Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्जला एकादशीमा के गर्नु पर्दछ ?

प्रभातफेरी अनलाइन ६६७ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३, आईतबार (१ साल अघि)
निर्जला एकादशीमा के गर्नु पर्दछ ?

मिति २०८१ साल असार ३ गते सोमबार जेष्ठशुक्ल निर्जला एकादशी तिथि ४ गते ब्रम्हमुहुर्त ४ / ४५ बजेसम्म र त्यस उप्रान्त द्वादशी तिथि भएको हुनाले ३ गते स्मार्तहरूले लिने एकादशी व्रत हो र ४ गते वैष्णवहरूले लिने एकादशी व्रत हो र यो दिन तुलसीको दलराख्ने भएकोले युधिष्ठिरले भन्नुभयो हे : जनार्दन !ज्येष्ठ मासको शुक्लपक्षमा जुन एकादशी पर्दछ, कृपया त्यसको वर्णन गर्नुहोस।भगवान श्रीकृष्णद्वारा आज्ञा भयो: राजन् !यसको वर्णन परम धर्मात्मा सत्यवतीनन्दन व्यासले गर्नुहुनेछ, किनभने वहा सम्पूर्ण शास्त्रका तत्वज्ञ र वेदवेदांगका पारंगत विद्वान हुनुहुन्छ। अनि वेदव्यास भन्न थाल्नुभयो: यस एकादशीमा भोजनादि निषेध गरिएको छ।द्वादशीका दिन स्नान आदिबाट पवित्र भएर फूलले भगवान केशवको पूजा गर्नुपर्छ।अनि नित्य कर्म समाप्त भए पश्चात् पहिले ब्राह्मणहरूलाई भोजनादि प्रदान गरी अन्तमा स्वयंले भोजन गर्नुपर्छ।राजन्।जननाशौच वा मरणाशौच परे पनि यस एकादशीका दिन भोजन गर्नु हुदैन।यो सुनेर भीमसेनले भने : परम बुद्धिमान पितामह !मेरो उत्तम कुरो सुन्नुहोस। राजा युधिष्ठिर, माता कुन्ती, द्रौपदी, अर्जुन, नकुल र सहदेव सबैले कुनै पनि एकादशीका दिन कहिल्यै पनि भोजनादि गर्नुहुन्न तथा मसित जहिल्यै भन्नु हुन्छ : ‘भीमसेन !तिमी एकादशीका दिन निराहार बस्ने गर…’ तर म वहाहरूसित भन्ने गर्छु कि मेरो भोक सहने बानी छैन।भीमसेनका कुरा सुनेर व्यासले भन्नुभयो : यदि तिम्रो अभीष्ट स्वर्गलोकको प्राप्ति छ र नरकलाई दूषित ठान्छौ भने सबै एकादशीका दिन भोजनादि नगर्नु।भीमसेनले फेरि भने : महाबुद्धिमान पितामह !म तपाईसामु सत्य कुरा राख्दछु।त्यस दिन एकपटक मात्र भोजन गर्दा पनि मबाट व्रतको पालना हुन सक्दैन, पुनः उपवास गरेर त म कसरी बाच्न सकुला र? मेरो उदरमा वृक नामक अग्नि सदा प्रज्वलित रहने गर्दछ, अत: जब म असाध्यै धेरै खाने गर्दछु, अनि मात्र त्यो आगो शान्तहुने गर्दछ।त्यसैले हे महामुने !मैले वर्षभरिमा केवल एउटा मात्र उपवास गर्ने कुनै उपाय छ भने बताउनु होस ?जसबाट स्वर्गप्राप्ति सुलभ होस तथा जुन व्रतको पालना गर्नाले म कल्याणको भागी पनि हुन सकौ, यस्तो कुनै एउटा व्रत निश्चय गरेर भन्नुहवस।म त्यस व्रतको यथोचित रूपले पालन गर्ने प्रयास गर्नेछु।व्यासले भन्नुभयो : भीम !ज्येष्ठ महिनामा सूर्य वृष राशिमा होस वा मिथुन राशिमा, शुक्लपक्षमा जुन एकादशी हुन्छ, त्यसलाई यत्नपूर्वक निर्जल व्रत गर।केवल कुल्ला वा आचमन गर्न मात्र मुखमा पानी लगाऊ, त्यसबाहेक कुनै प्रकारले विद्वान पुरुषले मुखमा पानी पार्नुहुन्न, अन्यथा व्रत भंग हुनपुग्दछ।एकादशीको सूर्योदयदेखि अर्को दिनको सूर्योदयसम्म मनुष्यले जलको त्याग गर्नुपर्छ अनि मात्र यो व्रत पूर्ण हुनपुग्छ।तदनन्तर द्वादशीका दिन प्रभातकालमा स्नान गरेर ब्राह्मणहरूलाई विधिपूर्वक जल र सुवर्ण दान गर्नुपर्छ। यसरी सबै कार्य पूरा गरेर जितेन्द्रिय पुरुषले ब्राह्मणका साथमा भोजनादि गर्नुपर्छ।वर्षभरिमा जतिपनि एकादशीहरू हुन्छन, ती सबैको फल निर्जला एकादशीको पालनाबाट मनुष्यले प्राप्त गर्न सक्छ, यसमा सन्देह गर्ने स्थान छैन।शङ्ख, चक्र र गदा धारण गर्नुहुने भगवान केशवले मसित भन्नुभएको थियो कि : ‘यदि मानव सबै कुरो छोडेर एकमात्र मेरो शरणमा आउछ र यस निर्जला एकादशीको निराहार भई व्रत गर्दछ भने त्यो सबै पापबाट मुक्त हुन्छ।’एकादशी व्रत गर्ने पुरुषका छेउमा विशालकाय, विकराल आकृति र कालो रंग भएका दण्ड पाशधारी भयंकर यमदूत आउँदैनन।अन्त्यकालमा पीताम्बरधारी, सौम्यस्वभाव भएका, हातमा सुदर्शन धारण गर्ने र मनसमान वेगशाली विष्णुदूत आखिरीमा त्यस्तो एकादशीको व्रत गर्ने वैष्णव पुरुषलाई भगवान विष्णुका धाममा लिएर जान्छन्।त्यसैले हे वत्स निर्जलाएकादशीको व्रत पूर्ण यत्न गरी उपवास र श्रीहरिको पूजन गरेर लिनु पर्दछ।स्त्री होस वा पुरुष, यदि उसले मेरु पर्वतसमान महान पाप गरेको छ भने पनि त्यो सबै यस एकादशी व्रतको प्रभावबाट भस्म हुन जान्छ।जो मनुष्यले त्यस दिन जलको नियमलाई पालन गर्दछ, त्यो पुण्यको भागी हुन्छ।त्यसलाई एकएक प्रहरमा कोटिकोटि स्वर्णमुद्रा दान गरेको फल प्राप्त हुन्छ भन्ने मान्यता छ।मनुष्यले निर्जला एकादशीका दिन स्नान, दान, जप, होम आदि जे जस्तो कर्म गर्दछ, त्यो संपूर्ण अक्षय हुन पुग्छ यो कथन भगवान श्री कृष्णको हो।निर्जला एकादशीको विधिपूर्वक उत्तम रीतिबाट उपवास गरी मानवले वैष्णवपद प्राप्त गर्दछ।जो मनुष्य एकादशीका दिन अन्न खाने गर्दछ, त्यसले पापयुक्त भोजन गरेको मानिन्छ।यस लोकमा त्यो चाण्डालका समान हो र मरे पछि पनि ऊ दुर्गतिलाई प्राप्त गर्दछ।जसले ज्येष्ठको शुक्लपक्षको उपवास गरेर दान गर्दछ, त्यसले परमपद प्राप्त गर्दछ। जजसले एकादशीको उपवास गर्दछन, ती हत्यारा, रक्स्याहा, चोर तथा गुरूद्रोही भए पनि सबै पातकबाट मुक्त हुन पुग्छन।हे कुन्तीनन्दन ! ‘निर्जला एकादशी’का दिन श्रद्धालु स्त्री तथा पुरुषहरूले जुन विशेष दान र कर्त्तव्य पूरा गर्नुपर्दछ त्यो सुन, त्यस दिन जलाशायी भगवान विष्णुको पूजन र जलमयी धेनु (गौ) दान गर्नु पर्दछ अथवा प्रत्यक्ष धेनु वा घृतमयी धेनुको दान गर्नु उचित हुन्छ।पर्याप्त दक्षिणा र किसिम किसिमका मिष्ठान्नद्वारा यत्नपूर्वक ब्राह्मणहरूलाई सन्तुष्ट तुल्याउनु पर्दछ।यसो गर्नाले ब्राह्मण पक्का पनि संतुष्ट हुन्छन् र ती संतुष्ट भए पछि भगवान श्रीहरिले मोक्ष प्रदान गर्नुहुन्छ।जुन भक्तले शम, दम र दानमा प्रवृत भई श्रीहरिको पूजा र रात्रिको समयमा जागरण गर्दै यस ‘निर्जला एकादशी’को व्रत गरेको छ, उसले आफूसँगै बितेका सय पुस्ताका र आगामी सय पुस्ताका व्यक्तिहरूलाई भगवान वासुदेवको परमधाममा पुर्याउँछ।निर्जला एकादशीका दिन अन्न, वस्त्र, गौ, जल, शैय्या, सुन्दर आसन, कमण्डलु तथा छाता दान गर्नुपर्दछ।जसले श्रेष्ठ तथा सुपात्र ब्राह्मणलाई जूता दान गर्दछ, ऊ सुनको विमानमा बसेर स्वर्गलोकमा पुग्दछ र प्रतिष्ठित हुन्छ।जसले यस एकादशीको महिमालाई भक्तिपूर्वक सुन्दछ अथवा त्यसको वर्णन गर्दछ, त्यो स्वर्गलोकमा पुग्छ।चतुर्दशीयुक्त अमावस्याका दिन सूर्यग्रहणका समयमा श्राद्ध गरी मनुष्यले जुन फल प्राप्त गर्दछ, त्यही फल यस कथालाई श्रवण गर्नाले प्राप्त हुन्छ।पहिले दन्तधावन गरेर यो प्रतिज्ञा गर्नुपर्दछ कि : ‘म भगवान केशवको प्रसन्नताका निम्ति आजको एकादशीका दिन निराहार रहेर आचमनबाहेक अन्य जलको सेवन गर्ने छैन।द्वादशीका दिन देवेश्वर भगवान विष्णुको पूजा गर्नुपर्दछ। गन्ध, धूप, पुष्प र सुन्दर वस्त्रद्वारा विधिपूर्वक पूजन गरी जलयुक्त घडादानको संकल्प गर्दै निम्नांकित मन्त्रको उच्चारण गर्नुपर्दछ : देवदेव हृषीकेशं संसारार्णवतारक।उदकुम्भप्रदानेन नय मां परमां गतिम्।‘संसारसागरबाट तार्ने हे देवदेव हृषीकेश !यस जलको घडा दान गर्नाले हजुरले मलाई परम गति प्राप्ति गराउनुहोस्।’ व्यास भन्नुहुन्छ, हे भीमसेन !ज्येष्ठमासमा शुक्लपक्षको जुन शुभ एकादशी हुन्छ, त्यसको निर्जल व्रत गर्नुपर्दछ।त्यस दिन श्रेष्ठ ब्राह्मणहरूलाई शख्खरसित जलको घडादान गर्नुपर्दछ।यसो गर्नाले मनुष्यले भगवान विष्णुका समीपमा पुगेर आनन्दको अनुभव गर्दछ। तत्पश्चात् द्वादशीका दिन ब्राह्मणभोजन गराए पछि स्वयं आफूले पनि भोजन गर्नुपर्छ।जसले यसरी पूर्ण रूपले यस पापनाशिनी एकादशीको व्रत गर्छ, ऊ सबै पापबाट मुक्त भई आनंदमय पद प्राप्त गर्न सफल हुन्छ।यो सुनेर भीमसेनले पनि यस शुभ एकादशीको व्रत आरम्भ गरे।तबदेखि यस लोकमा ‘पाण्डव द्वादशी’को नामबाट यस एकादशीको भोलिपल्टको नाम प्रख्यात भयो।त्यसैले यो एकादशीको व्रत विधिलेगर्दा भिमशेन समेत मुक्ति हुनुभयो भने हामीहरुले पनि यो व्रत अवश्य विधिविधानले गर्दा मोक्ष मिल्दछ।
पं-बालमुकुन्द देबकोटा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0