logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

प्रभातफेरी अनलाइन१४०८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १२, शुक्रबार(३ साल अघि)
जनयुद्धको ॠण तिर्नकै लागि पनि प्रदेश सरकार महाभारत र खानिखोलाको बिकासका लागि कटिबद्ध छ : मन्त्री मोक्तान

सन्दर्भ :चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप

काभ्रे / चौथो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कपको समुदघाटन गर्न महाभारत आइपुग्नु भएका बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानले जनयुद्धमा यो माटोले लगाएको ॠण जति नै तिर्छु भने पनि अपुरै हुने छ ।त्यसैले प्रदेश सरकार महाभारतको बिकास र निकास का लागि कटिबद्ध भएको बताउनु भएको छ ।

अतितको स्मरण गर्नु हुँदै झुरझुरे घटनामा बिरगती प्राप्त आफ्ना सहयोद्दाको बलिदान प्रती भाबुक बन्न पुग्नु भएको थियो,आज जति पनि उपलब्धि हासिल भएको छ ,त्यसको संरक्षण गर्न सके मात्र ती सहयात्री प्रतिको बलिदानको न्याय हुनेछ ।

जनयुद्धको बलमा प्राप्त सिमित उपलब्धि पनि खोसिने संकेत तर्फ सजग रहन इकिंत गर्नु हुँदै संघीयताको सहिसदुपयोग गर्दै जान सके मात्र सहिदको रगत माथी न्याय हुने बताउनु भएको छ ।

सम्बोधन कै क्रममा मन्त्री मोक्तानले योद्धाको रगतसंङ्ग संघीयता साटेका हौं, जसको कारण आज आफू यो जिम्मेवारी बहन गर्ने स्थानमा पुगेकै कारण पनि गौरवका योजनाले स्थान पाएका छन् । आब ०८०/८१ को बजेटले यहाँ का नागरिकका सपना पूरा गर्ने अठोट मन्त्री मोक्तानले सम्बोधनका क्रममा व्यक्त गर्नु भएको छ ।

खेलकुद र शिक्षाको बिकासका लागि आफुले सकेको योगदान गर्ने प्रतिबद्धता राख्न मन्त्री मोक्तान पछि पर्नु भएन ।