Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

प्रभातफेरी अनलाइन ४३५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
रासायनिक मल सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन

भेषराज दनुवार

नेपाल कृषि प्रधान देश हो । यसमा कसैले नकार्न सक्दैन । कृषि प्रधान देश भएको कारण समग्र कुलग्राहस्थ २७ प्रतिशत कृषिको योगदान रहेको छ । कृषिमा ६२.४ प्रतिशत (पन्ध्रौ योजनाअनुसार) जनता कृषि पेशामा संलग्न रहेका छन् । समग्र तथ्यांकको बिश्लेषणको आधारमा नेपालका कुल कृषकमध्ये ७ प्रतिशत किसानको निजि स्वामित्वमा भूमि समेत रहेको छैन । ७ प्रतिशत किसानको भूमि नहुने कृषि उपेक्षामा पर्नु आयात बढनु र कृषिउपज घटनुको साथै कृषि उत्पादनको कच्चा सामग्री समयमा नहुनुको कारण हरेक बर्ष कृषि सामग्री मध्येमा आयातमा निर्भर बढदो छ । तथ्यांकको विश्लेषण गर्दा पछिल्लो समय वितरण गरीएको गरीबीको कार्डको तथ्यांकले समेत कृषक गरीबीको रेखामुनी बस्नु परेको छ ।
कुनै समय नेपालको कुलग्राहस्थ उत्पादनमा महत्वपुर्ण हिस्स ओगटेको कृषि क्षेत्रको योगदान क्रमिक रुपमा घट्दो रुपमा गएको छ । २०७३÷७४ को आर्थिक वर्ष देखिको तथ्यांकको विश्लेषण हेर्ने हो भने हरेक बर्ष १ प्रतिशतको दरमा घटेको देखिन्छ । कृषि गणना र तथ्यांकको विश्लेषण्को आधारमा नै हेर्ने हो भने समग्र घटदो बिश्लेषण बुझाई रहनु पर्ने देखिदैन । समग्र कृषि उत्पादनबाट बार्षिक रुपमा खान पुग्ने तथ्य तथ्यांकको आधारमा हेर्ने हो भने झन दर्दनाक रहेको देखिन्छ । पछिल्लो उत्पादन तथ्यांकअनुसार ४३ लाख मेट्रिक टन रहेको र माग ५६ लाख मेट्रिक टन रहदा हरेक वर्ष १३ लाख मेट्रिक टन कृषि उपज आयात हुने गरेको देखिन्छ ।
नेपालमा रणनैतिक रुपमा बिकासको क्रम संगै कृषिले प्रमुख प्राथमिकता पाउँदै आएपनि हाम्रो देशमा कृषि क्षेत्रमा पछिल्लो समयम ठुला ठुला आधुनिकिकरणको परियोजना आएको समेत भन्ने सुनिएको देखिएको समेत छ । राज्यको निति स्पष्ट छ तर कार्यान्वयन अत्यन्तै कमजोर रहेको छ । ब्यवस्थित बजारीकरण नीति बन्न सकेको छैन । परम्परागत कृषि प्रणालिलाई पनि समय परिवेश अनुसार परिमार्जन गर्न सकिएको छैन । जलश्रोतको धनि देश भनिएता पनि श्रोत साधनको उचित उपयोग रणनैतिक रुपमा अगाडी बढन नसक्दा सिंचाइृको सुविद्या सहज बनाउन सकिएको छैन । कृषि उपज उत्पादनको लागी आवश्यक पर्ने रासायनिक मल हरेक वर्ष चाहिने समयमा सम्बन्धित निकायले ल्याउन सकिरहेको छैन । रैथाने विउविजनको संरक्षण र बिकास सहित बितरण प्रणालि समाप्त भैसकेको छ । कृषियोग्य जमिनको खण्डीकरण गर्न स्थानिय सरकार उद्धत रहनु समेत कृषिमा परनिर्भता बढनुको कारण बन्दै गईरहेको छ । बास्तविक किसानले कृषि ऋण कहिँकतै पनि सहज र सरल रुपमा पाउने व्यवस्था छैन । बित्तिय सस्था लघुबित्त सस्था पछिल्लो समय कानूनी रुपमा मान्यता प्राप्त ढ्याके साहु सरह भएका छन । समग्र विषयलाई न्यूनिकरण गर्न तहगत सरकारले कसको जिम्मेवारी के हो भनेर एक आपसमा अपन्नत्व लिन नसक्दा हरेक दिन किसानले कृषि उत्पादन तथा उपयोगमा समस्या नै समस्या झेलिरहेको छन ।
कृषिमा आधुनिककीरणको नाममा तहगत सरकारले बजेट बिनियोजन गरेको देखिन्छ । समयानुकुल यान्त्रिकिरणको सहित व्यवसायिक र औधोगिककरणको विषय अगाडी बढेको पाईएता पनि जग्गाको स्वामित्वबिहिन किसान सेवा लिनबाट बञ्चित रहेको देखिन्छ । अनुदान वितरण प्रणालि हेर्ने हो भने नेपालमा प्रथम पञ्चबर्षिय योजनाबाट नै शुरु गरीएको हो । अनुदान दिने प्रकृया जग्गाको स्वामित्वबिहिन किसान होस वा थोरै जग्गाको स्वामित्व र पौरखि किसानले लिने प्रकृया नै बास्तबमा झण्झटिलो रहेको छ । अनुदान लिन समेत तहगत निकायको राजनैतिक दल नजिकको कार्यकर्ता, प्रशासक सहित कागजी झोलामा खेति प्रणालि गर्ने किसानले मात्रै पाउदै आएको तथ्य देखिएको छ । जसका कारण बास्तविक किसान ओझेलमा परेका छन । यसर्थ पनि युवा पुस्ता बिदेशिनु र कृषि पेशा नैतिकताको पेशा रहेको भएतापनि आकर्षण नभएको पाउन सक्छौ ।
कृषि पेशा र क्षेत्रलाई ब्यवस्थित गर्न केहि काम नै नभएको भने पक्कै पनि हैन । राष्ट्रिय स्तरमा ठुला ठुला प्रयासहरु भैरहेको छन । सर्वप्रथम वि.स. २०२१ सालमा नै भूमि सुधार ऐन व्यवस्था लागु गरीएसंगै नेपालमा कृषि क्षेत्रमा संस्थागत व्यवस्थापनको सुरुवात गरेको भने पाउन सक्छौ । नेपाल सरकारले कृषिलाई मुख्य रुपमा गरिबी निवारण, स्वरोजगार सहित बेरोजगार अन्त्य र खाद्य सुरक्षाको रुपमा विकास गर्न सहित पाँच बर्षमा कृषिको उत्पादन गुणात्मक रुपमा बृद्धि गर्ने नीति अख्तियार गरेको छ । नीतिकै आधारमा हेर्ने र व्यवहारीकतर्फ समेत नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्र भनेको नै कृषि हो । यसको विकासकै लागी नेपाल सरकारले कृषि विकास रणनिति २०७२ लागु गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न कृषि मन्त्रालयमार्फत थुप्रै योजना र परियोजना सञ्चालनमा ल्याएको छ । यहि नीतिको लागी तहगत सरकार वडा, पालिका तथा प्रदेश र दातृ निकायको समेत कृषिमा आधारित अनगिन्ति कार्यक्रम गरिएको भएतापनि हरेक वर्ष आयात बढ्नुले रणनितिलाई चुनौति दिएको देखिन्छ ।
बास्तबमै कृषिलाई रुपान्तरण गर्ने हो भने आयातले पुर्ण प्रतिबन्ध तथा प्रतिस्थापन गर्ने निति वडा तह देखि नै गर्न सक्नु पर्छ । यसको लागी रणनैतिक योजना अनुरुप तहगत सरकाले एक आपसमा समन्वय साथ आधुनिकिकरण, बैज्ञानिकीकरण, व्यवसायिकरण, औधोगिकीकरण र भूमिको उच्चत्तम प्रयोग हुनु जरुरी छ । कृषि पेशा गर्ने हरेक टोल टोलका उत्कृष्ट किसानलाई सम्मानी गर्ने बाताबरण बन्न सक्नुपर्छ । हरेक टोल टोलमा कृषि पेशा गर्ने युवालाई सम्मान साथ आयात प्रतिस्थापन गर्न सहयोग पु¥याउने किसानलाई सम्मानले युवाको आकर्षण बढाउँदाले बार्षिक मागलाई उचित बजारीकरण गर्ने हो भने बिदेशिने युवाको संख्या घटाउन सकिन्छ । भूमिहिन किसानले खेति गर्न चाहेको खण्डमा निश्चित मापदण्ड बनाएर भूमिहिन किसानलाई तहगत सरकाले खेतियोग्य जमिन उपलब्ध गराउने प्रावधान मिलाउनु पर्ने देखिन्छ । बिश्व परदृष्यमा हेर्ने हो भने सबै भन्दा बढि धान उत्पादन गर्ने चिनले समेत उत्पादन बृद्धिमा रणनैतिक प्याकेज साथ अगाडी बढिरहेको छ । तुलनात्मक अवस्था अध्ययन गर्ने हो भने चिनको, भारतको तुलनामा हाम्रो कृषि उत्पादन र उपयोग प्रणालि निकम्मा सरह रहेको देखिन्छ ।
देश संघियता तर्फ गएको दशकौ भै सक्यो । स्थानिय तहगत सरकार बनेको दोस्रो कार्याकाल समेत शुरु भएको छ । बर्गीकरणको आधारमा तीन तहको मध्ये पनि स्थानिय तहको कृषिमा भूमिका माथिल्लो तहगत सरकारलाई उच्चतम सहयोग लिने तथा दिने गर्नु पर्ने भूमिका रहेको देखिन्छ । स्थानिय तहमा रहेको श्रोत साधन उपयोग र प्रयोग गर्दै दिगो विकास सहित आर्थिक सुधारको विभिन्न नीति तथा कार्यक्रमको कायान्वयन गर्न सकेमा मात्रै सरकारले लिएको सम्बृद्धि नेपाल सुखी नेपाली बनाउने संकल्प साकार हुने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

    प्रचण्डलाई जनमुक्ति सेनाका कमाण्डरको पत्र

  • Post Thumbnail

    धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0