Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रणका लागि सचेतना आजको आवश्यकता होः प्रजिअ शर्मा

प्रभातफेरी अनलाइन ८७२ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २८, बुधबार (१ साल अघि)
लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रणका लागि सचेतना आजको आवश्यकता होः प्रजिअ शर्मा

धुलिखेल । समग्र राष्ट्रको लागु औषधको तथ्यांकबारे लेखाजोखा गर्ने हो भने अन्य निकायको दाँजोमा काभ्रे जिल्लाको अवस्था खतराको संकेतभित्रै रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रण सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको तथ्यांकप्रति लक्षित गर्दै सरोकारवाला पक्षले सचेतनासंगै नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने बताउनुहुँदै काभ्रेमा यस्ता घटनामा पक्राउ पर्नेको संख्या र बरामद परिणाम अन्य निकायहरुको दाँजोमा कम नै देखिएको छ, अब सबै सरोकारवालासंग समन्वय गरेर सचेतनासँगै नियन्त्रण अभियान चलाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । यस्ता घटनाहरुका बारेमा जनस्तर, परिवार र जिम्मेवार निकायबाट समयमै सूचना पाइयो भने यो समस्या नियन्त्रण गर्न सकिने बताउनुभएको छ । यसका लागि पीडित परिवारलाई सचेत गराउने जिल्लास्थित सुरक्षा निकाय र प्रशासनले योजना बनाएको छ । यसलाई सबै तह र तप्काको सहयोग मिल्ने अपेक्षासहित पत्रकार सम्मेलनमा जुटेको समेत प्रजिअ शर्माले खुलासा गर्नुभएको छ ।
समस्याको निराकरणका लागि महत्वपूर्ण भूमिकामा रहेका विद्यार्थी र युवा भएको हुँदा उहाँहरुप्रति जिम्मेवार पक्षले कुलतमा पर्न सक्ने सम्भावनाका बारेमा सूक्ष्म रुपले अध्ययन, अनुसन्धान र निगरानी गरेर सम्बन्धित सुरक्षा निकाय र सरोकारवाला पक्षलाई खबरदारी गरिदियो भने काभ्रे जिल्लामा यो समस्या अझै न्यूनिकरण भएर जानेछ । त्यसका लागि घरपरिवार, शिक्षकसहित सबैलाई जनचेतनाको आवश्यकताको खाँचो रहेको प्रजिअ शर्माले बताउनुभएको छ । सरोकारवाला सुरक्षा निकायले यस किसिमका घटनाहरुलाई गम्भीरतापूर्वक लिएको छ । आगामी दिनमा सर्वपक्षीय रुपमा समस्याको पहिचान गरी निराकरणका लागि बृहत् योजना सहित सम्भावित स्थानहरुमा अनुसन्धानका लागि जानुपर्ने हुनसक्छ । त्यसका लागि जिम्मेवार पक्षहरुले आ–आफ्नो स्थानबाट दायित्व बहन गर्ने हो भने काभ्रेको हकमा लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रण काबुभित्रै रहने बताउनुभएको छ ।


जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले लागु औषधको लत हटाउनको लागि युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको छ । सम्बोधनकै क्रममा औषधी व्यवसायीहरुले जति नै पारदर्शिताका कुरा गरेपनि व्यवहारतः उहाँहरु प्रष्ट हुनुहुन्न । जसको प्रतिदर्शी प्रमाणका रुपमा आफू नै भएको खुलासा गर्नुभएको छ । औषधी पसल सञ्चालन गर्ने व्यवसायीहरुले लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रणका लागि जिम्मेवार हुने हो भने आज काभ्रे जिल्लामा देखिएको तथ्यांक अझै न्यून हुनसक्ने आधारहरु छन् । त्यसका लागि पहिलो कदम भनेको पसलहरुको अनुगमन नै भएको औंल्याएका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का अनुसार, आर्थिक बर्ष २०७९÷ ८० मा ७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०८०÷ ८१ मा १३ मुद्दा दर्ता भएको बताउनुहुँदै वर्षेनी घटनामा जोडिएका अभियुक्तहरु बढेपनि मुद्दा, पक्राउ पर्नेको संख्या र बरामद परिणाम नगन्य नै छ । लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका गर्नको लागि सूचना महत्वपूर्ण साधन हुने भएकोले परिवार वा समुदाय नै सचेत नभएसम्म प्रहरीको एक्लो प्रयासबाट मात्रै नियन्त्रण सम्भव छैन भन्न पछि पर्नु भएन एसपी खड्का ।
जिल्लाभरिको पछिल्लो तथ्यांक सार्वजनिक गर्दै एसपी खड्का– १८ देखि २५ उमेर समूहका १२ पुरुष, २६ देखि ३५ उमेर समूहका १५ पुरुष, ३६ देखि ४५ उमेरसमूहका २ पुरुष र ४६ देखि ५९ उमेर समूहका २ पुरुष र १ महिलालाई लागु औषध सेवन तथा ओसार पसारमा मुद्दा चलाइएको बताउनुभएको छ ।
प्रहरीले हालसम्म ओसारपसारका क्रममा ३ सय २५ किलो ६९० ग्राम गाँजा र ३८ ग्राम खेरो हेरोइन बरामद गरेको छ भने सेवनका क्रममा डाइजिपाम ४ एम्पुल, नोफिन ३ एम्पुल, फेनारगन २ एम्पुल, निट्राभेट ५ सय १० ट्यावलेट, कोरेक्स ३ बोतल र गाँजा ३ किलो ५१० ग्राम बरामद गरेको छ । एसपी खड्काले काभ्रेमा पनि लागु औषध र लागु पदार्थका उत्पादन हुने भएपनि त्यसको तुलनामा काभ्रेलाई ट्रान्जिट बनाउने बढी पाइएको बताउनुभएको छ । उहाँका अनुसार चालू आर्थिक बर्षमा २० हजार गाँजाका बोट फँडानी गरिएको छ भने विभिन्न स्थानमा २० पटक गरेर ५ सय ८३ जनालाई सचेतना कार्यक्रम चलाइएको जानकारी गराउनुहुँदै नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ को तथ्याकं अनुसार, नेपालमा १ लाख ३० हजार ४ सय २४ लागु औषध प्रयोगकर्ता छन् । ती मध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलव ७ प्रतिशत महिला छन् । बार्षिक ५ दशमलव ०६ प्रतिशतले बृद्धि भइरहेको पनि सर्वेक्षणले देखाएको एसपी खड्का बताउनुहुन्छ ।


पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांक अनुसार, औसतमा १९ बर्ष भन्दा कम उमेरमा नै पहिलो पटक लागु औषध, लागु पदार्थ सेवन गर्न शुरु गरिसकेका हुन्छन् । सुरुवाती प्रयोगकर्ता मध्ये ८० दशमलव ४ प्रतिशतले गाँजा, ९ दशमलव ४ प्रतिशतले डाइजिपाम र ९ दशमलव २ प्रतिशतले अफिम प्रयोग गरेको पाइएको थियो । प्रयोगकर्ता मध्ये बेरोजगारी ३९ दशमलव ७ प्रतिशत, ज्याला मजदुरी १५ दशमलव ९ प्रतिशत र व्यापारी १५ दशमलव ६ प्रतिशत छन् । प्रयोगकर्तामध्ये २० देखि २४ बर्ष उमेर समूहका ३४ दशमलव ३ प्रतिशत र २५ देखि २९ बर्ष उमेर समूहका ३५ दशमलव २ प्रतिशत छन् । ६७ दशमलव ७ प्रतिशतले साथी, संगतबाट प्राप्त गर्ने बताइएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले विद्यालय छोडेका र माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।
अस्पताल र औषधी व्यवसायीहरुले नियन्त्रित औषधीहरु अभिलेख राखेर चिकित्सकको सल्लाहमा नै विक्री वितरण गर्ने गरेको व्यवसायीहरुको दाबी थियो । काभ्रे औषधी व्यवसायी संघ काभ्रेका महासचिव गोकूल धितालले अभिलेख राखेर मात्रै विरामीलाई औषधी दिने गरेकोले व्यवसायीले बदमासी नगरेको तर्क गर्दै नियमित अनुमगनको आवश्यकता औंल्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधीमा लागु औषध सेवन तथा ओसारपसारका १५ मुद्दा दर्ता भएका छन् । सेवनका ८ र ओसारपसारका ७ मुद्दामा ३२ जना संलग्न छन् ।
लागू औषधको प्रयोग, ओसारपसार, रोकथाम र नियन्त्रण पनि विशेषतः दुई किसिमबाट हेरिन्छ । जहाँ कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थका रुपमा कानूनमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0