Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

प्रभातफेरी अनलाइन ६१५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

मोहन दुवाल, वरिष्ठ साहित्यकार
केशरलाल श्रेष्ठले स्कुल, कलेज कतै पढेनन् । तर कलेज, युनिर्भसिटी उत्तीर्ण गरेका बौद्धिकहरुभन्दा कमजोर देखिंंदैनन् । लोकसाहित्यका एकजना चर्चित लेखक केशरलाल श्रेष्ठले लोकसाहित्यमार्फत् नेपाललाई संसारमा चिनाउने कार्य गरे । यिनले लेखेका लोकथाहरु थुप्रै भाषामा प्रकाशित छन् । अङ्ग्रेजी भाषाका ज्ञाता÷मास्टर जगत्सुन्दर मल्लसँग अङ्ग्रेजी सिकेका यिनका पिता जगत्लालबाट घरमा नै यिनले अङ्ग्रेजी पढे । ७ वर्षको छँदा नै अङ्ग्रेजी पढेका यिनले च्यथब िच्भबमभच पढे र यिनले अंग्रेजीमा दख्खल राखे । नेवारहरुको मन अभिव्यक्ति पोख्न सिपालु अनुवादक । यिनका जर्मन, फ्रेन्च, जापानी र अङ्ग्रेजी भाषामा थुप्रै लोकथाहरु प्रकाशित छन् ।
बुढेसकालमा पनि केही गरिरहन रुचाउने र गरर गएका यिनी आफूले गरेको सिर्जनात्मक कार्यहरुबाट कहिले असन्तुष्टि पोखेनन् । वि.सं. १९८२ मा केलटोल, काठमाडौंमा जन्मेका यिनी सल्लाघारीमार्ग, काठमाडौं–२७ मा बसोबास गर्दागर्दै पचासी वर्षको छँदा मृत्युवरण गरे । पिता जगत्लाल श्रेष्ठ र माता बालकुमारीका छोरा केशरलाल श्रेष्ठले जीवनका क्षणहरु जीवनसँगिनी सुभद्रासँग मन साटासाट गरेर बिताए, उनको देहान्तपछि भाउजूले पनि अवसान रोजिन् । आफ्नै बुबाबाट ज्ञान, शिक्षा पाएका यिनले नेपालको धेरै भू–भाग घुमे । लोकसाहित्यमा विशेष ज्ञाता रहेका यिनले लोकसाहित्यका साथ–साथै अनुवादकका रुपमा पनि ख्याति प्राप्त गरे । धेरै लेखकहरुका कृतिहरु यिनले अङ्ग्रेजीमा अनुवाद गरे । यिनको इच्छा र आकाङ्क्षा थियो –“हाम्रो लोकसाहित्य अरुले थाहा पाओस् भन्ने चाहनाले अनुवादक बनेको हुँ । लोकसाहित्यमा मेरो रुचि रह्यो त्यसैले यसैको खोजीमा लागें । धेरै ठाउँमा घुमें । त्यहाँबाट पनि सामग्री बटुलें । पहिले पहिले वर्षको दुइपल्ट उपत्यका बाहिर घुम्न जान्छु । यसरी मैले ज्ञान बटुलें ।”
मान्छे भएर जन्मिन पाएकोमा मात्र गौरव गर्ने होइन मान्छे हुने प्रयास पनि हुनुपर्छ उनी भन्ने गर्छन् । मान्छेको जीवन पाएपछि खेर पठाउनु हुँदैन । आफूसक्दो देश, जनता र समाजको सेवा गर्नुपर्छ । यिनी नेपालभाषाका मास्टरसाहेब जगत्सुन्दर मल्लबाट विशेष प्रभावित छन् । असल मान्छे मन पराउने यिनी ठूला मान्छेसँग त्रसित छन् । बेइमानहरु मन नराउने यिनी देश, जनता र समाजका लागि इमान्दार हुन रुचाउँछन् । प्रकृतिसँग विशेष मोहित हुन रुचाउने यिनी नेपालको ‘सिलुतीर्थ’ हेर्न पाउँदा खुसी हुन्छन् । उनलाई मन परेको ठाउँ पनि ‘सिलुतीर्थ’ रह्यो । यिनका मन परेका महापुरुषहरुमा वी.पी. कोइराला र अब्राहम लिङ्कन हुन् । यिनी कहिलेकाहीँ आवेगमा आउँथे र खुसी हुँदा आफै रुने स्वभाव देखाउँथे । लेखनबाट नै आफूलाई चिनाएका यिनी लेखनबाट कहिल्यै पनि थाकेनन् ।
नेपालका राजनीतिज्ञहरुको भाषण सुन्न मन नपराउने यिनी वी.पी. कोइराला गृहमन्त्री छँदा ९ महिना उनीसँग उनकै कार्यालयमा सहयोगी भई काम गरे । त्यसैगरी मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा दुईपटक नै यिनी सहयोगीका रुपमा कार्य गरे । ग्क् ब्क्ष्म् र अमेरिकन राजदूतावासमा यिनले ३० वर्ष नोकरी गरे । नेपालका धेरै भाग घुमेर त्यस ठाउँको वर्णन गरेर ल्भउब ियाा तजभ दभबतभल उबतज पुस्तक लेखे । जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भ्रमणका कुराहरु यिनले उल्लेख गरेका छन् । यतिबारे अंग्रेजीमा लेखिएको ीयचभ बलम ीभनभलम या तजभ थ्भतष् पुस्तकले यिनको उचाइमा अझ उचाई थपिदियो । अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तक तथ्यमा आधारित पनि छन् ।
कविता अनुवाद गर्दा–गर्दै कवि बनेका यिनी कवि बुद्ध साय्मिबाट र उनका कविताबाट विशेष प्रभावित छन् । बुद्ध साय्मिका कविताहरु यिनले नेपालभाषाबाट अङ्ग्रेजीमा अनुवाद गरे । आफ्नो जङ्को हुँदा आफूबारे थुपै्रले लेखेका लेखसङ्ग्रहको पुस्तक सन् २००४ मा उपहार दिंदा उनको हर्षको सीमा रहेन् । प्भकबचबि िस् ब् ज्यmबनभ या तजभ यअअबकष्यल या जष्क द्यगचबब व्बलपय पुस्तकमा अमेरिकी, फ्रेन्च, जापानी र नेपालीहरुले उनीबारे लेखिएका लेखहरु सङ्ग्रहित छन । “तेजरत्नजीले सम्पादन गरेको उक्त पुस्तक पाउँदा मेरो लागि जीवनको सुखद्क्षणको अनुभूति भयो”– उनी भन्छन् ।
यिनका अङ्ग्रेजी भाषाका कवितासङ्ग्रहहरु ऋयmउभितभ एयझक या प्भकबचबि,ि च्भाभिअतष्यल, ब् तचभभ तय ऋजभचष्कज र त्जभ न्यम या अयmउबककष्यल प्रकाशित छन् । यसैगरी ीभनभलम या प्बतजmबलमग ख्बििभथ पुस्तक यिनले लेखे । अमेरिकाबाट प्रकाशित ब् कगचचभलमभच तय तजभ mबल पुस्तकमा पनि यिनका कविता प्रकाशित छन् । २१ वटा नेपालका लोककथाहरु ीयचभ बलम ीभनभलम या ल्भउब िपुस्तकमा सङ्ग्रहित छन् । यिनले लक्ष्मण राजवंशीका ४९ वटा कथाहरु अंग्रेजीमा अनुवाद गरेर पुस्तकका रुपमा प्रकाशित गराएका छन् । कविकेशरी चित्तधर हृदयको जिगु जातः पुस्तकबारे यिनले अंग्रेजीमा त्जभ षिभ बलम तष्mभक या प्बखष्प्भकजबचष् लेखे । थुप्रै पुस्तकहरुको यिनले अनुवाद गरे । जसमा चर्चित केही पुस्तकहरु यसरी छन् १) चित्तघर हृदयको मिंमन पौ, २) जनकलाल वैद्यको ८० दिन युरोपमा, ३) वी.पी. कोइरालाको दोषी चस्मा, ४) दार्जीलिङ्–कालिङपोङका छोटा कथाहरु पनि यिनले अंग्रेजीमा अनुवाद गरे ।
थुप्रै लेख–रचना, पुस्तकका नपत्याउँदा लेखक । पढिरहन र लेखिरहन रुचाउने एकजना सर्जक । भोगेरै धेरै सिकेका र जानेका लेखक । अङ्ग्रेजीभाषाका उत्कृष्ट ज्ञाता । चर्चित अनुवादक । तीन दर्जनभन्दा पुस्तकका लेखक । कविता, कथा, लोककथा, संस्कृतिका अनगिन्ती लेख रचनाहरु अनुवाद गरेर संसारमा नेपाल र नेपालीको पहिचान देखाउन सफल लेखक । लोकसाहित्यमा यिनले पु¥याइदिएको योगदान उल्लेखयोग्य छन् । १८ वर्षको छँदा कथा लेखेर आफूलाई साहित्यिक क्षेत्रमा देखाउन रुचाउने यिनले सर्वप्रथम १८ वर्षकै छँदा भारतबाट प्रकाशित हुने ‘पुष्पा’मा कथा प्रकाशित गराएको देखिन्छ ।
केशरदाई भन्ने गर्दथे – थ्यग जबखभ तय यिखभ षिभ दयतज थयगच यधल षिभ बलम या तजयकभ बचयगलम थयग। जीवन मन परेकै कारणले यिनी जीवनसँग कहिल्यै थाकेनन् । सानोबाट नै ठूलो बन्ने हो यिनको सिद्धान्त रह्यो । नपत्याउँदो ढङ्गले यिनले नेपाली र नेपाललाई चिनाउने कार्यमा अनगिन्ती कार्य गरे । सिर्जनामा विश्वास राख्ने यिनी थुपै्र सिर्जनाहरुमार्फत् नेपाललाई सांस्कृतिक रुपमा विश्वमा प्रचारित गरे । यिनले अशोक पालका नामबाट पनि लेख–रचना प्रकाशित गरेको देखिन्छ । प्राचीन लोककथाहरुलाई अङ्ग्रेजीमा अनुवाद गरेर लोकसाहित्यलाई चिनाउन तल्लीन यिनी भावनामा भन्दा वस्तुतथ्यमा आधारित लेख–रचनाहरु लेख्न मन पराउँछन् ।
यात्रामा हिंड्न पाउँदा रमाउने यिनको स्वभावले देशका धेरैजसो भागहरुमा यिनी पुगे । घुमघाममा जाँदा तस्वीर खिँच्न रुचाउने व्यक्ति भएकै कारणले जहाँ जाँदा पनि यिनी क्यामेरा आफूसँग बोकेर जान्थे । अलग खालको पहिचान बोकेर देखापरेका केशरलाल नेपालका एकजना अनौठो खालका प्रतिबिम्ब हुन् । विद्यालय, कलेज कतै नपुगेर आफ्नै बुबासँग अङ्ग्रेजीभाषा सिकेर सिर्जनात्मक जीवन–पथमा लागेका यिनी अङ्ग्रेजीभाषाका सर्वश्रेष्ठ अनुवादक बनेर, लोकसाहित्यका एकजना उत्कृष्ट लेखक भएर, संसारका थुपै्र ठाउँमा नेपालको लोकसंस्कृति र लोकसाहित्य पु¥याएर, कवितामा मानवीय संवेदना व्यक्त गरेर काठमाडौंको एउटा घरमा जीवनसँगिनीसँग तलमाथि गर्दै, जीवन गुजार्र्दै र जीवनलाई क्यानभासमा राखेर कवितामा जीवन खोजेर गए ।
नेपाली साहित्य र लोक साहित्यलाई विश्वमा चिनाएर, विश्वका साहित्य र लोकसाहित्यलाई नेपाली पाठकहरुमाझ पु¥याएर गौरवशाली सिर्जनाका हरफहरु कोरेर विशिष्ट योगदान पु¥याएर गएका केशरलालहरुजस्ता आदरणीय व्यक्तित्वहरु यहाँ उल्लेख गर्ने चलन नभएकोले केशरलालको अवसान पनि बेखवर बन्यो । २०६९ पुष ११ गते यिनी दिवंगत भए र सरकारी निकाय पनि मौन रह्यो । यो यहाँको विशेषता हो — केशरलालहरुले सहिदिनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0