Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

परीक्षालाई मर्यादित बनाउने दायित्व अभिभावक, शिक्षक, विद्यार्थी र सुरक्षाकर्मीको समेत होः प्रजिअ शर्मा

प्रभातफेरी अनलाइन ६४२ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)
परीक्षालाई मर्यादित बनाउने दायित्व अभिभावक, शिक्षक, विद्यार्थी र सुरक्षाकर्मीको समेत होः प्रजिअ शर्मा

नाग्रेगगर्चे । यतिबेला मुलुक एसईईको परीक्षामा होमिएको छ । त्यही विषयसँग हातेमालो गर्दै जिल्लाका विकट बस्तीहरुमा परीक्षा सञ्चालन देखि सुरक्षा अवस्थाका बारेमा अवलोकन गर्ने दौरानमा प्रकाश मावि भुम्लुमा पुग्नुभएका काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परीक्षालाई मर्यादित बनाउने दायित्व सुरक्षा निकायको मात्रै नभई शिक्षक, अभिभावक, विद्यार्थी र समाजको पनि उतिकै दायित्व रहने बताउनुभएको छ ।
समग्र जिल्लाको सुरक्षा वस्तुस्थितिका बारेमा समेत अनुगमनले भूमिका निर्वाह गर्ने उद्देश्यसहित सेवा प्रवाहमा कस्तो किसिमको दायित्व निर्वाह भइरहेको छ, जिल्लामा कसरी एसईईको परीक्षा चलिरहेको छ र शान्ति सुरक्षाको सवालमा अनवरत रुपमा खटिएका सुरक्षा निकायले जिल्लाको कुनाकन्दरामा कस्तो सेवा प्रवाह दिइरहेका छन् ? यावत् जनसरोकारका विषयहरुसँग जनप्रतिनिधि, स्थानीय जनता र सुरक्षाकर्मीसँग संवाद सहित परीक्षा केन्द्र रहेका विभिन्न विद्यालयका साथै भुम्लु र चौंरीदेउराली गाउँपालिकाभित्र सुरक्षा निकायहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रजिअ शर्माले आफ्नो बलबुताले भ्याएसम्म जिल्लावासीलाई सरल र सुलभ ढंगबाट सेवा प्रवाह गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ ।
वडा कार्यालयदेखि प्रहरीचौकी, गाउँपालिका कार्यालयसम्मको दूरीका बारेमा स्थलगत अनुगमन पश्चात् स्थानीय जनप्रतिनिधि र जनताहरुको माग बमोजिम अस्थायी प्रहरीविट्को माग अलि बढी आएकोमा सुरक्षा निकायको बैठक बसी ति मागहरु सम्बोधन गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । समग्र जिल्लाको वस्तुस्थिति, सुरक्षाको अवस्था र हाल सञ्चालन भइरहेको परीक्षाको अवस्था बारेमा प्रजिअ शर्माले सेवाग्राही सँगै भावनाहरु साटासाट गर्नुभएको छ । अधिकांश स्थानीयहरुको गुनासो नागरिकतामै ठोकिएको छ भने दोस्रोमा शान्ति, सुरक्षाका बारेमा जनताहरुको गुनासाहरु स्थलगत अवलोकनका क्रममा आएका थिए ।
जिल्लाका कुनाकन्दराका नागरिकहरुले कहिलेसम्म सहज रुपमा सेवा पाउलान्, आफैंमा अन्यौलता छाएको अवलोकनका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधनमा प्रजिअ शर्माले खुलासा समेत गर्नुभएको छ । स्थानीय सुरक्षा निकायलाई निर्देशन दिँदै नागरिकको पहरेदारको रुपमा आफ्नो भूमिका निर्वाह गरेर शान्ति, सुरक्षामा अब्बल कायम राख्नुहुनेछ । जसबाट समग्र राष्ट्रसेवक कर्मचारीहरुको शीर उच्च रहनेछ । यहाँ कोहि पराई छैनन्, सबै जिल्लावासीले पाउनुपर्ने नैसर्गिक अधिकार सुनिश्चित गर्नु नै सुरक्षा निकायको दायित्व भएको हुँदा सोही अनुसार आफ्नो जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
राम्रो पठनपाठन हुने उच्च शिक्षा प्रदान गर्ने कलेजहरू पनि नेपालमा नभएका होइनन् तर नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागि भन्दा पनि आफ्नो भविष्य र रोजगारका लागि विदेशिने गरेका छन् । यस सवाललाई राज्यको नीति स्पष्ट आउनुपर्ने हुन्छ । त्यसले मात्रै अहिलेको यो समस्याग्रस्त शैक्षिक वातावरणको सम्बोधन गर्नसक्छ । विश्वविद्यालयहरू पढ्ने–पढाउने संस्था मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थाका रूपमा विकसित हुनुपर्ने आवश्यक छ । विश्वविद्यालयहरु आफैं आत्मनिर्भर हुन सक्नुपर्ने वातवारण नभएसम्म गुणस्तरीय शिक्षाको रटान, रटानमै सीमित हुने प्रजिअ शर्माको राय छ ।
काभ्रे जिल्लामा एसईई परीक्षा सौहार्दपूर्ण ढङ्गबाट सञ्चालन भएको छ । १ सय ४७ सामुदायिक विद्यालय र ७० वटा संस्थागत विद्यालयबाट ५ हजार ९ सय ६१ विद्यार्थीहरुले एसईई परीक्षा दिइरहेका छन् ।
गत १५ गतेबाट सञ्चालन भएको एसईई परीक्षा २३ गते शुक्रबारसम्म सञ्चालन हुनेछ भने प्राविधिक धारको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा एसईई सञ्चालनका लागि ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ । अहिलेसम्म परीक्षा समितिले दिएको जानकारी अनुसार सबै परीक्षा केन्द्रहरुमा मर्यादित ढंगबाट एसईई परीक्षा सञ्चालन भइरहेको जनाएको छ । यसले पनि काभ्रेमा एसईई परीक्षाहरु कति मर्यादित छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसका पछाडि तमाम अभिभावक, शिक्षक, विद्यार्थी, समुदाय र सुरक्षा निकायको अनुकरणीय योगदान रहेको आफूले महसुस गरेको बताउनुहुन्छ प्रजिअ शर्मा ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विज्ञप्ति अनुसार परीक्षामा सम्मेलित कुल विद्यार्थी संख्यामध्ये ३५ हजारले एसईई परीक्षामा उपस्थिति जनाएका छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कक्षा १० मा परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् । उहाँले प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थित भएको जानकारी गराउनुभएको छ । उहाँका अनुसार यसरी अनुपस्थित हुनेम अधिकांश छात्र छन् । अनुपस्थितमध्ये फाराम भरेर पनि अनुपस्थित भएकामध्ये केहीले बिचैमा पढाइ छाडेको देखिन्छ तर प्रवेशपत्र लिएर पनि अनुपस्थित हुनुका कारण भने यकिन नभएको बताउनुभएको छ ।
रोजगारी, श्रम बजारमा गएका कारण पनि यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । सो परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४ सय ४१ वटा निर्धारण गरिएको छ । यो पटक नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र समेत तोकिएको छ । यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गरिँदै आएको थियो
यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने नीति अख्तियार गरेको छ भने दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने राष्ट्रि परीक्षा बोर्डले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0