Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किशोरावस्थाका समस्या र परिवारको दायित्व

प्रभातफेरी अनलाइन ७१६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)
किशोरावस्थाका समस्या र परिवारको दायित्व

डा. लक्ष्मी पाण्डेय

बाल्यावस्था पार गरेर वयष्कतातर्फ पदार्पण गर्दै गरेको सङ्क्रमणकालिन र संबेदनशील ंविशिष्ट उमेर समुुहलाई (१०–१९) किशोरावस्था भनिन्छ । किशोरावस्थामा शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक, बौद्धिक र सामाजिक परिवर्तन हुनुको साथै यौवनारम्भ हुने भएकोले स्वभाविक रुपमा किशोरकिशोरीहरुलाई विभिन्न किसिमका समस्याहरु आई पर्दछन् । शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सास्कृतिक, पेशागत आदिको बारेमा व्यक्तिगत धारणाको विकास तथा चिन्तन मनन गर्न सुुरु गर्ने भएकाले उनीहरुले थप समस्याको सामना गर्नुु पर्दछ ।
किशोरकिशोरीहरुले दैनिक जिवनका क्रियाकलापबाट हासिल गर्ने अनुुभव, अनुुभूुति, ज्ञान, सीप, आत्मबल आदिले उनीहरुको भविष्यको बाटो तय गरिरहेको हुुन्छ । किशोरकिशोरीहरुलाई कस्ता कस्ता चुुनौती र समस्याहरु आउन सक्दछन् ? ति समस्याहरुको समाधान कसरी गर्ने ? कसको सहयोग लिने आदिको बारेमा समयमै जानकारी भएमा उनीहरुले यस्ता समस्याहरुसंग सजिलै मुुकाविला गर्न सक्दछन् । आफ्ना आइपरेका चुुनौती र समस्याहरुलाई जसले दृढतापूर्वक मुुकाविला गरेर अगाडि बढ्ने हिम्मत गर्छ उ नै जिवनमा सफल हुन्छ । किशोरावस्थामा के कस्ता समस्याहरु आइपर्दछन् भनेर सर्वप्रथम किशोरकिशोरीहरु स्वयंले जान्नुु पर्दछ र समस्याहरुलाई समाधान गर्न उचित व्यक्तिको सहयोग र सल्लाह लिनुु पर्दछ । सही मार्गनिर्देशन र साथ पाएमा जस्तै कठिन परिस्थितीसंग लड्न पनि सजिलो हुुन्छ । किशोरकिशोरीहरुको समुुहलाई पर्न सक्ने मुख्य मुख्य समस्याहरुको बारेमा किशोरकिशोरीहरु, सरोकारवाला व्यक्ति तथा सस्थाहरुलाई जानकारी दिने उद्देश्यले मुुख्य मुुख्य समस्याहरुलाई यस लेखमा प्रस्तुुत गरिएको छ ।
किशोरावस्थामा शारीरिक विकास जसरी तिव्र गतीमा भएको हुुन्छ यसले विभिन्न समस्याहरु पनि उत्तिकै ल्याउछ जसमा प्रजनन स्वास्थ्य सम्बन्धमा न्युन जानकारी, अमान्य तथा असुरक्षित यौन सम्र्पक बाट आईपर्ने समस्याहरुमा अनिच्छित गर्भाधारण र यसबाट उत्पन्न (अबैध शिशुुको जन्म अथवा गर्भपतनबाट आउने खतरा), एच.आई.भी. एड्स, तथा यौन रोगको सिकार हुुने संभावना मुुख्य हुुन् । दैनिक बढी रहेको यौन दुव्र्यवहारले पनि किशोरकिशोरीहरुमा शारीरिक र मानसिक चोट पुु¥याएको छ । त्यसै गरेर किशोरीहरुलाई महिनावारीको समयमा आइपर्ने समस्याले पढाईमा समेत असर पार्दछ । किशोरकिशोरीहरु आफ्नो शारीरिक सौन्दर्यता जस्तै उचाई, तौल, ज्यादा मोटो या ज्यादै दुुब्लो आदि बारेमा चिन्तित हुुन्छन् । यसका अतिरिक्त डण्डिफोर, छाला तथा हर्मनको समस्याले पनि उत्तिकै सताउछ । कम उमेरमा विवाह गरे पश्चात आईपर्ने समस्या किशोरकिशोरीहरुलाई मात्र नभएर देशकै लागि चुुनौति बन्दै गएको छ । असन्तुुलित खानेकुुरा खाने बानीले पनि किशोरकिशोरीहरुले शारीरिक समस्या झेल्नुु पर्दछ ।
कल्पनामा हावा महल बनाउने तथा भावनामा बग्ने किशोरकिशोरीहरुको प्रमुुख विशेषता हो भनिन्छ त्यसैले उनीहरुलाई मनोवैज्ञानिक समस्याको अनुुभूति अझ बढी हुुन्छ । मनमा कुरा खेलाउने वा अनावश्यक कुराहरु सोचि रहने, कल्पनामा डुुब्ने, आफ्नो महत्व र खुवि नचिन्ने वा ज्यादा महत्वाकाक्षि बन्ने, आफ्नो पहिचान नभएको बोध तथा आत्म विश्वासको कमी महशुुस गर्ने, छिटो रिसाउने, झगडा गर्ने वा मुुख लाग्ने, सानो कुुराले खुुसी अथवा दुुःखी हुुने, भनेको नमान्ने, एकोहोरेपन, जिद्धि, बोल्दै नबोल्ने वा अति बढी बोल्ने, अरुले मनका कुरा नबुझिदिदा एक्लोपन तथा निराश हुने, प्रेम आकर्षण वा बिछोडबाट उत्पन्न हुुने तमाम समस्याहरु मनोबैज्ञानिक समस्याहरु हुुन् । किशोरावस्था स्वभावैले तनावपूर्ण अवस्था हो र भावनात्मक समस्याको समाधान सावधानीपूर्वक नगरिएको खण्डमा यसले दुुरगामी प्रभाव पार्दछ । किशोरकिशोरीहरुको समुुहमा बढेको आत्महत्याका घटनाहरु यसकै परिणाम हुुन् । त्यसैले खासगरी परिवारले किशोरकिशोरीहरुको भावनामा चोटलाग्ने काम वा कुुरा गर्नुु हुुदैन ।
परिवारले आफ्ना भावना नबुुझिदिने, जायज आवश्यकताहरु पुरा नगरिदिने, उचित मार्गदर्शन गर्न नसक्ने वा आफ्नो निर्णय लाद्न खोज्ने, स्वतन्त्र हुन नदिने, पारिवारीक कामको बोझले पढाईमा बाधा र कामको जस नपाउने वा कहिल्यै गरेको कामको प्रशंसा नगरिदिने, अनावश्यक सफ गर्ने, गल्ति गरेको हो होइन नबुझि गाली गर्ने, गल्ति भएमा पनि कसरी भयो भनेर नसोध्ने वा स्पष्टिकरण दिन नपाईने, आफुु भन्दा ठूलाले गलत भनेको भए पनि भनेको मान्नै पर्ने र गलत कुरा हो भन्न नपाईने जसरी पनि अरु भन्दा राम्रो हुन पर्ने दवाव (पढाइमा राम्रो हुन पर्ने, बढि प्रतिशत ल्याउन पर्ने, उदाहरणिय बन्न पर्ने), आदि किशोरकिशोरीहरुले उठाएका परिवारीक समस्याहरु हुुन् भने परिवरको सही सल्लाह वा मार्गनिर्देशनलाई महत्व नदिदा, परिवारबाट टाढिन खोज्दा वा दुरी बढ्दा, परिवारबाट एक्लिएको, माया नपाएको, पिट्ने, गाली गर्ने आदि अवस्थाबाट पनि किशोरकिशोरीहरुले समस्या भोगी रहेका छन् । त्यसैगरेर राम्रो काम गरे पनि वा नराम्रो गर्दा पनि बढि कुरा काट्ने, समाजका खराव मानिसबाट शोषित र दुरुपयोग हुने, राम्रो र असल साथी छान्न नसक्ने, साथीहरुको दवावले कुुलतमा लाग्न सकिने, समाजका विसंगती, कुरीति र भेदभावबाट पिडीत हुुने, आफ्ना सामाजिक परंपरा र सस्कृति र बाह्य सस्कृति बिच कसलाई अपनाउने वा मान्ने भन्ने द्धन्दको अवस्था (जस्तैः नया“ वर्ष, क्रिस्मस, भेलिन्टाइन डे आदि) जस्ता विषयहरु किशोरकिशोरीहरुले महशुुस गरेका सामाजिक समस्याहरु हुुन् । बर्तमानमा किशोरकिशोरीहरुलाई सबै भन्दा बढी समस्या पर्ने अर्को शैक्षिक क्षेत्र हो जसमा कुन विषय÷शंकाय छान्ने भन्नेमा अन्यौल, आफुलाई मननपरेको विषय पढ्दा उत्पन्न समस्या, कक्षमा पढाएको नबुुझ्ने तर सोध्ने कोही नहुुने, शिक्षकले कक्षामा पक्षपातपूूर्ण व्यवहार गर्दा हुुने मानसिक तनाव, विद्यालयमा भौतिक सुुविधाको अभाव, समयमा पुुरा किताव प्राप्त नहुुने र कोर्ष नसकिने, परिक्षा प्रणली र उत्तरपुुस्तिका जाच्ने तरिका, पढाईमा कमजोर तर बढी प्रतिशत ल्याउन पर्ने दवाव, आफुुले भनेको ठा“उमा पढ्न नपाउनुु, ग्रामिण किोरकिशोरीहरुलाई पढाईलाई निरन्तरता दिन नपाउने वा पढ्न छाड्न बाध्य हुुने, स्कुल वा कलेजबाट निश्कासित हुुन परेमा, शिक्षक वा शिक्षिकाहरुसंगको व्यवहार र सम्वन्धवाट आउने आदि किशोरकिशोरीहरुले भोगेका शैक्षिक समस्याहरु हुुन् ।
उमेर अनुसार आफ्नो बानी व्यवहारमा आउने वा आउन पर्ने परिवर्तनलाई आत्मसात गर्न नसक्दा आइपर्ने समस्या बानी व्यबहारसंग सम्बन्धित समस्याहरु हुुन् । किशोरकिशोरीहरु सधै आफ्नो बानी व्यवहार अरुले मन नपराएको मा चिन्तित हुुन्छन् । तर कस्तो बानी व्यवहार गर्ने र आफ्नो व्यवहारमा कसरी परिवर्तन गर्नुु पर्छ भनेर कसैले बुुझाएर नभनिदिने हुुुदा समस्या आउछ । स्वभावैले किशोरकिशोरीहरु पारिवारीक तथा सामाजिक नियम तोड्नमा माहिर हुुन्छन् । चुुरोट, खैनी, मादक तथा लागुु पदार्थ सेवन गर्ने बानी सिक्दछन्, कतिले उद्दण्ड व्यवहार गरेर स्कुुल कलेजबाट निस्कासित हुुन्छन् । गलत व्यवहार गर्दा परिवारमा झगडाको बिउ रोपिन्छ । अर्कोतिर अरुले आफुप्रति गरेको व्यवहार तथा आफुुभन्दा ठूलाबडाले गरेको काम वा व्यवहार किशोरकिशोरीहरुलाई मन प्रदैन तर यसको प्रतिकार गर्न नसक्दा तनावमा हुुन्छन् ।
उच्च प्राविधिक र बैज्ञानिक विकासले विश्वले गर्व गरिहेको बेलामा माथि उल्लेख गरिएका समस्याको समाधान गर्दै किशोरकिशोरीहरुले आफुुलाई कसरी तयार पार्ने र विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने सामथ्र्यवान कसरी बनाउने भन्ने कुुरा सबैका लागि ठूूलो चुुनौती हो । समयको माग अनुुसार आफुुलाई बदल्न सक्ने, नया“ प्रविधिको प्रयोग गर्न सक्ने शीप र योग्यताले निपुुर्ण र जस्तोसुुकै परिस्थितिमा पनि हरेश नखाएर अगाडि बढ्न सक्ने किशोरकिशोरीहरुमात्र अहिलेको जमानामा सफल बन्न सक्दछ । परिवार, समाज, राष्ट्र र विश्वसामुु आफ्नो पहिचान बनाएर हिम्मतका साथ अगाडि बढाउन किशोरकिशोरीहरुलाई सर्वप्रथम आफ्नो घरमा सौहाद्रपुुर्ण र उत्साह दिने खालको बातावरण हुुन जरुरी छ । परिवारमा समझदारी भएमा उनीहरुलाई पहिचान बनाउने प्रेरणा मिल्दछ । परिवारको साथ, हौशला वा सहानुुभुुतीको आवश्यकता किशोरकिशोरीहरुलाई हरेक पाईलामा पर्दछ । पारिवारिक बाताबरणले उनीहरुको तनाव घटाउने या बढाउने काम गर्दछ । जुुन किशोर वा किशोरीको परिवारमा राम्रो सम्बन्ध छ, स्कुुल वा कलेजमा राम्ररी पढेका छन्, समाजले उनीहरुको व्यवहार र कामको कदर गर्दछ त्यस्ता किशोरकिशोरीहरु गलत संगत, काम वा व्यवहार गर्ने संभावना न्युुन हुुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0