Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुरुङ जातिको एक चिनारी

प्रभातफेरी अनलाइन ११८५ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार (१ साल अघि)
गुरुङ जातिको एक चिनारी

१. परिचय
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहँदै आएको छ । यस अनुरूप यस देशमा बसोबास गर्ने विभिन्न जातजातिहरूमध्ये गुरुङ पनि एक प्रमुख जात हो । गुरुङ जाति नेपालका आदिवासीहरूमध्ये पनि एक हुन् । अन्नपूर्ण हिमालको श्रृङ्खलाको दक्षिणीक्षेत्र मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, कास्की, स्याङ्जा आदि जिल्लाका पहाडी भेकहरूमा यिनीहरूको घना बस्ती रहेको पाइन्छ । प्राचीन कालमा गुरुङहरू गण्डक क्षेत्रमा कसरी आइ पुगे भन्ने कुरामा बहुसंख्यक विद्वानहरू मंगोलियाबाट चीन –तिब्बत हुँदै नेपालको मुनाङ, कास्की, लमजुङ, गोरखा, स्याङजा र तनहुँमा बसोबास गरेको भन्ने विश्वास गर्छन । केही विद्वानहरू भने गण्डक क्षेत्रमा आउनुभन्दा अघि मंगोलयाबाट चिन तिब्बत भई पहिला भारतमा बसोबास गरी कालान्तरमा गण्डक क्षेत्रमा प्रवेश गरेको बताउँछन । गुरुङहरूको वंशावलीमा भने उनीहरू कन्नौजबाट आएका आर्य हुन भनेका छन । लेखक जनकलाल शर्माले गुरुङहरू “हुण” जातिका हुन् भन्ने तर्क प्रस्तुत गरेका छन । कुनै पनि शब्दको अर्थ हुन्छ । यसरी अर्थ दिने शब्दको व्युत्पत्ति कसरी भयो होला भन्ने हामी सबैको मनमा जिज्ञासा हुन्छ नै । यहाँ मैले तमु तथा गुरुङ शब्दको उत्पत्ति कसरी भयो भन्ने बारेमा छोटो चर्चा गर्नेछु ।तमु तथा गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन् । तमू शब्द दुई अक्षरले बनेको छ । यस शब्दमा प्रयोग भएको ‘तमू’ अक्षरमा ‘त’ को अर्थ वज्र, माथि, घोडा र वञ्चरो जनाउँछ । ‘मू’ को आकाश हो । त्यसैले तमूको अर्थ आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस हुन् भनी विद्वान्हरू लेख्छन् । त्यस्तै गुरुङ शब्द तिब्बती भाषाको ‘ग्रोङ’ शब्दबाट बनेको हो भन्ने भनाइ पनि छ । जसको अर्थ खेतला वा कृषक हुन्छ । तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको हो भन्ने भनाइ पनि छ । घोरङको अर्थ ‘पाल’ हो भन्ने अर्को भनाइ छ । गुरुअङ्गबाट गुरुङ भएको हो भन्ने पनि कथन छ भने चीनको स्वशासित क्षेत्र तिब्बतको ज्यारोङबाट आएका हुनाले गुरुङ भएको तर्क पनि कतिपय विद्वान्हरूले अगाडि सारेका छन् । डा. हर्क गुरुङको भनाइ अनुसार गुरुङ शब्दको उत्पत्ति तमू शब्दको ‘कुक्रोहा’ कु (नौ) क्रोहों (मुखिया) अर्थात् नौ मुखियाको अपभ्रंश भएर गुरुङ भएको हो ।
२. गुरुङ जातिको वंशावली
विभिन्न जातजातिमा जस्तै ठूलो जात त सानो जातको भेद भए जस्तै गुरुङहरुमा पनि चार जाते (ठूलो जात) र सोह्र जाते (सानो जात) भन्ने प्रचलन पाइन्छ । चार जाते भित्र घले, घोताने, लामा र लामिछाने पर्छन । सोह्र जातेभित्र पग्यु, डोर, केप्चै, कोचै, ध्यावृङ्ग, दोचै, प्रचै, थिचै, योचै, खलाल, भयचै, कोके, कुपचै, नानन्चौ, लेगै, र रुपचै पर्छन । यसरी चार जाते र सोह्र जाते छुट्याउनुको पनि गहिरो इतिहास रहेको छ ।
३. गुरुङ जातिको भाषा र लिपि
राष्ट्रिय जनगणना २०७८ अनुसार गुरुङ जातिको जनसंख्या ५ लाख ४३ हजार ७९० पाइएको छ । यो जनसंख्या विगत १० वर्षमा १ दशमलब ६८ प्रतिशतले बढेको देखिन्छ । पुरुष २ लाख ५४ हजार २६७ रहेको छ भने महिला २ लाख ८९ हजार ५२३ रहेको छ । प्रादेशिक दृष्टिकोणले हेर्दा सबैभन्दा बढी जनसंख्या गण्डकी प्रदेशमा बढी रहेको छ । क्रममा बाग्मती, कोसी, लुम्बिनी र सुदुर पश्चिममा कम जनसंख्या रहेको छ । गुरुङहरूको आफ्नै बोलिको भाषा रहेको छ । गुरुङ÷तमु भाषालाई तुमू क्यूई भन्दछन । गुरुङ भाषालाई भोट बर्मेली र खमेर परिवारको भाषा भन्ने गरिन्छ । यिनीहरूको खेमाप्ही लिपि छ र यो लेख्न सकिने भाषा भनिन्छ तर सबै गुरुङले यो लिपिलाई मानेको छेनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गुरुङ भाषा बोल्नेहरूको संख्या करिब ३ लाख २८ हजार ७४ रहेको छ ।
४. गुरुङ जातिको धर्म
तमु जातिको प्राचीन धर्म संस्कार प्राकृतिक बोन संस्कार नै हो । तमु समाजमा प्राकृतिक बोन संस्कारअन्तर्गत धामी, झाँक्री, पैँडी, पच्यु, ध्यावृ, बोन लामाहरूको महत्वपूर्ण भूमिका हुन्छ ।भेगिलिक परिवेश अनुसार बसोबास गर्ने तमुहरूले मान्ने धर्म पनि फरक खालको देखिन्छ । मनाङ निस्याङ्पाहरूले बौद्ध, पहाडमा बसोबास गर्नेहरूले प्रकृति पूजा र समथरमा बस्ने गुरुङहरूले बाहुन मान्छन ।
५. गुरुङ जातिको संस्कार
१. जन्म संस्कार
शिशु जन्मेको तेस्रो दिन वा नौ दिनभित्रमा पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ । अर्थात् शिशुको नाम राखिन्छ । शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ । बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ । बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ भन्ने पनि जनश्रुतुमा सुन्दै आएको छ ।
२. विवाह संस्कार
मामाचेला र फुपू चेलाबीच विवाह गर्ने चलन रहेपनि हाल आएर यस्तो चलन क्रमश हटाउँदै लगेको छ । प्रेम विवाह, चोरी विवाह, मागी विवाह गर्ने चलन रहेको छ । भागी विवाह गरेमा अभिभावकको समझदारीमा तिथी मिति तोकी औपचारिक विवाह गरिदिने चलन छ ।
३. मृत्यु संस्कार
तमु÷गुरुङ जातिहरूको अन्तिम संस्कार लामा विधि द्वारा गरिन्छ । मृत्यु भएको चार दिनपछि नुनतेलबाट चोखिन्छ । मृत्यु भएपछि लामाले साइत हेराइ जंगल लाने चलन । डाँडामा लगेर सार्वजनिक घाटमा जलाउन गर्छन । १३ दिनसम्म नुनतेल बार्ने चलन छ । वर्तमान परिप्रेक्ष्यमा तमुहरूले अन्त्येष्टि संस्कार पनि बोन, बौद्ध तथा हिन्दु तीन धार्मिक विधि विधान अनुसार सम्पन्न गर्ने गरेको पाइन्छ ।
६. गुरुङ जातिको भेषभुषा
महिला र पुरुष आ–आफ्नै पहिरन छन । महिलाहरू मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाउँछन् । यी पहिरनसँगै हातमा चुरा, पोते, जन्तर,मुगाको माला, शिरबन्दी लगाउँछन् । पुरुषले सेतो कछाड, मलायन पेटी, सेतो भोटो कालो मखमलको इस्टकोट र कालै मखमलको टोपी लगाउँछन । कानमा कुण्डल तथा घाँटीमा गलबन्दी लगाउने चलन पनि रहेको क्लोथिङ इन नेपालको प्रबन्ध निर्देशक अनिता तामाङले बताउनु हुन्छ ।
७. तमु जातिका चाडपर्व
१. ट्होटेँः –गुरुङ भाषामा ट्होटेँ भनेको राजमय वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने बैरीशत्रुलाई सीमा नघाएर राज्य सुरक्षित गरेको भन्ने अर्थमा लिइन्छ । यो वर्षेनी चैत र साउनको अन्तिम मङ्गलबार यो पर्व मनाइन्छ ।
२. ल्होसार (ल्होछार)ः – नेपालका अनेकौं चाडपर्वहरूमध्ये ल्होसार एक हो । मंगोल परिवारका एक ठूलो जनसमुदाय यथा गुरुङ, तामाङ, शेर्पा आदिद्वारा समान उत्साहले यो चाडलाई प्रत्येक वर्ष मनाइदै आएको छ । “ल्हो“ को अर्थ वर्ष र “सार“को अर्थ फेरिने भएकोले वर्ष फेरिने दिनलाई तमु “ल्होसार“ पर्व भनिएको हो । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकोले पुष १५ मा यो पर्व मनाउने गरिएको हो भनिन्छ । यो चाडमा नेपाल सरकारले बिदा दिदै आएको छ ।
३. मेँ त्हेँ ले पर्वः – यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथीमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने कुस्ती खेल्ने जस्ता खेलको आयोजना गरिन्छ । घरेलु हतियारको विधिवत पूजा गरी खेल्न शुरू गरिन्छ । यो पर्व विशेषतः आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने, विद्या प्राप्त गरेको दिनका रुपमा मनाइने गरिन्छ ।
४. खेमानाँब, नौगी, खिसरी, माघी संक्रान्ति जस्ता अन्य पर्वहरू पनि मनाइन्छ ।
८. तमु जातिको लोक संस्कृति
१. रोधीँ
तमुहरूको विशुद्ध पहिचान हो । यो तमु समाजको मौलिक परम्परामा आधारित छ । जनश्रुति अनुसार गुरुङ भाषा ‘रोव’ को अर्थ सुन्ने र ‘धी’ को अर्थ घर जनाउँदछ । अर्को जनश्रुति अनुसार ‘रु’ को अर्थ धागो ‘लब’ को अर्थ कात्ने र ‘धी’ को अर्थ घर हो । रुघी वा धागो कात्ने घरबाट विकसित हुँदै रोधी हुन आएको हो भनिन्छ । यो लोक संस्कृतिलाई जीवन्त तुल्याउने, फुर्सद मिलाएर गाउने, बजाउने, नाच्ने, रमाइलो गर्ने थलो हो । रोधी गुरुङहरूको पारस्परिक सहयोग सद्भाव र अनुशासनको व्यावहारिक ज्ञान आर्जन गर्ने विद्यालय हो ।
२. घाटुनाच
गुरुङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो । हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन । यो घाँटीबाटै एक्लै सुर झिक्ने राग (गीत) भएकोले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ । धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरुङ समाजको जीवन्त संस्कृति हो । यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ । त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिनयोग्य छ ।
३. सोरठी
गुरुङ जातिमा प्रचलित यो पृथक किसिमको नाच हो सोरठी । नृत्यको कथा वस्तु सात जना श्रीमती भएका निःसन्तान प्राचीनकालीन एक जना राजा र उनका रानीहरूको सेरोफेरोमा केन्द्रित रहेको छ । कथामा सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी पाएकोमा अन्य सातवटी रानीले ईष्र्या गर्दा जन्मेकी छोरीलाई मार्ने षडयन्त्र यस गीतिकथाको मुख्य कथाबस्तु हो ।
४. मारुनी
गुरुङ जातिमा प्रचलित यो फरक पहिचान भएको नाचमध्येको एउटा नाच हो मारुनी । यो साउनमा सुरु भएर पुषसम्म नाच्ने गरिन्छ । यस नाचमा हिन्दु देवीदेवताहरूलाई विभिन्न फूलहरू चढाएर पूजा आराधना गर्ने गरिन्छ ।
८. आर्थिक तथा शिक्षा
परम्परागत पेशा कृषि र भेडा पालन भएता पनि हाल आएर अन्य व्यवसायमा अगाडि बढेका देखिन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना देखि देखि लिएर भारत तथा सिंगापुर र यु. के, तिर रोजगारीको लागि जाने, व्यापार गर्ने र अन्य रोजगारीको लागि विदेश जाने गरेको पाइन्छ । वर्तमान समयमा शिक्षा क्षेत्रमा पनि गुरङहरु निकै अगाडि देखिन्छ । वर्तमान अवस्थामा गुरुङ जाति नेपालमा ठूला ठूला उद्योग, शिक्षा, प्रशासन, वैदेशिक व्यापार, राजनीति आदि क्षेत्रमा प्रगति गरिरहेका छन् । (लेखक लुम्बिनी विश्व विद्यालय अन्तर्गत बुद्धिजम एन्ड हिमालयन स्टाडिजको तेस्रो सेमिस्टरको विद्यार्थी हुनुहुन्छ ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0