
प्रभातफेरी अनलाइन २२४ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलबार (१ साल अघि)
– प्रकाश पाठक योगी, चितवन
मुना मदनको झैँ कथा बेकार हुन सक्छ
नजिक नआउनु ब्यार्थै प्यार हुन सक्छ !!
थोरै जहर दिएर जानु तिमी डोली चढ्दा
वियोगमा दिल दुख्दा उपचार हुन सक्छ !!
यति सम्म अपमान नगरन प्रिय् मलाई
यो सिङ्गो जीवन तिम्रै इन्तजार हुन सक्छ !!
छुट्टिने बेलामा एक चुम्बन दिए के जान्थ्यो
दिल दुख्दा त्यही चुम्बन अलड्ढार हुन सक्छ !!
बर्षौ देखि नदि छेउको म प्यासी बगर हुँ,
एक लहरले छोइ जाउ उद्दार हुन सक्छ !!
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |