Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

प्रभातफेरी अनलाइन ५९९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
कला–साहित्य अनुरागी नरोत्तमदास श्रेष्ठ

मोहन दुवाल, वरिष्ठ साहित्यकार

२०७१ चैतमा भएको जनमतको वार्षिकोत्सव कार्यक्रममा आफै इच्छाएर बनेपा आइपुगेका चित्रकार तथा कवि नरोत्तमदास श्रेष्ठ जनमतको दिनभरको कार्यक्रममा छोरा बुहारीसँगै रमाइदिँदाको क्षण झलझली सम्झनामा आइरहन्छ । पुल्चोकस्थित उनको घरमा पुगिरहन्थेँ म । म पुग्दा कविता सुनाउने रहर फुकाउने गर्थे । नेपाल र नेपाली दुवै भाषामा उनी कविता सुनाउने गर्दथे । मेरा कविता पनि सुन्ने चाहना राख्दा म कविता सुनाउने गर्थें । आफ्नै धुनमा मस्त यिनी पाँच वर्षको बाल्यकालमा उडिरहेको चङ्गा लेखेवापत आफ्नै पिताबाट स्याबासी र प्रेरणा पाएर कलाकार भएको प्रसङ्ग यिनी सुनाउने गर्थे । पछिल्लो समयसम्म नै यिनले मनको धोको फुकाएर कविता लेखे, चित्र कोरे । कवितासङ्ग्रहको विमोचन गरेर, चित्रकलाको एक व्यक्ति प्रदर्शनी गरेर पनि यिनले आफूलाई सार्वजनिक गरे । अति व्यस्त न्यूरोडको विशालबजारका व्यापारी । यिनी मुद्रा संग्रहकर्ताका रुपमा पनि विख्यात छन् ।


सिर्जनाका मनोरम फाँटहरुमा आफ्ना साहित्य, कलाका हरफहरु पनि चढाएर जीवन्त रहन रुचाउने नरोत्तमदास श्रेष्ठ आफूलाई कहिल्यै पनि सस्तो प्रचारमा रम्न दिएर कवि र चित्रकार हुन रुचाएनन् । प्रचारप्रसारमा आउन संकोच मान्ने तर आफ्नो मनले खाएको साथीमित्रलाई आफूले सिर्जना गरेका चित्र र कविताहरु देखाउन र सुनाउन पाउँदा दङदास पर्ने गर्थे । कलाको क्षेत्रमा काठमाडौं आर्ट ग्यालरी स्थापना गरेर आफ्नो कला मोह राष्ट्रलाई देखाइसकेका यिनले कलाकार तथा साहित्यकारहरुको सम्झनाको लागि नरोत्तमदास–इन्दिरा श्रेष्ठ गुठीको स्थापना गरेका थिए । २०५३ सालमा स्थापित उक्त गुठीले जनमत मासिकको उच्च मूल्यांकन गरी सम्पादन गरेवापत रु. ५०,०००।– नगदसहित प्रदान गरेर मलाई सम्मान गरी मेरो सिर्जनात्मकतामा ऊर्जा थपिदिएको मलाई याद छ । पछि उक्त सम्मानको राशी रु. ७५,००१।– बनाइएको थियो ।
वि.सं. १९७८ जेठ महिनामा काठमाडौंको झोछेँमा पिता भगवानदास र माता जनकमायाको कोखबाट नरोत्तमदास श्रेष्ठको जन्म भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, कलाकार चन्द्रमान मास्के, विद्वान् रामप्रसाद मानन्धरजस्ता हस्तीहरुकै आशीर्वाद प्राप्त गरेका यिनले सत्यमोहन जोशीजस्तै देशका थुप्रै हस्तीहरुसँग कक्षा साथी भएर शिक्षा प्राप्त गरेका हुन् । व्यापारी कुलमा जन्मेका नरोत्तमदास श्रेष्ठले जीवनका धेरै क्षणहरु व्यापार–व्यवसायमा लगाएका छन् तर पनि यिनको सूक्ष्म अध्ययन र ज्ञान चेतनाले गर्दा कला सिर्जना र साहित्य सिर्जनामा आफूले दिन सकिने समय दिएको देखिन्छ । यिनी भौतिक सुखमा मात्र रमाएनन्, त्यसैले त यिनको नाम स्मरण गर्न लायकको छ । यसै सन्दर्भमा यिनले लेखेका छन् –“सम्पन्नता के हो ? के भौतिक रुपले सम्पन्न र वैभवशाली भइसकेपछि मान्छे सबल र सामथ्र्य भयो त ? मान्छेमा वैभवता छ भनेको के हो ? सम्पन्नता र वैभवताको अर्थ पनि हेराइअनुसार फरक फरक हुन्छ । मेरो आफ्नो दृष्टि र परिभाषामा मान्छे सम्पन्नतामा रम्नु भनेको सिर्जनामुखी विचार र चिन्तनमा समाहित हुनु हो । जब मान्छेका मन र आँखाभित्र ढकमक्क सिर्जना झुल्छन्, फुलाउन खोज्छन् र सिर्जनामा रम्न साहस देखाउँछन् तब मान्छे बलियो, सम्पन्न र वैभवशाली हुन्छन् । यही नै मेरो मान्छेमाथिको मूल्याङ्कन रह्यो ।”
वैभवले मात्र पगाल्न नसकेका नरोत्तमदास श्रेष्ठ आफै कवि र कलाकार भएकोले उनी कविताको आत्मासँग खेल्छन् र कला सिर्जनामा आत्मविभोर हुन्छन् । त्यसैले त उनी आफ्नो व्यस्त जीवनलाई पन्छाएर पनि काव्य सिर्जनामा र कला सम्प्रेषणमा डुब्न खोज्छन् । झस्केको आवाज उनको पहिलो प्रकाशित कवितासङ्ग्रहको नाम हो । त्यस्तै मैंयासाहेब उनले कोरेको सर्वश्रेष्ठ चित्र हो । उक्त चित्रलाई मन पराएर एकजना स्वीस टेक्निसियनले रु. १५ लाखसम्म दिँदा पनि उनले आफ्नो सिर्जनालाई बेचेनन् । २०४२ सालमा प्रकाशित झस्केको आवाज कवितासङ्ग्रहमा विभिन्न समयमा लेखिएको उनका ६२ वटा कविताहरु सङ्ग्रहित छन् । उक्त कवितासङ्ग्रहबाट उनको दृष्टि र भावधारा बुझ्न केही कवितांश उद्दृत गरेको छु ः
के गर्नु धनले खोई पापले आर्जेको भए
पाउन्न शान्ति उसले धेरै धनी भएर के ?
आइपरी विघ्न बाधा छटपटिने बेस्करी,
भोग गर्न पाएर मात्र झन्झटमा परी ।
त्यस्तै देशकै सन्दर्भमा पनि कवितामा यसरी अभिव्यक्ति पोखेका छन्ः
आज देश रोएको छ पापीको कुकृत्यले,
भएको छ बद्नामी तस्करीको कुकर्मले
सहन नसकी पीडा भ्रष्टाचार बढ्नाले
पूजा गर्ने देवताको मूर्ति चोरी निकासीले ।
यस्तै–यस्तै भावनाहरुमा यिनका कविता कैद छन् । कवितामा प्रकृति छ, कवितामा देश र जीवन बोल्न खोजेका छन् । त्यसैले भन्न सकिन्छ नरोत्तमदास श्रेष्ठका काव्य अनुभूतिहरु कमजोर छैनन् । जानी नजानी कविता लेख्न पुगेछु भन्दै कवितासङ्ग्रह लिएर जनमानसमा देखापरेका कवि नरोत्तमदास श्रेष्ठको दोस्रो कवितासङ्ग्रह तरङ्गको स्पन्दन प्रकाशित भएको देखिन्छ । यिनै कवि नरोत्तमले जीवनको परिभाषामा शैशवकाललाई निर्मल सौन्दर्य, युवावस्थालाई मनोहर प्रतिबिम्ब, बुढ्यौलीलाई खल्लो स्वाद मानेका छन् । मृत्युलाई यिनी सृष्टिको लाश भन्न मन पराउँछन् । यिनी कवितामा व्यङ्ग्य पोख्न पनि सिपालु छन् ः
बिरालो देखेर
मुसाले भन्यो
दाइ ! तिम्रो दाह्रादेखि मलाई औधी डर लाग्छ
बहिनी ! के भनेको त्यस्तो ?
मेरो पञ्जा हेर न कमलो छ !
नरोत्तमदास श्रेष्ठका चिन्तन र भावधाराहरु नापेर भन्न सकिन्छ – यिनको जीवन्तता भनेको नै यिनीद्वारा लेखिएका कविताका हरफहरु र कलाकृतिहरु हुन् । यिनको श्राद्ध होइन परिवारजनले श्रद्धा गरेर यिनीद्वारा सिर्जित गुठी, अप्रकाशित कविताहरु र चित्रकारितालाई संरक्षित गरिदिनुपर्छ । अनि मात्र नरोत्तमले इच्छाएको दृष्टि र मर्म संरक्षित हुने विश्वास गर्न सकिन्छ । यिनी २०७२ वैशाखमा दिवंगत भएको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0