Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

प्रभातफेरी अनलाइन २२८ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)
Post Thumbnail

मच्छेश्वर सापकोटा
काभ्रेपलाञ्चोक जिल्लाको प्रसिद्ध व्यापारिक शहर बनेपामा जन्मेर बनेपामै रमाउँदै नेपाली वाङ्मय क्षेत्रबाट नेपालमा मात्र नभै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशिष्ट ख्याति कमाउन सफल एक आदर्श कर्मवीर वरिष्ठ साहित्यकार हुनुहुन्छ ‘मोहन दुवाल’ । आजभन्दा लगभग ४० वर्षदेखि हामी नजिकबाट चिनापर्ची गर्दै आएका हौं । अत्यन्तै सरल स्वभावका उनी हँसिला, रसिला नेपाली जनमनमा बस्न सफल प्रसिद्ध साहित्यिक पत्रकार हुन् । मोहन दुवालको अथक साधना र समर्पणप्रति म आकर्षित र प्रभावित छु ।
काभ्रेका सान, मान र इज्जत । काभ्रेलीले मात्र नभै राष्ट्रले नै गौरव मानेका साहित्यिक धरोहरका रुपमा स्थापित भैसक्नुभएको छ शालीन व्यक्तित्व ‘मोहन दुवाल’ । यद्यपि म समालोचक भने होइन, मोहन दुवालजस्ता असामान्य राष्ट्रिय चरित्र बोकेका मूर्धन्य स्रष्टाको विषयमा विवेचना गर्ने सामथ्र्य मसँग छँदैछैन । तथापि उहाँको वखानमा कलम चलाउने मेरो रहर भनौं या धृष्टता ! जनमत वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रिय अध्यक्ष लगायत तीनदर्जन भन्दा बढी संघ, संस्थाहरुमा सक्रियताका साथ संलग्न आदरणीय मोहन दुवालका विषयमा एकदर्जन भन्दा बढी शोधग्रन्थहरु लेखिएका छन् । त्यसैगरी विभिन्न विशिष्ट समालोचकहरुले उहाँका विषयमा विश्लेषणात्मक टिप्पणी लेखिसकेका छन् । त्यसैले मैले मोहन दुवालका विषयमा टिप्पणी गर्नु भनेको चिल्लो कपालमा तेल घसेजस्तै हो । तथापि उहाँको विषयमा दुई–चार हरफ लेख्न कन्जुस्याइँ गरें भने म साँच्चिकै अविवेकी र कृतघ्न बन्नेछु !
कुनै बेला मेरो जीवनको अविस्मरणीय उपदेश बन्यो आदर्श व्यक्तित्व आदरणीय मोहन दुवालको यो भनाइ – “तपाईं नेताहरुको झोले नबन्नुस्, खराब कर्म गर्नेहरु जिउँदै मरेतुल्य हुन्छन्, असल कर्म गर्नेहरु मरेपछि पनि बाँची रहनेछन्, साहित्य, संगीतमा लागेर जनचेतनामूलक सिर्जना गर्नेहरु मरेर पनि अनन्त कालान्तर बाँची रहनेछन् ।” हरेक पटकको भेटमा उहाँले मलाई यसरी नै झकझकाई रहनुहुन्थ्यो ! तत्पश्चात् मेरो भित्री आँखा खुल्यो ! झल्याँस्स भएर सम्झें– “वि.सं. २०३२ सालको रेडियो नेपाल यात्रा ।” अनि लागें आफ्नै मूलबाटोतिर – “गीत संगीत” रेडियो नेपाल ।
जीवनमा आमाबाबु, शिक्षादीक्षा दिने गुरु, संगीत सिकाउने गुरु मात्र गुरु नभै अँध्यारोबाट उज्यालोतिर डो¥याउने, खराब कर्मबाट असल कर्ममा लाग्न प्रेरणा दिने असल पथप्रदर्शक पनि गुरु हुन् भन्ने शास्त्रीय मान्यता छ । यसै तथ्यलाई आत्मसात गरी वि.सं. २०५०÷०५१ देखि महान व्यक्तित्व मोहन दुवाललाई एक असल पथप्रदर्शक आदर्श गुरुको रुपमा मान्दै आएको हुँ ! आजभोलि आदरणीय गुरु मोहन दुवालको उक्त भनाइ झलझली सम्झीरहेछु । यो देशका राजनेताहरुको नाङ्गो नाच देखेर ! धन्न मलाई हिलो पोखरीबाट उतार्नु भयो ! आदरणीय गुरु मोहन दुवालप्रति अनन्त कोटी प्रणाम ! जीवनपर्यन्त कृतकृत्य हुनेछु !
शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचारका विरुद्धमा बोल्न नसक्ने निमुखाहरुको पक्षमा निर्भिकतापूर्वक कलम चलाउन खप्पिस लेखक । कवि, पत्रकार, साहित्यकार भनेर विशिष्ट पहिचान बनाई सक्नुभएको मोहन दुवालले लामो समयदेखि अनवरत रुपमा जनमत साहित्यिक मासिकका प्रधानसम्पादक बनेर सम्पादक जीवन वामाङ्गी भारती श्रेष्ठ तथा छोरी सिर्जना दुवाल श्रेष्ठको निरन्तर साथ र सहयोगमा “जनमत र मोहन दुवाल” पयार्यको रुपमा ख्याति आर्जन गरिसक्नु भएको छ । नयाँ पुस्ताका लागि साहित्यलेखनमा प्रेरणाका स्रोत, आशा–भरोशाका पुञ्ज हुनुहुन्छ मोहन दुवाल । भ्रष्टाचार, षड्यन्त्र र चाप्लुसी गरेको पटक्कै मननपराउने असल समाजसेवी मोहन दुवाल एक स्पष्टवक्ताको रुपमा पनि चिरपरिचित हुनुहुन्छ । बोलाइ, लेखाइ र गराइको तादाम्य ट्याक्कै मिलाउन सक्ने विवेकशील अथक साहित्यिक यात्री मोहन दुवाललाई एक इमान्दार हेर्नलायकका असल, सुन्दर व्यक्तित्व भन्दा अतिशयोक्ति हुँदैन !
अरुको उन्नति, प्रगतिमा डाहा, ईष्र्या गर्ने, खुट्टा तान्ने, अरुको घरको छानो भत्काएर आफ्नो घरको छानो सग्लो देखाउन खोज्नेहरुका लागि एक शक्तिशाली उदाहरणीय नमुना हुनुहुन्छ मोहन दुवाल । मानव जीवन सफल र सार्थक बनाउन चाहनेहरुले मोहन दुवालको जीवनशैली हेरेर सिक्नुपर्छ ! खुट्टा तान्नेहरु सधैं तल हुन्छन्, हात तान्नेहरुमाथि । मोहन दुवाल अरुको खुट्टा तान्न जान्नुहुन्न, हात तान्नुहुन्छ । त्यसैले त खुट्टा तान्नेहरु भन्दा धेरै माथि हुनुहुन्छ मोहन दुवाल । जनमत साहित्यिक मासिक पूर्णाङ्क ३१५ सम्म प्रकाशन र त्यसमा जनमत के भन्छ ? बाट दिइरहेको सन्देश, जनचेतनामूलक पुस्तकहरु तीनदर्जन प्रकाशन गरी सक्नुभएका चेतनाका पारखी मोहन दुवालबाट नयाँ पुस्ताका स्रष्टाहरुले सिक्नु जरुरी छ ।
नेपाली साहित्यिक फाँटका महारथी मोहन दुवालद्वारा सञ्चालित जनमत वाङ्मय प्रतिष्ठानले वाङ्मय क्षेत्रका विभिन्न विधामा ख्याति प्राप्त राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने पद्धति अत्यन्तै उल्लेखनीय छ । यस्तो गरिमामय असल कर्मको सर्वत्र चर्चा भएको सुन्दा गौरव लाग्छ । हालसम्म सम्मानित, पुरस्कृत हुनेहरु २०४ को सूचिमा म आफू पनि अटेको हुँदा अनन्त कोटी कृतज्ञता ज्ञापन गर्दछु जनमत वाङ्मय प्रतिष्ठानप्रति ! अब अन्तमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी संघ, संस्थाहरुबाट सम्मान, पुरस्कार प्राप्त गरी मानवजीवन सार्थक बनाउँदै गौरवशाली इतिहासको पाना भर्न सफल हुनुभएकोमा आदरणीय गुरु मोहन दुवालप्रति हार्दिक बधाई ! सुस्वास्थ्यका साथ दीर्घजीवन एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना । धन्यवाद !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • सम्झनामा मानवअधिकारकर्मी तथा न्यायमूर्तिः दमननाथ ढुङ्गाना सम्झिँदै गर्दा

    सम्झनामा मानवअधिकारकर्मी तथा न्यायमूर्तिः दमननाथ ढुङ्गाना सम्झिँदै गर्दा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0