Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डा. इन्दुल के.सी.को शब्द सागरका मोती ः संक्षेपमा

प्रभातफेरी अनलाइन ५५२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १२, मंगलबार (२ साल अघि)
डा. इन्दुल के.सी.को शब्द सागरका मोती ः संक्षेपमा

मोहन दुवाल, वरिष्ठ साहित्यकार

इन्दुल के.सी.– अनौठो मान्छे । ८० वर्ष नाघेर पनि केही न केही गरिरहन खोज्ने मान्छे । समाज मन पराउने, भाषा–साहित्यमा डुबिरहन रुचाउने, धाइरहन पाउँदा गौरव गर्ने एकजना अनौठो जाँगरिला व्यक्ति । अहिलेसम्म थाक्न नजानेका कर्मशील जेष्ठ नागरिक । कवि भएर पनि कविजस्तो छु भन्न मन नगर्ने तर उल्लेख गर्न योग्य व्यक्तित्व । समाजसेवा, धर्मचिन्तन र साहित्यमा मन दिएर आफूलाई कृयाशील तुल्याउन पाउँदा गौरव गर्ने इन्दुल । धेरै थोकमा विभाजित भएर पनि उत्तिकै जहाँतहीँ सकृय र जागरुक छन् । मैले चिनेदेखि सिर्जना, निर्माण, प्रगतिमा मन राखेर हँसिलो मुहार बोकेर कुदिरहेका मित्र इन्दुल के.सी. मेरो मनभित्र पनि अक्षरसाथ रहन सक्षम समाजसेवक तथा साहित्यक नाम हो ।


उनी कविता लेख्छन्, आफूलाई लागेका दृष्टि पोख्छन्, कसैको कृति प्राप्त भएपछि त्यस्को टिप्पणी लेख्छन् – उनी कुदिरहन सकेकाले नै महान देखिन्छन् । कथाहरु पनि लेख्छन् उनी, पत्रकार भएर पनि समाचार संप्रेषण गर्छन् यस्तै–यस्तै गरेर बाँच्न जानेका यिनी चर्चित पूर्वप्रशासक पनि हुन् । राजनीति गर्न जान्दैन तर यिनी राजनीति बिग्रेकोमा चित्त दुखाउन जान्छन् । आफ्नै बाटोमा, आफ्नै माटोमा रमेर यिनी योग सिकाउँछन्, धर्म–कर्ममा विश्वास साँचेर असल मान्छे बन्न खोज्छन् । यिनी समाजका बलिया, सबैथोक बुझेका सत्य मन पराएर कुदिरहेका अभियन्ता हुनाका साथै पूर्वप्रशासक रहेर सेवा पु¥याइसकेका राष्ट्रसेवक हुन् । यिनले प्रजातन्त्र, गणतन्त्र सबै बुझेका छन् । यसैगरी राष्ट्रियता र देशभक्तिका भावना पनि यिनका मनका कुना–कुनामा लुकेर बसेका छन् । यिनका यात्रा र भावनाले यस्तै–यस्तै भनिरहेका छन् अर्थात् होलान् ! – म मन–मनमा राखेर इन्दुल के.सी.लाई नियालिरहेछु । उनी कति सरल मान्छे– आफ्नो मूल्याङ्कन गरेर लेख्ने गर्छन् – “केवल एक साहित्य अनुरागी हुँ । …. साहित्यको कखरा सिक्दासिक्दै उमेरमा असीको दशक पार गरिसकेको बालक बबुरो म इन्दुल नामधारी एक सामान्य साधारण व्यक्तिमात्र हुँ ।” शब्दसागरका मोतीमा उनी लेखकीय भावना व्यक्त गर्दै उक्त अभिव्यक्ति पोखेका हुन् ।
आफ्नै ढङ्ग बोकेर, आफ्नै रङ्गमा हिंड्न जानेका यिनका साहित्यलेखन पनि आफ्नैपन देखिंदा किसिमका सिर्जनाका हरफहरु भई लिपिवद्ध भएका छन् । इन्दुल आफूलाई पोख्न जान्छन्, इन्दुल आफूलाई प्रकट गर्न खोज्दा ढङ्ग पु¥याउन जान्छन्, कुराकानीमा लय मिलाउन जानेका यिनी शब्द पारखी मात्र नभई अक्षरका सुन्दर गायक हुन प्रयत्नरत भइरहेका सिर्जनाधर्मी हुन् । यिनी आफूलाई चिनाउन खोज्छन् । र साथै आफूसँग सम्पर्कमा आएका अक्षरयात्रीहरुलाई चिनाउन भरमग्दूर प्रयत्न गर्छन् । यिनले ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रहमा आफूले पढेका र त्यसबारे आफूलाई लागेका अनुभूतिहरु प्रकट गरेका छन् । समीक्षामा पनि आफ्नै प्रकारका लेखकीय मर्म पोख्न जानेका यिनले यस सङ्ग्रहमा २७ जना लेखकहरुलाई चिनाउन खोजेका छन् । यस सङ्ग्रहमा सङ्ग्रहीत समीक्षात्मक लेख–रचनाहरुमा ओतबहादुर खड्काको अनुवाद कलाबारे ‘ईशाघि दश उपनिषद्’, ‘ईशावास्योपनिषद्’, ‘श्री इशाओपनिषद’ र १०४ ‘उपनिषद्’ बारे परिचय लेख लेखेर वेद, उपनिषद्को विशुद्ध तत्वज्ञानको परिचय दिन खोजेका छन् । महात्मा सुशीललाई ‘पाशुपत योग’ पुस्तकमार्फत् योगको सैद्धान्तिक ज्ञानका आधारमा चिनाउन प्रयत्न गरेका छन् । उद्धवप्रसाद भट्टराईलाई ‘महर्षि विशुद्धदेव एवं दिव्य साधना–सूत्र’ को सिद्धान्तमा राखेर रोचक शैलीमा टिप्पणी गरेर ‘मस्तिष्कमा समझदारी ! काँधमा जिम्मेवारी ! हृदयमा इमान्दारीका प्रणेता विशुद्धदेवको पनि प्रभावकारी शैलीमा चर्चा गरेका छन् । टीकाराम अर्यालको ‘जीवनदर्शन’, सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’, एस.पी. आसाको ‘छ्यासमिस’, राहुल सांकृत्यायनको ‘दर्शन दिग्दर्शन’, ‘बौद्ध–दर्शन’, ‘केशवराज राजभण्डारी को ‘भजन र सङ्गीतमा जीवन’ जीवनाथ अधिकारीकृत ‘प्राचीन विश्व इतिहासको संक्षिप्त चर्चा’, वासुदेव ढकालको ‘उत्तरी ध्रुवप्रदेशको यात्रा साथै लेखन्तेको जीवन–यात्रा’ बारे संक्षिप्तमा चर्चा चलाई दिएर लेखक र पुस्तकको समीक्षात्मक टिप्पणी लेखेका छन् ।
यसैगरी पशुपतिमान प्रधानलाई ‘नुग घाः’ पुस्तकमार्फत् तीनवटा भाषाका लेखकका रुपमा चिनाएका छन् । ‘धनिया’ कथासङ्ग्रहबाट वरिष्ठ आख्यानकार परशु प्रधानलाई पनि देखाउन यिनी सफल छन् । नेपालभाषामा लेखिएको ‘मतिनाया सः’ का कवि प्रेमकृष्ण ताम्राकारलाई पनि सङ्क्षेपमा परिचय गराएका छन् । प्रजापति तिमिल्सिनाका ‘कालो पहाड’ (उपन्यास), चूडाप्रसाद चौलागाईंको ‘विषय र विवेचना’ लेखसङ्ग्रहको विवेचना गरिएको छ । यसैगरी निर्मला श्रेष्ठलाई ‘आफू अरुका लागि’ (निबन्धसङ्ग्रह), साधुराम गिरीलाई ‘मान्छे, प्रकृति र भेगन’ मा, प्रकाशप्रसाद उपाध्यायलाई ‘छेउ न टुप्पो’ (लेखसङ्ग्रह), विष्णु ओलीलाई ‘मेरी परी’ (कविता कृति) मा संक्षिप्त विवेचना गरी टिप्पणी लेख लेखेका छन् ।
कवि पवन दाहालको ‘आँसुको दह’ कवितासङ्ग्रहमा सक्षम कविका रुपमा कवितामार्फत् चिनाउन खोजेका छन् । सरोजनी तण्डुकारलाई ‘सङ्गीत मन्थनाञ्जली’ मार्फत् सङ्गीतको रुपरङ्गबारे परिचय गराएका छन् । नयाँ ढङ्गको समीक्षा, पुस्तक परिचय, टिप्पणी राखेर लेखकहरुको परिचय र कृतिहरुको चर्चा गरेर डा. इन्दुल के.सी. ले आफूलाई समीक्षकका रुपमा चिनाउन सफल छन् । यस्तै खालका लेख÷आलेखहरुले लेखकको क्षमता र लेखकीय सामर्थ देखाउने गर्छन् । समग्रमा टिप्पणी नभए पनि, सबै पक्षको समीक्षा नलेखिए पनि, विस्तृत व्याख्यामा कृतिलाई राखेर कृतिगत चर्चा नभए पनि सङ्क्षेपमा नै परिचय गराउन पुस्तकका लेखक इन्दुल के.सी. सफल छन् ।
आठदशक पार गरेर पनि सिर्जनामा मन राखेर सिर्जनालयहरुमा लुरुलुरु पुग्न जानेका, एकसुरले अक्षरमोह राखेर कुदिरहन खोजेका यिनी लेक बेँसी, मैदान, जंगल, तराइमा, कन्दरा र गुफाहरुमा, हिमाल र पहाडहरुमा जागिरे भएर, तीर्थयात्री रहेर, पदयात्री हुन खोजेर देश÷विदेशमा यिनी पुगेका छन् । थुप्रै कर्म गरे यिनले, जागिरे भएर बहिदार हुँदै यिनी हाकिमसम्म पनि भए । योग, ध्यान सिकेर योगी बने । वैकल्पिक उपचार विधिमा डाक्टर भएर सेवा गरे । देश विदेश घुमे । अहिले पनि यिनी सत्तल, पाटीपौवा, मन्दिर, पोखरी–धारा–कुवाको जिर्णोद्धारमा मात्र लागेनन् भजन, सत्सङ्ग, साहित्य अनुरागीहरुसँग काँधमा काँध राखेर सिर्जनामा रमाएर कुदिरहेको देखिन्छ ।
यिनले सबैथोकको अनुभव बटुले । देश–परदेश घुमे । सबै खालका कर्मयोगीहरुसँग सरसङ्गत गरेकैले धेरै दृष्टिले यिनले आफ्नो देश के हुँदैछ, कतातिर भट्किंदै गइरहेको छ, के गर्दा मानवीय जीवनमा मोहकता प्राप्त गर्न सकिन्छ त्यसबारे यिनले आफ्नो दृष्टि लेख–रचना र कवितामा पोखेका छन् । ‘प्रस्तुतिमा विविधता’ कवितामा यिनले लेखेका छन् ः–
कोही आफ्ना वैभव घर बङ्गला निजीघर प्रदर्शनमा
कोही अकूत कालोधन जुटाउन र लुकाउनमा
००
नेताहरु आकर्षक भाषण र गालीगलौजमा
सोझासिधा नेपाली स्रोता र रनभूल्लमा ।
००
लेखक आफ्नो लेख, रचना, किताब प्रकाशनमा
जिज्ञासु पाठक सित्तैमा किताब पाउने खोजमा ।
यस्तै खालका भावधारा पोख्न जानेका, सिर्जना+साधना र अक्षर मोहमा चुर्लुम्म डुबाउन मन गरेका इन्दुल के.सी. आफ्नो भावधारामा, यात्रामा सफलता थपिंदै जाओस् – सिर्जनामा सफलता मिलोस्, प्रगति होस् – शुभकामना भनिरहेछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0