Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” को उपाधि खानीखोलालाई

प्रभातफेरी अनलाइन ३८७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १५, सोमबार (२ साल अघि)
“चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” को उपाधि खानीखोलालाई

काभ्रे । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिको आयोजनामा “चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०७९” को उपाधि खानीखोला गाउँपालिका भलिवल क्लवले हात पार्न सफल भएको छ ।
जितसँगसँगै क्लवले नगद रु. ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै ललितपुरको आमन्त्रित क्लब महाङ्काल खेलकुद विकास समितिको भलिवल क्लबले द्वितीय स्थान हासिल गर्दै नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय हुनेमा महाभारत गाउँपालिका टिम र पनौती नगरपालिका टिम रहेका छन् । तृतीय हुने दुवैै टिमले नगद रु. १५ /१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । शुक्रबारदेखि आज (सोमबार) सम्म सञ्चालन भएको प्रतियोगितामा १० टिमको प्रतिस्पर्धा रहेको छ । उत्कृष्ट खेलाडी, बेष्ट डिफेन्स, बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित पुरस्कृत गरिएको छ । प्रतियोगिताका उत्कृष्ट डिफेण्डर महांकाल क्लबका सुदिप सिंतान, उत्कृष्ट ब्लकर खानीखोलाका मनराज आलेमगर, उत्कृष्ट सेटर खानीखोलाका सुवास थोकर, उत्कृष्ट स्पाइकर महांकालका सुनिल विक र प्रतियोगिताका उत्कृष्ट खेलाडी खानीखोलाका सुमन थोकर घोषित हुनुभएको छ ।

प्रतियोगिताको समापन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खेलकुदमा मनोरन्जन मात्र नभई यसले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्ने भएकोले स्थानीय स्तरमा खेलकुदका लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्दै सक्षम र सवल समाज निर्माण गर्न खेल क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको पनि औंल्याउनुभयो ।

“खेलकुद क्षेत्रको विकासले सामाजिक समृद्धिको आधारशिला तयार हुने भएकोले राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको र खेलकुदको माध्यमबाट राष्ट्र विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने क्षेत्रमा राज्य गम्भीर बन्नुपर्ने भन्दै बेथानचोक गाउँपालिकाले खेलकुद विकासको सवद्र्धन, प्रवद्र्धनका लागि खेलकुद पुर्वाधारको विकासमा जोड दिने समेत बताउनु भयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले प्रतियोगिता सम्पन्न पार्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिनुभयो । खेलले सदभाव, सदाचार र सहयोग भाव विकास गर्ने बताउनु भयो । उहाँले बेथानचोकका खेलाडीहरुको मनोवल बढाई खेलप्रति आर्कषित गराउन खेलकुदका लागि लगानी थप्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिना (प्रमोद), वडा नं. १ का अधयक्ष मधुसुधन तिमल्सिना, वडा नं. २ का पुरुषोत्तम तिमल्सिना, वडा नं. ५ का राजकुमार वाईबा, गाउँपालिकाका पूर्व अध्यक्ष गोपालबहादुर तिमल्सिना, ललितपुरको महांकाल गाउँपालिका वडा नं. १ का अध्यक्ष रामप्रसाद घिमिरे, ३ का अध्यक्ष मनोजकुमार पराजुली, बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका पदाधिकारी, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा पार्वती क्याम्पसमा सहायक प्रमुख राजेश तिमल्सिना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सिना, महांकाल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष राजु लामा लगायतको उपस्थिति रहेको कार्यक्रम बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बेथानचोक सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0