प्रभातफेरी अनलाइन४११ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २६, बिहिबार(३ साल अघि)
काभ्रे । सोमबार काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको संस्थाले जनाएको छ । स्थापना दिवसलाई भव्य र सभ्य रुपमा मनाउने क्रममा बनेपामा रहेको ऐतिहासिक काँठु गणेश मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ भने संस्थाको कार्यालयमा २० वटा कलात्मक पानसमा दिप प्रज्वलन समेत गरी थप उत्साह र उमंगका साथ मनाइएको छ ।
सो अवसरमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थाका सल्लाहकार, महिला उप समिति, सहयोगी लायन्स क्लव अफ बनेपा सिटीका अध्यक्ष लगायत पदाधिकारी र संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन सचिव हरि गोपाल मानन्धरले गर्नु भएको थियो भने सो कार्यक्रम संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षतामा सम्पन्न भएको थियो ।