Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

प्रभातफेरी अनलाइन ६५० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार (३ साल अघि)
इतिहास रच्दै बृहत् खेलकुद महोत्सव सम्पन्न

काभ्रे । जिल्लाव्यापी बृहत् खेलकुद महोत्सव मंगलबार एक समारोहबीच बनेपामा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा जिल्लाका १३ वटै पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका १३ खेलमध्ये उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई सर्वाधिक नगद सहित सम्मान गर्ने योजना अनुसार सर्वाधिक चासोको रुपमा रहेको पुरुष भलिबल खेलतर्फ जिल्लाको विकट स्थानमा रहेको महाभारत गाउँपालिकाले बाजी मारेको छ ।
त्यसैगरी दोस्रो स्थानमा जिल्लाको विकट भूगोलको रुपमा रहेको खानीखोला गाउँपालिकाले आफ्नो वर्चश्व जमाएको छ भने तेस्रो स्थानमा बनेपा नगरपालिका सीमित भएको छ । त्यस्तै महिला भलिबलतर्फ नमोबुद्ध नगरपालिका पहिलो भयो भने बनेपा नगरपालिकाले दोस्रोमा चित्त बुझाएको छ भने पनौती नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ । अर्काे सर्वाधिक चासोको विषय रहेको फुटबल प्रतियोगितामा पनौती नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको छ भने रोशी गाउँपालिका दोस्रो र खानीखोला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।
त्यस्तै कबड्डी पुरुष प्रतियोगितामा पहिलो स्थान पनौती नगरपालिका छ भने दोस्रो स्थानमा पाँचखाल नगरपालिका र तेस्रो स्थानमा बनेपा नगरपालिका र रोशी गाउँपालिका रहेका छन् । कबड्डी महिलामा पनौती नगरपालिका प्रथम, बनेपा नगरपालिका दोस्रो र पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी एथ्लेटिक्स प्रतियोगितामा पाँचखाल नगरपालिकामा प्रथम, पनौती नगरपालिका द्वितीय र नमोबुद्ध नगरपालिका तृतीय स्थान प्राप्त गरेका छन् । कराँतेतर्फ बनेपा नगरपालिका प्रथम, तेमाल गाउँपालिका द्वितीय र पाँचखाल नगरपालिका तृतीय भएका छन् । तेक्वान्दो प्रतियोगितामा पनौती नगरपालिका प्रथम, बेथानचोक गाउँपालिका द्वितीय र धुलिखेल नगरपालिकाले तृतीय स्थान हासिल गरेका छन् भने फुलकन्ट्रयाक कराँतेमा बनेपा नगरपालिका प्रथम, पाँचखाल नगरपालिका द्वितीय र नमोबुद्ध नगरपालिका तृतीय भएका छन् भने आइटीएफ तेक्वान्दोमा धुलिखेल नगरपालिका प्रथम, पाँचखाल नगरपालिका द्वितीय र बनेपा नगरपालिका तृतीय भएका छन् ।
समापन कार्यक्रममा संघीय सांसद गोकुल बाँस्कोटा, बागमती प्रदेश सांसद रत्न ढकाल, लक्ष्मण लम्साल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र सम्बन्धित पालिकाका उपप्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सभापतित्व जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गर्नुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0