काभ्रे । सोमबार काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको संस्थाले जनाएको छ । स्थापना दिवसलाई भव्य र सभ्य रुपमा मनाउने क्रममा बनेपामा रहेको ऐतिहासिक काँठु गणेश मन्दिर परिसरमा दिप प्रज्वलन गरिएको छ भने संस्थाको कार्यालयमा २० वटा कलात्मक पानसमा दिप प्रज्वलन समेत गरी थप उत्साह र उमंगका साथ मनाइएको छ ।
सो अवसरमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थाका सल्लाहकार, महिला उप समिति, सहयोगी लायन्स क्लव अफ बनेपा सिटीका अध्यक्ष लगायत पदाधिकारी र संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन सचिव हरि गोपाल मानन्धरले गर्नु भएको थियो भने सो कार्यक्रम संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |