Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गह्रौं मृत्युवरण गरेका क. कैले थामी (गहन)

प्रभातफेरी अनलाइन ८१७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
गह्रौं मृत्युवरण गरेका क. कैले थामी (गहन)

“वीरहरुका छातीमा नै रोपिएर संगीन
सपूतहरुका रगतले धर्ती भा’थ्यो रंगीन ।”
आफ्नै डायरीबाट
यो रक्तमुच्छेल पलको कुरा हो । क्रान्तिको दुन्दुभि बजेको बेलाको कुरा हो । युद्धको ग्राफ उच्च बिन्दुमा पुगेको बेलाको कुरा हो । आजको समयमा त्यो कुरा दन्त्यकथा झैं लागे पनि जीवनमा भोगिएका दुःख, पीडाका भयानक शृङ्खलाहरुका कुरा हो । लाल दस्ताहरु समुद्रको ज्वारभाटा उठे झैं उठेको बेलाको कुरा हो । वर्गदुश्मन विरुद्ध तूफान झैं जाईलागेको बेलाको कुरा हो । तूफान झैं जाई लाग्ने क्रममा विशाल पहाड ढले झैं क्रान्तिकारीहरु ढलेको कुरा हो । गोली खाएर शरीर क्षतविक्षत भएको बेलाको कुरा हो । २०५७ साल चैत्र २० गते बिहान ३ः ०० बजे मैनापोखरी मोर्चामा लड्दा लड्दै राईफलको गोलीले करङको बार भत्काउँदै आन्द्रा भुँडी छिचोल्दै पछाडिबाट निस्केपछि केही समय बि एण्ड बि अस्पतालको शैय्यामा निस्लाम निदाएँ । त्यो बेलाको निदाई खुब आनन्ददायिक थियो । कुनै बेलाको मृत्यु अनुभूतिको पलहरु पनि सपना झैं आनन्ददायिक हुँदोरहेछ । अजनबी स्वर्गमा पुगेर फेरि धर्तीमा फिर्ता आईपुगेको अनुभव गर्दागर्दै म अस्पतालको शैय्यामा झसङ्ग भएर ब्यूँझिंएँ । त्यसपछि बाँकी भएको क्रान्तिको अविभारा पूरा गर्न हाम्रो तत्कालीन आधार ईलाका शैलुङ हुँदै म आफ्नै गाउँ लापिलाङ–गुजर्पा आएँ ।
मैले लामो समय अस्पतालमा बिताएँ । तर म अझैसम्म पनि राम्रोसँग हिंड्डूल गर्न सक्ने अवस्थामा थिईंन । कहिले खुट्टा खोच्याउँदै त कहिले लठ्ठी टेक्दै हिंड्थें । म पहिलेको जस्तै तन्दुरुस्त कहिले हुन्छु होला ! भन्ने पनि लाग्थ्यो । मलाई केही समय आरामको जरुरत भएकोले दुश्मनको नजर छल्दै (भाइ, बहिनीलाई सेन्ट्री राख्दै) घरमै आराम गरेर बसिरहेको थिएँ । हाम्रो परिवार त्यतिबेलासम्म सबै क्रान्तिमा होमिईसकेका थियौं । म आएपछि आमा घरमा आउनुभयो । हतार हतार घर मौरीको मह र लोकल कुखुराको अण्डा खोजेर खुवाउनु भयो । (छोरो बाँचेर आएछ भनेर आमा धेरै खुशी हुनुभयो । घाइते भएर पनि उपचारमा जाँदा आमाले नै घरबाट मलाई मरणासन्न अवस्थामा बिदाई गर्नुभएको थियो । मलाई बाँच्छ भनेर कसैले पनि कल्पनासम्म गरेका थिएनन् ।) त्यत्तिकै के बस्नु भनेर ’अग्निदीक्षा’ उपन्यास पढेर बसिरहेको थिएँ । अप्रेसनको दुखाइले त पेलीरकेकै थियो । यत्तिकैमा परबाट हाम्रो घरतिर घुर्मैलो कपडा लगाएको कालो–कालो वर्णको एउटा लक्का जवान (ठिटो) आईरहेको देखें । बुकेनी डाँडातिर घाम डुब्नै लागेको थियो । घामका लामा–लामा खुट्टाहरु पारी भिरखर्क र नामाथालीको डाँडातिर फैलिईरहेका थिए । उर्लने छहरा अँध्यारो अँध्यारो हुन लागेको थियो । दुरुङदुरुङ फोषोरोत ठाती पनि अँध्यारोभित्र हराउन लागेको थियो । गोधूली सन्ध्यासँगै केही क्षणपछि अँध्यारोको साम्राज्य फैलिने निश्चित थियो । त्यो गठिलो, मोटो–मोटो आकृति मेरो नजिकै आईपुग्न लाग्यो । घुर्मैलो सर्ट पाईन्ट लगाएको । पिठ्युँमा झोला भिरेको । झोलामाथि हरियो ब्ल्याङ्केट पट्याएर बाँधेको । हातमा एउटा मोटो–मोटो लठ्ठी बोकेको । हाम्रो गाउँ भन्दा पारी देखिने गौरीशंकर हिमाल झैं मन्द मुस्कान फिंजाएर “यो चुन बहादुर थामीको घर हो दाइ ? भनेर लजालु पारामा सोध्यो । मैले अनकनाउँदै “हो !” भन्ने जवाफ फर्काउँदा नफर्काउँदै फेरि सोधीहाल्यो ः “विकास बुबु (दाइ) को हो ? पहिला हाम्रो गाउँमा गएर भाषण गरेका थिए । उनको भाषण सा¥है मन परेको थियो । उनलाई पनि अति नै भेट्न मन लागेको छ !” भने । मैले पनि हाँस्दै भनें “विकास भन्ने त मै हो नि ! (त्यतिबेला मेरो टाईटल नाम विकास थियो । सिन्धुपाल्चोक बाँडेगाउँको प्रशिक्षणमा जाँदा २०५४ सालमा बुबाले राखीदिनुभएको नाम ।) किन खोज्नुभयो ? के काम थियो ? आउनुहोस् बसौं ।“ भनें । (केही मुद्दा, मामिला पो परेछ कि भन्ने सोचें । प्रायः गाउँमा अन्याय भयो ! थिचोमिचो भयो भने त्यतिबेला जनताले माओवादी खोज्थे । हाम्रो गाउँ एरियामा चुन बहादुर थामी खोज्थे । कसैले थिचोमिचो गरे भने चुन बहादुर थामीलाई भन्छु भन्थे ।) अनि उनी बहुत खुशी हुँदै “आज मेरो भाग्यले साथ दिएछ । खोजेकै मान्छेहरु भेट्टाएँ” भने । त्यति नै बेला आमा पनि घरमा आईपुग्नुभयो । आमाले खाजा बनाईदिनुभयो । हामी खाजा खाँदै भलाकुसारी गर्न लाग्यौं ।
मैले उनी हाम्रो घर खोज्दै आउनुको कारण सोध्दै गएँ । उनले भावुक हुँदै भन्न लागे ः “बुबु मैले मेरो आपासँग सानै उमेरदेखि ढुङ्गा खानीमा काम गरें । ठूलाठूला पहराहरु फूटाएर ढुङ्गा (घर छाउने स्लेट ढुङ्गा) निकालें । गौरीपर्वत मुनि बौलाहा पोखरीको मालिङ्गो ल्याएर डोको, डालो, थुन्से, घुम, भकारी बुनेर बेचें । मेरो बाल्यकाल यसरी नै बित्यो । स्कुल जान पाईंन । पढ्न, लेख्न पाईंन । कतै यसो नोकरी गरौं भने पढेको छैन । जताततै धनीमानी, टाठाबाठाको नै हालीमुहाली छ । १० वर्षको उमेरदेखि अहिलेसम्म पनि यही ढुङ्गाको भारी  तीन चार दिन लाग्ने टाढा टाढा पनि बोकेर पु¥याउँछु । तर हाम्रो जीवनमा कहिल्यै पनि सुख आएन । बाबा आमालाई सुखको अनुभूति दिलाउन सकिएन । हरेक सेवा, सुविधाबाट सँधै नै वन्चित भयौं । हाम्रो त यस्तो हालत भने झन् आउने पुस्ताको हालत के होला ? यसो देशको लागि केही गर्न पाए राम्रो हुन्थ्यो भनेर तपाईसँग सल्लाह माग्न आएको हुँ । यदि क्रान्तिको लागि मलाई योग्य ठान्नुहुन्छ भने मलाई पनि सँगै लिएर जानुहोस् ।” भनेर लठ्ठीले पर्खालको ढुङ्गामा ट्वाक्क हाने । (त्यो लठ्ठी चाहिँ ढुङ्गाको भारी बोक्दा प्रयोग गरिने लठ्ठी थियो । किनकि मैले पनि ढुङ्गाको भारी बोक्दा त्यस्तो लठ्ठी चाहिन्छ भन्ने कुरा थाहा पाएको थिएँ ।) त्यसपछि मैले भनें “क्रान्तिमा सा¥है दुःख पाईन्छ । भोक, तीर्खा, थकाइ भन्न पाईंदैन । दुश्मनसँग भिडन्त भईरहन्छ । मरिन्छ । कल्पना गरे जस्तो सजिलो हुँदैन । धेरै दुःख भयो भनेर बीचैमा भाग्न पनि पाईंदैन । हेर ! मलाई पनि लडाइँमा गोली लागेर लामो समय अस्पताल बसेर बल्लतल्ल अलि अलि हिंड्न सक्ने भएको छु ।” भनें । उनले मेरो कुरालाई गम्भीरतापूर्वक सुने र फेरि  भन्न लागे ः “बुबु ! म जस्तोसुकै दुःख, कष्ट भोग्न पनि तयार छु । एक बारको जिन्दगीमा मर्नै परे पनि हाँसी हाँसी मर्न तयार छु । मैले मरेरै भए पनि इतिहासमा मेरो नाम राख्न चाहन्छु ।” भनेर प्रण गरे । मलाई विश्वास दिलाए । भित्रभित्रै खुशी भए । यसैगरी थुप्रै भलाकुसारी गर्दै हाम्रो ठूलो बुबा अहिमान थामीको घरमा गएर बस्यौं । त्यहाँ बस्नलाई हामीलाई अलि सहज र सुरक्षित महसुस हुन्थ्यो । ढुङ्गाको भारी बोक्दा प्रयोग गर्ने डोरी, नाम्लो हाम्रै घरमा छोडेर पाँच दिनपछि हामी एरिया पार्टी सम्पर्कमा पुग्यौं ।
उनले केही समय गुरिल्ला स्क्वायडमा रहेर काम गरे । सो अवधिमा आधारभूत मार्क्सवादी ज्ञान, क्रान्तिकारी अनुशासन, आधारभूत सैन्य ज्ञान, गुरिल्ला आक्रमण जस्ता युद्धकलाहरु स्क्वायडमै बसेर सिके । त्यसपछि उनीमा थप उत्साह पैदा भयो । जोस, जाँगर पैदा भयो । क्रान्तिकारी स्पिरिट पैदा भयो । क्रान्तिको नियमलाई थप बुझ्दै पनि गए । हाम्रो उत्तरी भेगमा स्थानीय नेतृत्व अभाव भएको हिसाबले उनलाई एरिया पार्टीमै राख्ने कुरा गरें । तर उनी कसैगरी मानेनन् । मुख्य फोर्स (जनमुक्ति सेना) को फर्मेशनमा जान जोड गरे र फर्मेशनमा आबद्ध भए । त्यसपछि उनी पहिलो मोर्चा सोलु सल्लेरी सदरमुकाम हमलामा सहभागी भए । र एसाल्टमा बसेर महत्त्वपूर्ण भूमिका निर्वाह गरे । त्यसपछि रणनीतिक मोर्चाहरु भकुण्डेबेंशी, चैनपुर, भिमान, रुम्जाटार लगायत दर्जनौं मोर्चाहरुमा भाग लिए । ती लडाइँहरु ज्यानको बाजी थापेर कुशलतापूर्वक लडे । यसरी बहादुरीपूर्वक लडाइँ लड्दै जाँदा उनको दाहिने आँखामा छर्रा लागेर एउटा आँखा पनि गुम्यो । तर पनि उनी कहिल्यै पनि हरेस खाएनन् र एकपछि अर्को मोर्चाहरु लड्दै गए । यी आँधीमय दिनहरूमा उनीसँग विरलै मात्र भेट भयो । यसरी लड्दै जाँदा रणनीतिक प्रत्याकमणको योजनासँगै बि. के. अप्रेसन अन्तर्गत २०६१ साल वैशाख २७ गते सिराहा जिल्लाको बन्दीपूरमा तत्कालीन शाही सेनाको क्याम्पमा हमला गर्ने शिलशिलामा बहादुरीपूर्वक लड्दा लड्दै उच्च शहादत प्राप्त गरे । दोलखा जिल्ला विकट थामी गाउँ आलम्पुको एउटा उज्ज्वल तारा अस्ताए ।
क. कैले थामी (गहन) को जन्म २०३४ सालमा साविक आलम्पु गा.वि.स. वडा नं ६ मा बुबा कर्मी थामी र आमा मसली थामीको कोखबाट भएको थियो । सानै उमेरदेखि अभावग्रस्त जिन्दगी बिताएका क. गहनले मुक्ति या मृत्युको कसम खाई मृत्युु नै आफ्नो भागमा रोजे । महान सहिद कैले थामी (क. गहन) प्रति हार्दिक श्रद्धाञ्जली ।।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0