सन्दर्भः “Inspire to Lead”
Lions Clubs International 325 I, Nepal, District Cabinet Officer’s Schooling Program, LY: 2023-024
काभ्रे । लायन्स क्लब्स इन्टरनेशनल ३२५ आइ नेपालको लायन्स वर्ष २०२३–२४ को क्याबिनेट अफिसर्स्हरुको स्कुलिङ कार्यक्रम भव्य र सभ्य रुपमा धुलिखेलमा सम्पन्न भएको छ ।
शुक्रबार, शनिबार र आइतबारसम्म सञ्चालन भएको उक्त स्कुलिङ कार्यक्रममा डिष्ट्रिक आइ का उच्च ओहोदामा रहेका १ सय ६० भन्दा बढि क्याबिनेट अफिसरहरुको सहभागिता रहेको थियो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपालको डिष्ट्रिक्ट क्याबिनेट अफिसर स्कूलिङ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकक्रमका प्रमुख अतिथि एवं IDE लायन बालकृष्ण बुर्लाकोटीले यो मुलुकमा काम नगर्नेहरुले कुरा मात्र गरेर जनशक्ति बर्बाद पारेको तितो यथार्थ व्यक्त गर्नुभएको छ ।
लायन्सले त्यस्ता नकारात्मक प्रवृत्तिका विरुद्ध सक्षम, सबल नेतृत्व उत्पादन गरेर समृद्ध मुलुक बनाउनका लागि लायनवादको इतिहास रच्नुपर्छ । जसको नेतृत्व ३२५ आइले गर्नेछ भन्ने विश्वास उसका गतिविधिहरुले देखाएको खुलासा गर्नुभएको छ । किनकी आजसम्मको यथार्थलाई हेर्दा विश्वमै नम्बर १ डिष्ट्रिक्टको रुपमा आफूलाई दर्ज गर्न सफल ३२५ आइले आगामी यात्रा पनि त्यसैगरी बढाओस् भन्ने कामना व्यक्त गर्दछु भन्दै सकारात्मक यात्राहरुमा स्वभाविक रुपले टिप्पणीहरु आउन सक्छन् तर लायनिजममा विश्वास गर्ने प्रत्येक जनहरुले त्यस किसिमका टिप्पणीलाई आफ्नो मार्ग प्रशस्त गर्ने साधनको रुपमा लिनेछन् र अगाडि बढ्नेछन्, जसले लाइनिजमलाई नेपालको माटो सुहाउँदो उर्वरा भूमिको रुपमा विकास गर्नेछ । त्यसो गर्न सके मात्र लायनवादको यथार्थता परिकृष्ट हुन्छ । विगत नेतृत्वले जसरी लायनवादलाई शिखरमा पु¥याएको छ, त्यो गरिमा घट्न दिने छैन भन्ने विश्वास आजको उपस्थितिबाट आफूले महसुस गरेको लायन बुर्लाकोटीले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
समाज रुपान्तरणको एउटा अभिन्न अंगका रुपमा लायनवाद अगाडि आएको छ । यसलाई संस्थागत गरेर लैजाने दायित्व तपाईं हाम्रो हो । त्यसैले यसका बारेमा टिका–टिप्पणी र आलोचनाहरु आउन सक्छन्, त्यसलाई सामना गर्ने हिम्मत तपाईं लायन लिडरहरुमा छ भनेरै गर्भनरबाट जिम्मेवारी प्रदान भएको छ । आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा आफूले लिएको लायन बुर्लाकोटीले सम्बोधनका क्रममा खुलासा समेत गर्नुभएको छ ।
उक्त स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर लायन सञ्जन खेतानले अफिसरहरु समाजका पथप्रदर्शक हुन् । समाजसेवामा अनुकरणीय भूमिका रहन्छ । अफिसरहरुले समाजसेवाका साथै नागरिकहरुका क्षमता अभिवृद्धिका लागि लगनशील भएर लाग्नुपर्छ, तब मात्र लायन्सको मर्मअनुसार समाजले महसुस गर्न सक्छ । अन्यथा कुनै अर्थ राख्दैन भन्नुभएको छ ।
कार्यक्रममा LCIF Area Leader लायन राजन लम्सालको कथन थियो– नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लायनको उर्वरा भूमि भनेर चिनाउने काम तपाईं लायन लिडरहरुले गरिरहनुभएको छ । त्यसलाई मूर्त रुप दिने दायित्व पनि तपाईंहरुकै हो । के गर्दा नेपालको माटो सुहाउँदो र समृद्ध नेपाल बनाउन सकिन्छ, त्यसतर्फ तपाईं लायन लिडरहरु समर्पित हुनुहुनेछ भन्ने अपेक्षा डिष्ट्रिक्टले राखेको छ । आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व पक्कै पनि लायन लिडरहरुले भुल्नुहुनेछैन । यो स्कूलिङले पनि ति जिम्मेवारीहरुलाई अपनत्व गराउने छ र समाजको आँखाको नानी बनेर तपाईं लिडरहरु समाज रुपान्तरणमा सरिक हुनुहुनेछ भन्ने अपेक्षा सहित अघिल्लो नेतृत्वले उठाएको मुद्धाहरुलाई सफल बनाउन यो नेतृत्व सक्षम रहनेछ र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने निर्देशन र नियमनहरु पालना गर्नेछ । अन्तर्राष्ट्रिय प्रेसिडेन्टले उठाएका लक्ष्यहरु मात्र नभई डिष्ट्रिक्ट प्रेसिडेन्टले उठाएका उद्देश्यहरुको सारथी बनेर अगाडि जानुहुनेछ भन्ने विश्वासका साथ यो स्कूलिङ कार्यक्रमले आज बिट् मार्दैछ । जसबाट एक कुलश नेतृत्व यो समाजले प्राप्त गर्नेछ भन्ने अपेक्षाका साथ स्कूलिङ कार्यक्रमलाई साधनको रुपमा डिष्ट्रिक्टले लिएको छ भन्दै लायन लम्सालको थप कथन थियो– सामाजिक रुपमा समाजमा निम्तिने जुनसुकै चुनौती पूर्ण कुराहरुलाई पनि सहजताका साथ पूरा गर्नेछ भन्ने विश्वास आफूले लिएको लायन लम्सालको कथन छ ।
डिष्ट्रिक्ट गर्भनर ०२३÷२४ का इलेक्टेड गर्भनर लायन चन्द्रकुमार केसीको कथन छ– निरन्तर सेवा कार्य गर्दै शताब्दि पुरा गर्ने संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय हो । सामान्य सांगठनिक संरचना, उद्देश्य, योजना र सदस्यहरूबाट यो सम्भव हुने विषय होइन । यी सबै सफलताका लागि सबैभन्दा ठुलो विषय यसको नेतृत्व क्षमता हो । असल र प्राज्ञ नेतृत्वको सुझबुझपूर्ण कार्य, सिर्जनात्मक सोच क्रियाशीलताले यस संस्थालाई जिवन्त बनाएको छ र सेवाको क्षेत्रमा थप उत्कृष्टता हासिल गर्ने अभियानमा अगाडि बढिरहेको छ ।
नेपालको लायन्स अभियान पनि यसको अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित छ । उतारचढावपूर्ण बिगत र त्यहि बिगतमा प्राप्त गरेका अनुभवबाट हामी सबल र सक्षम संस्थाको रुपमा विकास भइरहेका छौं र अझै धेरै गर्न बाँकी छ । हामीले ४ वटा डिस्ट्रिक्टलाई १५ वटा बनाउन सफल भयौँ जसले हाम्रो लिडरसिप, फेलोसिप, सर्भिस र अपरच्युनिटीका ढोकाहरु खुलेका छन् । अझै भन्नु पर्दा सर्भिसका थप प्रोजेक्टका सम्भावनाहरू बढेर गएका छन् ।
हामी डिस्ट्रिक्ट ३२५ आई नेपालको पहिलो वर्ष सम्पन्न गरी दोश्रो वर्षमा छौं । हाम्रो पहिलो वर्ष एतिहासिक वर्ष भयो भन्ने कुरामा कुनै दुइमत छैन । क्लब बलियो बनाउने विषय होस् या अन्तर्राष्ट्रियबाट प्रोजेक्टहरू पास गरी कार्यान्वयन गराउने होस् या नेतृत्व विकासको मौकाहरू सिर्जना गर्ने हुन् यी यावत कुराहरूमा हामीले सफलता प्राप्त गरेका छौं । कुशल नेतृत्व क्षमताको प्रस्तुति सहित पहिलो वर्ष डिजी राम बसेलज्यूले गर्नुभएको योगदान हाम्रा लागि अविस्मरणीय छ । परीक्षणबाट उत्कृष्टता हासिल गरिसक्नु भएका हाम्रा अभिभावकज्युहरूको अभिभावकत्व हाम्रा लागि कम प्रेरणादायी छैन । लायन्स अभियानको पूर्णतासहितको हाम्रो लिडर्सिप हुँदा हामीलाई हरेक कामका लागि सहयोग हुँदै आएको छ । यी सबै जगमा टेकेर हामी मजबुत बन्ने कुरामा अब हाम्रो थप क्रियाशीलता हुन आवश्यक देखिन्छ ।
असल नेतृत्वदायी गुण बोकेको लायन्स सदस्यबाट हरेक काम सम्भव छ । हामीले लायन्स साथीहरुमा नेतृत्वका गुणहरू विकास गर्न सक्यौं भने मात्र थप उपलब्धिहरू हासिल गर्न सक्दछौं । नतृत्वको कुशल क्षमता बोक्ने लायन्स साथीहरूले मात्र क्लवहरू थप गर्ने, सदस्यता वृद्धि गर्ने, बैठकहरू र कार्यक्रमहरू व्यवस्थित गर्ने, सेवाका क्षेत्रमा उत्कृष्टता दिन सक्ने आदि कामहरु सम्भव छ । लायन्स साथीहरूमा नेतृत्व क्षमता विकास गर्दा हामीले यी क्षेत्रहरूमा सफल नतिजा दिन सक्दछौं । यही बहत्तर कार्य गर्नसक्ने लायन्स सदस्य उत्पादन गर्नका लागि नै “Inspire to Lead“ नेतृत्वका लागि प्रेरित गरौं भन्ने नाराका साथ लायन वर्ष २०२३–२०२४ सम्पन्न गर्दैछौं भन्दै लायन केसी थप्नुहुन्छ– नेतृत्वको लागि आफू तयार हौ र अरुलाई प्रेरित गरौ । नेतृत्वमा हुनुपर्ने गुण बहुआयामिक हुन्छ । एउटा लायन्समा नेतृत्वदायी गुण विकास गर्न यसका सबै क्षेत्रहरूको ज्ञान हुन आवश्यक छ । त्यसको निरन्तर कार्यअभ्यास चाहिन्छ । सुविचारित तरिकाले हरेक कामहरु गर्नु पर्दछ किनकि यो स्वयम्सेवी संस्था हो र यसका सदस्यहरू स्वयम्सेवक हुन् । जुन स्वयम्सेवी भावना हृदयबाट आउनु पर्दछ । यही भावनाको समस्त उपयोग र व्यवहारमा रुपान्तरण गर्नु नै नेतृत्वका लागि प्रेरित गर्नु हो । क्लबहरु निर्माण गर्ने, सदस्यहरू थप्ने र ती सदस्य र क्लबहरूलाई लायन्स अन्तर्राष्ट्रियले तोकेको दायराभित्र रही चलायमान बनाउने, लायन्सका कोषहरूमा योगदान दिने, बैठकहरु नियमित गर्ने विधि पद्धतिमा कहाँ नचुक्ने, सेवाका कामहरूमा सकेको योगदान गर्ने अनि उपलब्ध मौकाहरुलाई भरपुर उपयोग गर्ने आदि गुण लायन्सको असल नेतृत्वमा हुनु पर्दछ । यी सबै कुराहरूमा आफु पोस्त हुँदै योगदान दिने र अरुलाई समेत प्रेरित गर्ने गुणयुक्त लायन सदस्य निर्माणका लागि पहलकदमी लिने लायन्स आजको आवश्यकता हो ।
सुरुमा आफ्नो क्लब र डिस्ट्रिक्टलाई बलियो बनाउने कार्य गर्दै अन्य लायन्स सदस्यलाई समेत यस कार्यका लागि प्रेरित गर्नु नै असल नेतृत्वको भूमिका हुन्छ । त्यसैले माथिका सबै कार्य गर्न सक्ने असल नेतृत्वको लागि आफू तयार हुने र अरुलाई समेत प्रेरणाको स्रोत बन्ने गरी आफुलाई सक्षम बनाउनु पर्दछ । आफुले योगदान नगर्ने तर अरुलाई योगदान दिन अनुरोध गर्नुले मात्र कुशल नेता बन्न सकिँदैन । “भिबम दथ भहबmउभि“ आफू उदाहरणीय नेता बन्दै अरुलाई नेतृत्वका लागि उत्प्रेरित गर्ने गरौं । त्यसैले आफ्नो व्यक्तिगत क्षमता विकासमा मिहेनत गरौं, निर्णयका लागि जोखिम लिऊँ, संस्थाको उद्देश्य, मूल्य र मान्यतामा सुस्पष्ट होऔं, सपना बाँडौं, आवश्यकता पहिचान गरौं, आफुले गरेका हरेक बाचाहरु पुरा गर्न सक्रिय होऔं, निर्णय क्षमताको विकास गरौं, पारदर्शी बनौं अनि आफूले प्राप्त गरेको उपलब्धिबाट अरुलाई पनि प्रेरित गरौं ।
उत्प्रेरित नेतृत्वले आफ्नो क्षमताको विकास गर्दै सम्भावनाका ढोकाहरु खोल्दछ र यसलाई प्रसार गर्दछ । विश्वसनीय कार्यहरु गर्दै जान्छ, आफू रोल मोडल बन्छ र अन्य सदस्यहरूमा अदम्य इच्छाशक्ति जगाई कम्फर्ट जोनबाट बाहिर निकाल्दछ र अन्त्यमा संस्थामा सकारात्मक योगदान पुयाउँदछ भन्ने अभिप्रायका साथ यो स्कूलिङ कार्यक्रम राखिएको हो । यसले कुशल नेतृत्व जन्माउँछ भन्ने अपेक्षा डिष्ट्रिक्टले राखेको स्मरण गराउनुहुँदै गर्भनर लायन केसीको थप अभिव्यक्ति नेता संग मालिक बन्ने सोच हुन्छ दास होइन, नेताले आइडियाको बारेमा बोल्छ घटना र मानिसको बारेमा प्रतिक्रिया दिँदैन÷अरुले घटना र मानिसको बारेमा प्रतिक्रिया दिन्छन्, कमेन्ट गर्छन्, नेताले जहिले पनि अगाडि देख्छ, पछाडी होइन, जसरी लायन ३५ माइल प्रतिघण्टा र मृग ५० माइल प्रतिघण्टा नेताले बिरोध गदैन राम्रो के छ र के गर्न सकिन्छ भन्ने आइडिया लिन्छ, नेताने मिसन के हो ? त्यो जसरी अर्जुनले माछाको आँखा मात्र, “नेता कहिल्यै हार्दैन÷बिस्वासका साथ राम्रा दिनहरु कुरेर बस्छ । अरुले हारेको देख्छन तर नेताले त्यहाँ पनि जित खोजिरहेको हुन्छ । – अबाहम लिन्कन, नेताले सपना देख्छ – जोन एफ कैनेडी । भिमसेनको दिमाखमा धरहरा बनेको थियो सपना त्यही हो, नेतालाई हरेक काम सजिलो नाग अरुले बहाना बनाउँछन् व्यस्त छु भन्छन्, नेताले आफ्नो सफलता र नतिजामा आफ्नो कारण देखा। अन्यले अरुलाई दोष दिन्छन्, अरुको कारण कमजोर र असफल भएको देख। आफू जे छ त्यो आफ्नै कारण हो अरु कसैले गर्दैन । कम्फर्ट जोन खोज्दैन, कम्फर्ट जोन पारित गर्ने इगल थप जिवन जिउन सक्छ । नेताले सोच्छ कि आफू लड्यो भने बचाउन कोहि अरु आउँदैन त्यसैले आफै उठ्नुपर्छ । आफ्नो दिमाखलाई जित्न सके नेता बन्न सकिन्छ, किनकि तपाईंलाई कमजोर बनाउने तपाइकै दिमाख हो ।
तपाईंको आफ्नो सपना तपाईंको हो – कोहि कसैलाई नबताउनुस्, काम गर्दै जाँदा देख्नेछन् किनकी तपाईंको सपना उनीहरुको होइन त्यसैले बाधक बन्न सक्दछन् । नेताले आजलाई फोकस गर्छ र सजिलै ह्यान्डल गर्छ किनकी उसलाई थाहा छ आज सफल हुँदा बाँकि जिन्दगी सफल हुनेछ । नेता एक्लै हुन्छ किनकि मिडको काम पछि लाग्ने मात्र हा बलियो मानिस जहिले एक्लै हुन्छ तर कमजोरहरु मिडको सहारा लिन भिड कै विचमा हुन्छन र त्यही हराउँछन् । नेताले रिस्क लिन्छ । तपाई कसैलाई उत्प्रेरित गर्न सक्नुहुन्छ तर कसैलाई सफल बनाउन सक्नुहुन् न त असफल, नेता अरुको महारा बिना न सक्छ तर अन्यलाई सहारा चाहिन्छ । नेताले कहिल्यै पनि विवाद गर्दैन उसले निकास दिन्छ । नेताको दिमाखले कोहि पनि दुश्मन देख्दैन त्यसैले उसको दुश्मन नै हुँदैनन् । नेताले कसैलाई कमजोर बनाउँदैन र बिगार्दैन र कमजोर बनाउने विषयमा सोच्ने र योजना बनाउने काम पनि गर्दैन तर अन्यलाई माथी चढ्न बाटो भने देखाउँछ । नेताले आफुलाई कुनै सिमामा बाँध्दैन – आकाश गंगा, नेताको डायरीमा डर भन्ने चिज नै हुँदैन कि उसले जिन्दगी बुझेको हुन्छ । नेताले माफिको कुरा पनि गर्दैन किनकी हरेक माफी दिनुपर्ने घटना पनि उसका लागि सिक्ने ठाउँ बन्छन् ।
नेता आमा जस्तै हो जसरि सन्तानको सबै दुःख आमाले बिर्साइदिन्छिन् नेताने अन्यको दुःखहरु मारिदिन्छ । जसले कुशल नेतृत्वको आभाष दिलाउन सक्छ । आजको आवश्यकता भनेकै यस किसिमको भूमिका निर्वाह गर्ने नेतृत्वको खाँचो छ । जसको परिपूर्ति लायनवादबाट हुनेछ भन्ने विश्वास दिलाउनका लागि हामी लायनहरुले उद्देश्यअनुसारका भूमिकाहरुमा समर्पित हुनु नै महत्वपूर्ण जिम्मेवारी भएको गर्भनर लायन केसीको जिकिर छ ।
सम्बोधनकै क्रममा गर्भनर लायन केसी बताउनुहुन्छ– अशक्तलाई आदरपूर्वक सहयोग गर्ने, अभद्र, असभ्य र उत्ताउलो नबन्ने, पानीको धारा खुल्ला नछोड्ने, शौचालय प्रयोग गरेपछि पानी राख्ने, कसैसँग रिसाउनु भन्दा पहिला उ तपाईंसँग रिसाउँदा तपाई के असर गर्छ त्यो सोच्ने नरिसाउने फरक विचार छ भने शिष्ट ढङ्गले राख्ने, नमस्ते, विदा पाउँ, माफ गर्नुहोस्, फेरि भेटौला, जाउँ है जस्ता शब्दको प्रयोग गर्ने, प्रत्येक मान्छेसँग भेट हुँदा वा प्रतिक्रिया दिंदा मुस्कुराएर दिने, निषेध गरिएको ठाउंमा विरोध प्रदर्शन नगर्ने, आफ्नै देशमा उत्पादिन सामान प्रयोग गर्ने, राष्ट्रको सम्पत्तिको माया गर्ने, बचाउने, सरकारी भवन, मठमन्दिर, देवल, गाडी आदीको संरक्षण गर्ने, सामान किन्दा अनिवार्य बिल लिने कर तिर्ने, हाम्रो करले देश चलेको छ ।
जोसुकैको व्यापार, व्यवसाय र कामलाई उच्च सम्मान गर्ने, कसैले गलत काम गरेका छन् भने तुरुन्त प्रहरीलाई खबर गर्ने, अन्य देशलाई राम्रो व्याख्या गरी आफ्नो देशको तुलना नगरौं, आफ्नो देशभित्र रहेका राम्रा कुराहरु र सम्भावनाहरु खोज्ने, आफूले आफूलाई इज्जत गर्ने÷अरुलाई इज्जत गर्ने इज्जत मागेर पाइँदैन, कपड़ा पुरानो भएर केही हुदैन सफा र मिलाएर लगाउने÷ महंगो सामान राम्रो हुन्छ होइन आवश्यकता अनुसार कम खर्चिलो, उपलब्ध सामान प्रयोग गर्ने, जहाँ पायो त्यही नथुक्ने ब्याक्क बुक्क आवाज निकाले खकार सिंगान रुमालको प्रयोग गर्ने, अरुको अगाडी नाक, कान, जिउ कोट्याउने बनाउने नगर्ने, दिनको दुईपटक दाँत माझ्ने मुख गनाउँदैन, हात मुख पटक पटक धुने, कपाल कोने, धोएको मोजा प्रयोग गर्ने, कुरा गर्दा विस्तारै सानो आवाजमा गर्ने थुकका छिटा पर्ने गरी कुरा नगर्ने, सुप, चिया पिउँदा, खाना खाँदा आवाज ननिकाल्ने, मुखमा खाना राखेर नबोल्ने, मनिसहरुको बीचमा टिभी हेर्ने मोवाइल चलाउने नगर्ने, गीत संगित सानो स्वरले बझाउने अर्काको बेडमा नबस्ने, अर्काको कुरा सुनेर मात्र आफू बोल्ने विचमा कुरा नकाट्ने, कसैको फोटो लिनुपर्दा अनुमतिले मात्र लिने वा दोस्रो व्यक्तिलाई प्रभाव पर्ने काम गर्दा अनुमति लिएर मात्र गर्ने, अनावश्यक विजुली बत्ती बल्ने वा आवश्यक चिजहरु खेर गइरहेको छन् भने बन्द गर्ने, फोहोर चिजहरु वा ढुङ्गा वा कुनै वस्तुले बाटो अवरोध वा अरु कुनै असर गरेको छ भने त्यसलाई तुरुन्त व्यवस्थित गर्ने, बस चढ्दा वा हुल आदीमा पालोसँग काम गर्ने, छिमेकीसंग असल सम्बन्ध राख्ने, सवारी साधन जथाभावी पार्कीङ गरेको छ भने हटाउन लगाउने, सार्वजनिक ठाउँहरुमा जथाभावी नलेख्ने, बस गाडीको छतमा यात्रा नगर्ने, बाटोको बीच वा यस्तै अरु ठाउँहरुमा उभिएर लामो समय कुरा नगर्ने, सेवा र सत्कार सबैलाई गर्ने ठग्ने माग्ने काम नगर्ने, सामाजिक सन्जाल तथा यस्तै अन्य सार्वजनिक हुने गरी कुनै पनि ठाउँमा कसैलाई पनि तुच्छ गाली नगर्ने यसले तपाईले बोल्ने कुराले तपाईंको घर परिवार, समाज प्रतिविम्बित हुन्छ त्यसैले व्यवहारले आफ्नो परिवार र समाजको बेइज्जत नगरौं, पैसा छैन भनेर हतोसाहित नहुने, विचार, विवेक र प्रयासले पैसा आउँदछ ।
अभाव र अपुग साधन र स्रोतको शक्ति हो हरेस नखाने, आफ्नो स्वार्थ पुर्ति गर्दा अरुको स्वार्थलाई नकुल्चने, छुच्चोपनले नकरात्मकता जन्माउँछ । त्यसैले विरोध नगर्ने, सुझाव दिने, विरोध गर्नेको प्रतिकार नगर्ने, आफू आफ्नो काम गर्दै जाने । बेतुकको हल्लाको पछि नलाग्ने, अरुले गलत गरेकोले मेरो गल्ती ठीक छ नभन्ने, हल्लाको खेती गर्ने र फुट केलाएर सच्चाई खोज्नेलाई प्रसय दियो भने समाज बस्न योग्य हुँदैन । अर्काको दुखमा सुख नखोज्ने, राम्रो काम गर्नेलाई सम्मान सहयोग र पुरस्कृत गर्ने, बगैचाको फुल नटिप्ने, रुख बोट विरुवा जगेर्ना गर्ने, मुना नचढ्ने, शौचालय प्रयोग गरेपछि पानी राख्ने, आफ्नो वरीपरी रहेको जग्गामा रुख विरुवा, तरकारी आदी लगाउने, प्लाष्टिकको झोला बन्द गर्ने, सिसा, भाँडा आदी नकुहीने वस्तुहरु सुरक्षित ठाउँमा फ्याक्ने राख्ने, हाच्छयूँ आउँदा रुमाल वा हातले छेक्ने, पेटको ग्यांस एक्लै हुँदा फ्याक्ने, आवश्यकता भन्दा बढी खाना नलिने, नफ्याँक्ने, मादक पदार्थ, लागुपदार्थ जस्ता वस्तुहरुलाई आफ्नो प्रमुख शत्रु सोच्ने, आफ्ना गाईबस्तु, कुकुर आदी घरपालुवा जनावरको राम्रो हेरचाह व्यवस्थापन गर्ने, सकिँदैन नपाल्ने, जंगली जनावर, चराचुरुङ्गीलाई माया गर्ने उनीहरुको वासस्थान संरक्षण गर्ने, बासी सडेगलेका खाना नखाने, जंक फुडलाई प्रमुख शत्रुको रुपमा लिने, समयमा खाने, स्थानीय उत्पादन खाने, विदेशी उत्पादनलाई भन्दा स्वदेशमा आफ्नै ठाउँमा भएको उत्पादन खाने, हाम्रो समाजमा पहिलेदेखि प्रयोग हुँदै आएका बानाको परिकारहरु खाने खोले, सोपहुन लागेको छ भने पुन तयार गर्ने, उपचारका लागि स्थानीय जडिबुटी आदी प्रविधिको प्रयोग गर्ने, गहना, सिपिष्टिक जस्ता कुराहरु भद्दा तरिकाले प्रयोग नगर्ने, अरुमा ईष्र्या जलन र लालच नजगाउने, सुरक्षित एवम् भद्र जीवन जिउने, जुनसुकै काम गर्दा बृद्ध, महिला, अशक्त र उपेक्षित समुहलाई पहिलो प्राथमिकता दिने (जस्तैः गाडी चढ्दा महिला हुनुहुन्छ भने गाडीको ढोका खोली महिलालाई सिटमा राखेपछि ढोका बन्द गरी आफू बस्ने, कतै बस्दा कुर्सि तानी महिला बसेपछि मात्र आफू बस्ने), आफ्नो जात, धर्म, भेषभुषाको सम्मान र प्रयोग गर्ने । ती हाम्रा सम्पत्ति हुन त्यसैले सबैले संरक्षण गर्ने, पुराना हराउँदै गएका संस्कृतिहरु बचाउने, प्रचारप्रसार गर्ने, विहान सबेर उठ्ने समयमा सुत्ने, बिहानको खाना बढी खाने साँझ कम र सजिलै पाचन हुने खाना खाने, संसारका महान मान्छेहरु दैनिकी लेख्थे आफू पनि लख्ने, प्रत्येक दिनको कार्यतालिका तयार गर्ने, समिक्षा गर्ने र कार्यान्वयन गर्ने, अनावश्यक समय खेर नफाल्ने, आराम गर्ने पर्याप्त समय राख्ने तर कामलाई पहिलो प्राथमिकता दिने । आफ्नो काम सकियो भनेर आराम नगर्ने, अरुलाई सहयोग गर्ने, अशक्त, वृद्ध महिलालाई पहिलो प्राथमिकता दिने, आफनो सवारि साधनमा सिट खालि छ भने लिफ्ट दिने, खाना चाहिने जति लिने नफ्याँक्ने, आफनो ठाउँ र देशको सकारात्मक प्रचार गर्ने, राम्रो कामहरु खोजेर अरुलाई पनी बाँड्ने जस्ता सकारात्मक अभिव्यक्तिद्वारा स्कूलिङ कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको छ । जसबाट समाज रुपान्तरणको कुशल मार्गनिर्देशक जन्मिन्छ भन्ने विश्वास गर्भनर लायन केसीले लिनुभएको खुलासा समेत गर्नुभएको छ ।
उक्त कार्यक्रमलाई PDG Mr. Marko सोल्भानिया, पूर्व Multiple Counciler Chairperson District M का लायन गिरिधारी शर्मा, Motivational Speaker बिपी रेग्मी, “Inspire to Lead” Motivational Speaker रविन कटुवाल, डिष्ट्रिक्ट गर्भनर लायन राम बसेल, IPMCC लायन मनबहादुर रोक्का, PDG लायन इन्दु लम्साल, First VDGE लायन विनोद ढुंगाना, Second VDGE लायन पार्वती खरेल पाण्डे, लायन भिमबहादुर पौडेल डिष्ट्रिक्ट एम, लायन गोविन्द लेखक, लायन रश्मी अधिकारी भण्डारी, लायन महेश पाण्डे लगायतले लायन लिडरहरुले आ–आफ्नो पदीय दायित्व विविध विषयमा केन्द्रित भएर पदीय जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभएको छ । कार्यक्रमको पूर्वसन्ध्यामा सञ्जीवनी नमूना माध्यमिक विद्यालयका पञ्चकन्या, शिक्षकशिक्षिका र लियो क्लब अफ काठमाडौं इन्द्रेश्वरका लियो भाइबहिनीहरुद्वारा स्कुलिङमा सहभागी लायन लिडरहरुलाई पुष्पगुच्छा तथा पुष्पवृष्टिद्वारा स्वागत गर्नुभएको छ । कार्यक्रम समापन पश्चात गर्भनर इक्लेक्टेड गर्भनर लायन चन्द्रकुमार केसीले काभ्रेको धुलिखेलमा रहेको सञ्जीवनी नमूना माध्यमिक विद्यालयको अवलोकन भ्रमण समेत गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |