस्ता महत्वपूर्ण र संवेदनशील विषयमा कार्यपालिकालाई अनिर्णयको बन्दी बनाई आफ्ना दलगत स्वार्थ पुर्ति गर्न च्याखे थाप्ने काम भई रहेको स्पष्टै देखिन्छ ।
आम जनसमुदायको हित विपरित, आफ्ना आसेपासेको पक्षपोषणका निम्ति नगरपालिकालाई अनावश्यक भार वहन गराउने माग संबोधन गराउने उदेश्यले यसरी कार्यपालिका बैठक पटक पटक अस्विकार गरेता पनि हामी स्रोत र साधनको पारदर्शिता, मितव्ययिता, जवाफदेहीता र औचित्यता समेत विचार गरेर मात्र स्रोत साधनको उपयोग गर्ने गराउने कुरामा प्रतिबद्ध छौँ ।
नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको यस्ता कदमले १२ वटै वडाको कार्य सम्पादनमा प्रत्यक्ष असर परेको छ । पनौती वडा नं. –१ मा पनि जनताको भावना र हित विपरित विभिन्न किसिमका कठिनाईहरु उत्पन्न भएका छन् ः
– वडा नं.–१ को स्विकृत योजना अन्तरगत रु ५० लाख बजेटको फलामेमा गुम्बा बनाउने प्रयोजनका लागि वडाबाट सिफारिस भैसकेको आयोजना कार्यपालिका बैठकमा प्रस्तुत हुन सकेको छैन ।
– योजनाको फरफार गरि भुक्तानी अनुमोदन नहुदाँ दिन–रात नभनी विकाश निर्माणमा सहभागी हुने उपभोक्ता समितिहरु मर्कामा परिरहेको अवस्था यो लगायत सबै वडामा विध्यमान छ ।
–पनौतीका सम्पुर्ण योजनाहरु राजनीतिक प्रतिशोधको कारण म्एच् कार्य प्रभावित बनाईएको छ ।
– पनौती नगर अन्तर्गत प्रदेशका लागि समपुरक र विशेष योजना छनौट कार्य प्रभावित भएका छन् ।
– जग्गा वर्गीकरण नभएकोले सम्पूर्ण वडाहरुको कित्ताकाट रोकिएको छ ।
– साथै पनौती नगरका गौरव योजानाहरु नयाँ बसपार्क निर्माण, एकीकृत खानेपानी, सिरानचौर रंगशालाको काम कारबाही रोकिएको छ ।
यसका अलावा नगरका र अन्य वडाहरुका यस्तै थुप्रै विकाश निमार्णका कार्यहरुमा अवरोध सिर्जना गरि कस्तो जनउत्तरदायी सरकारको परिकल्पना एमालेले गर्दैछ ? नगरवासीले सोच्नुपर्ने अवस्था आएको छ ।
यस्ता यावत अनावश्यक अवरोधहरु सिर्जना गरि पानीमुनीको ओभानो बन्नका लागि प्रेस विज्ञप्ति जारी गरि आम पनौतीवासीको आँखामा छारो हाल्ने कार्य कृपया नगरिदिनु हुन आग्रह समेत गर्न वडा अध्यक्ष तामाङ पछि पर्नु भएन । यसले के कुरा पुष्टि गर्छ भने बाँकी अवधि पनौती नगरपालिकालाई अनिर्णयको बन्दी बनाउँदै राजनीतिक प्रतिशोधको सिकार नगरवासी हुने संकेत यो दोहोरीले पुष्टि गर्दछ । बाँकी दायित्व, जिम्मेवारी तिनै मतदाताबीचमा जानेछ भन्ने आम नगरवासीको बुझाई रहेको पाइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0