Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाटामा मित्रहरु भेट्दै तानसेन पाल्पा पुगेर सम्मानित भई आयौं

यात्रा संस्मरण

प्रभातफेरी अनलाइन २३३ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार (१ साल अघि)
बाटामा मित्रहरु भेट्दै तानसेन पाल्पा पुगेर सम्मानित भई आयौं

मोहन दुवाल, वरिष्ठ साहित्यकार
धेरै वर्ष अगाडि पाल्पामा पुगेको सम्झना आइरहन्छ । धोको पु¥याएर घुम्ने इच्छा थियो त्यसताका इच्छा पूरा भएन । तानसेनमा एकदिन मात्र बसेर फर्केको याद आइरहन्छ । त्यसैले तानसेन, पाल्पामा घुम्ने मन आयो । भारती जाने भइन् । कान्छी छोरी संरचना, नातिनीहरु आभा र इरा पनि जाने भइन् । ठैबबाट भाई दिपेन्द्र श्रेष्ठ र बुहारी विनया श्रेष्ठ यात्रामा सामेल हुने भयो । विन्दियाकी छोरी शिवानीले पनि एकदिन बैंकमा छुट्टी लिएर हामीसँग आउने भइन् । मनमा आश पलायो; यसपल्ट तानसेन घुम्ने इच्छा मनमा राखेर पाल्पाको सुन्दर नगरी तानसेन जाने भयौं । हामीहरु ८ जना स्कार्पो गाडीमा मिलेर तानसेन जाने भयौं ।
ठीक समयमा हिँड्ने भयौं । ५ः०० बजेसम्ममा गाडी चढिहाल्ने हाम्रो योजना थियो । पाँचैजना हामीहरु माघ १७ गते उक्त योजनाअनुसार ठीक समयमा चोकबाट मोटर चढ्यौं । ६ः०० बजेतिर सातदोबाटो, ललितपुरमा आउन भनेका दिपेन्द्र, विनया र शिवानी पनि ठीक समयमा नै सातदोबाटोमा आइपुगेर हामीहरुलाई पर्खिराखेका भेट्यौं । आठैजना हामीहरु पाल्पा पुग्ने धुनमा मोटरमा चढ्यौं र कुदिरह्यौं । चिया नै नपिई गएको कारणले कतै चिया पिउने हाम्रो भित्री इच्छा मोटरचालक भाई सविन महाजूलाई खुसुक्क भन्यौं । धादिङको महादेववेशीमा मोटर रोके । होटलबाहिर झुण्ड–झुण्डमा सेल खाँदै र चिया पिउँदै गरेका ठाउँ–ठाउँका मित्रजनहरु ठूलो वरपीपल छेउछाउमा रमिरहेको देखियो । हामी पनि सेलरोटी, चना खाने र चिया पिउने हाम्रो इच्छाअनुसार एउटा गोलो टेबुल वरिपरि मेचहरुमा रमेर बस्यौं । ता–तातो सेल, चना चरकारी मिठो मानेर खायौं । दुध चिया कसैले खाएनन्; कालो चियामा नै हामी सन्तुष्ट भयौं ।
ठाउँ–ठाउँमा बिग्रे, भत्केका बाटाहरु पार गर्दै हामीहरु कुदिरह्यौं । सविनभाई पनि निकै निपुण भइसकेका रहेछन् गाडी हाँक्न र उनी मिलाएर पनि कुरा गर्न सिपालु रहेकोले खुसी लाग्यो । ठाउँ–ठाउँमा सधैं टालटुल गर्नुपर्ने बाटाघाटा र त्यसमाथि हुने राजनीति, ठेकेदारसाहेबहरुले समयमा काम फत्ते नगरिदिने कूटनीति, प्रशासकहरुले सोच्ने खराब मनोवृत्तिले देशका धेरै ठाउँमा देखिंदा बाटाघाटाहरुका दयनीय रुपरङ्गहरु यसपल्ट पनि भोग्नुपर्ने भयो, देख्नुपर्ने भयो । हिँड्दै ग¥यो हाम्रो मोटर, देख्दै गयौं हाम्रा बाटाका रुपरङ्गहरु । सधैं धुलो पचाउनुपर्ने, सधैं जाममा रहनुपर्ने र सधैं दुर्घटना भोग्नुपर्ने यो हाम्रो देशको चलन स्थायीजस्तै हो — आज पनि भोग्नुपर्ने हुन्छ । यही दयनीय रुपरङ्ग सँगसँगै रुखका पातहरु, डाँठहरु, जराहरु, हाँगाहरु पनि धुलाम्य देखिंदा छन् — हरियालीमाथिको यो सङ्कट देशकै सङ्कट हो । हरिया देखिंदा पानीका तरङ्गभित्र डुबुल्की मार्दै झरेका पानीका छालहरुले पनि माटोसँग, धुलासँग माया साट्न वाध्य बनाइएकोले पानी पनि धमिलो–धमिलो, पहेँलो–पहेँलो देखिंदा छन् ।
सोच्दै, प्रकृति हेर्दै एकनासले मोटरसँग कुदिरह्यौं । आँबुखैरेनी आएको पनि याद भएन — मोटर रोकेपछि मात्र झल्याँस भयौं । अनिल श्रेष्ठको आँबुखैरेनीको बाटैमा चस्मा पसल छ । भेट्नु थियो । भेट भयो । कवि, लेखक, साहित्यिक अभियन्ता र जनमतका मित्र अनिल श्रेष्ठ विश्वास गर्नलायकका मित्र हुन् । उहाँलाई पुसको जनमतको पोका र ‘शब्दबिम्बका पौरखीहरु–२ उहाँको हातमा ठम्याईदियौं । उहाँले पनि आफ्ना दुईप्रति पुस्तक हातमा मलाई ठम्याई दिनुभयो । फोटाहरु खिँच्यौं । बाटैमा रहेकोले आत्मियता साटासाट ग¥यौं — अक्षर पनि साटासाट ग¥यौं र हामी आजै पाल्पामा पुग्नु परेकैले विदावारी माग्यौं — अनुरोध भएअनुसारको ‘चिया’ पिउने काम गरिएन, बाटो लागि हाल्यौं ।
बाटोमा जाँदैगर्दा दमौलीबाट आकाश अधिकारीले फोन गरेर केही मिनेट उहाँको पसलसम्म पुग्नुपर्ने मित्रवत् अनुरोध मात्र गरेनन् दुईजना मित्रहरुले मलाई भेट्ने इच्छा गरेको कुरा सुनाउनुभयो । भीम रानाभाट र आनन्द श्रेष्ठ उहाँकै पसलमा रहेछन् – भेटघाट भयो । दुवैलाई जनमत दियौं । भीमजीको एउटा पुस्तक पनि प्राप्त भयो । फोटाहरु खिँच्यौं । हामीबिचका मायाहरु एकअर्कामा साट्यौं र अक्षर–यात्राका प्रसङ्गहरुलाई जोड्दै यात्रापथमा लाग्नुपरेको वाध्यताले गर्दा हामीहरु विदावारी माग्दै छुट्यौं ।
१०ः५० भयो । खाना खाने भयौं । बाटोमा रहेको ‘नयाँ पुल’ नामक होटेलमा खाना खायौं । खाना स्वादिलो छ । शाकाहारी खाना सबैले खायौं । ठाउँ–ठाउँमा जनमतसँग गाँसिएका र जनमतका सहयोगी मित्रहरु रहेको कारणले शिष्टताका लागि भए पनि भेट्नु अनिवार्य थियो । रीता न्यौपाने बहिनी पोखरामा रहनुहुन्छ । हेमराजजी बित्नुभएको पनि धेरै भयो – एक्लै सङ्घर्ष गरिरहे र एक्लै बाँच्नका लागि थुप्रै समस्याहरु यिनले भोगे र आफ्नो श्रीमान हेमराजजीको सम्झनामा प्रतिष्ठान पनि यिनले स्थापना गरिन् । लेख्न मन गरिन् – पुस्तक पनि छपाए । यिनको त्याग, समर्पण र जनमतप्रति पोखेका यिनका सहयोग र मायाले गर्दा ‘जनमत सहयात्री सम्मान’ पनि प्रदान ग¥यौं । काभ्रेमै जन्म पाएकी, जनमतका सहयोगी मित्र भएकै कारणले बहिनीसँग भेट्नु कल्याण सम्झेर सम्पर्क गरियो । लेकसाइडको १७ नम्वर गल्लीमा रोजमरी होटेलमा हामीलाई पर्खिराख्नुभएको रहेछ – भेट भयो । चिया र मम खायौं । जनमत र शब्दबिम्बका पौरखीहरु–२ उपहारस्वरुप प्रदान ग¥यौं । उहाँले पनि ‘बेरीतका रीतहरु’ निजात्मक निबन्धसङ्ग्रह दुईप्रति मलाई ठम्याई दिनुभयो । अक्षर साटासाट भयो — जीवनका तरङ्गहरु साटासाट भयो । फोटाहरु खिँच्यौं । २ः३० तिर हामी पोखराबाट तानसेनतर्फ लाग्यौं । निकै टाढा रहेछ पाल्पा । ७ः३० तिर मात्र हामी पाल्पाको भूमिभित्र छि¥यौं ।
पहिले नै साथीहरुबाट खबर गरेअनुसारको गौरीशङ्कर होटेल पत्ता लगायौं । हामी ४ वटा कोठामा छरियौं । हाम्रो लागि खाना पकाउन लगायौं । अचेल होटेल त्यति चल्तीमा नभएकोले एकजना सोझा देखिंदा मगरभाई कुर्नमात्र राखेकोजस्तो देखियो । जसोतसो खाना र रोटी पकाई दिए — भोक लागेको थियो मीठो मानेर खानेकुराहरु खायौं । आयोजक दुईजना मित्रहरु हालका ‘पाल्पा साहित्य समाज’ का अध्यक्ष पुष्करराज रेग्मी र संरक्षक राजेन्द्रगोपाल सिंहले एकक्षण हामीलाई भेट्न खोजेकोले भेट्यौं । भोलिका लागि घुमघाममा जाने स्थलहरुको जानकारी र कार्यक्रम २ः४५ मा मात्र सुरु गर्ने खबर प्राप्त भयो । उहाँहरु दुवैजना एकअर्काका सहयोगी भएर साहित्यको उत्थान, प्रचारका लागि कार्यक्रम गर्ने, पुस्तक प्रकाशन गर्ने, गोष्ठी–संगोष्ठी गर्न अभियानमा लागिरहनुभएका रहेछन् । नजिकले सम्पर्क गर्न पायौं — भोलि सातै बजे तयारीमा बस्ने  अनुरोध गरेर उहाँहरु जानुभयो । हामीहरु सुत्ने तरखरमा लाग्यौं र ४ वटा कोठामा हामीहरु विभाजित भयौं । मौसम ठीकैको रहेछ । गर्मी पनि नभएको जाडो पनि त्यति महसूस गर्नुनपर्ने । भुसुक्कै निदाएछु विहान ४ः०० बजेसम्म नै ।
पाल्पाका मित्रहरु तानसेन बहुमुखी क्याम्पसका प्रमुख तथा साहित्यकार पुष्करराज रेग्मी तथा पाल्पाका प्रजातन्त्रवादी अभियन्ता तथा साहित्यकार राजेन्द्रगोपाल सिंह विहान ७ः०० बजे नै समय मिलाइएअनुसार आइपुग्नु भयो । उहाँहरुको मोटरबाइक अगाडि–अगाडि र हाम्रो गाडी पछाडी–पछाडी कुदाएर हामीहरु ११ जना भैरव मन्दिरतर्फ लाग्यौं । घुमाउरो बाटो भएर डाँडा माथि–माथि हरियाली पहाडका चुलीहरु आँखामा राखेर हामीहरु उक्लिरह्यौं – केहीक्षणपछि भैरवमन्दिर छेउमा पुग्यौं । गाडी छेउमा रोकेर हामीहरु ओर्लियौं । राजेन्द्रजी र पुष्करजी अघि–अघि लागेर हामीहरुको फोटो खिँच्दै र इतिहास बताउँदै हाम्रो यात्रालाई मनोरम बनाइदिनुभयो । भैरवको अर्थ ‘भयानक’ हो । यही भयानक मूर्तिको आसपास घुमाउँदै करिव चारसय पचास वर्षसम्म सेनहरुले शासन गरेको पाल्पाको इतिहास सुनाउनु भयो । इतिहासमा लेखिएअनुसार रुद्र सेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले विशाल पाल्पा राज्यको स्थापना गरिएको रहेछ । राजा मुकुन्द सेनले भैरवनाथको मूर्ति स्थापना गरी ‘भैरवनाथ मन्दिर’ बनाइदिएको कथन छ । भैरवनाथको मन्दिर पुग्न करिव ९ किलोमिटर जानुपर्ने रहेछ । डाँडाको टाकुराको समथल भूमिमा भैरवको मूर्ति स्थापना गरिएको देखियो । कानफट्टा सन्यासीहरूबाट पूजा गरिने उक्त भैरवमूर्तिलाई विशेषगरी ‘रोट’ नामक रोटी चढाउने गरिन्छ । चामल र गहुँको पिठोबाट बनाइने ‘रोट’ मा गाईभैंसीको घिउ, दूध, नरिवल, छोकडा, ल्वाङ, सुकमेल, अलैंची, दालचिनी मिलाएर बनाउने चलन रहेछ । यहाँ निकै भीड लाग्ने गर्दोरहेछ । पाल्पा क्षेत्रकै निकै महत्वपूर्ण यो मन्दिर मानिन्छ । यस क्षेत्रबाट धवलागिरी, अन्नपूर्ण, गौरीशङ्कर हिमालहरु छर्लङ्ग देख्न सकिने भएकोले पनि यो ठाउँ मनोरम छ । पाल्पा पुगेर हेर्नैपर्ने, दर्शन गर्दा उपयुक्त हुने ‘भैरव’ हेरेर हामीहरु रानीमहलमा पुग्न तल–तल झर्दै गयौं । एउटा रेष्टुँरामा खानाको व्यवस्था पनि मिलाइकोले मित्रहरुको अनुरोधमा हामीले खाना खायौं ।
तानसेन नगरमा एकरात बिताइयो । तानसेन सर्सती घुम्ने योजना बनाइयो । पुष्करजी र राजेन्द्रजीको अगुवाई र सहयोगले तानसेन पाल्पाबारे धेरै खालका जानकारी मात्र प्राप्त भएनन् ऐतिहासिक पुस्तकहरु पनि प्राप्त भयो । भैरवमन्दिर पछि रानीमहल जाने भयौं । भैरवस्थान पुगेर तल–तलको बाटो हुँदै रानीमहलमा केहीक्षणमै आइपुग्यौं । पाल्पा जिल्लाकै उदाहरणीय मनोरम थलोका रुपमा रहेको रानीमहल कालीगण्डकीकै तीरमा रहेछ । हामी सबैले कालीगण्डकी छामेर पानीसँग स्पर्श ग¥यौं । करिब एकसय पच्चिस वर्ष अघि वीर शमशेरको शासनकालमा भाई खड्ग शमशेर, काठमाडौंबाट हद भएर पाल्पा पसेका रहेछन् । रानीमहलको निर्माण र सिर्जना खड्ग शमशेरले आफ्नै रानी तेजकुमारीको स्मृतिमा बनाइदिएका हुन् । शितलपाटीको ऐतिहासिक बग्गी ढोका पनि यिनैले बनाइदिएको हो । पाँच वर्ष लगाएर बनाइएको उक्त महल कालीगण्डकीकै छेउमा सेताम्य अनुहार सजाएर पाल्पाकै सुन्दर सौन्दर्यजस्तो भइदिएको छ । तानसेन डाँडामा रहेको सुन्दरवस्ती मात्र होइन यो क्षेत्र प्राकृतिक नगरीका रुपमा दार्जीलिङजस्तै नेपालका लागि विख्यात छन् । पाल्पाको तानसेन नगरमा अवस्थित यो महलले पाल्पालाई राष्ट्रमा चिनाउन सफल छन् । अमरप्रेमको विशिष्ट उदाहरण हो यो रानीमहल । यो रानीमहल दिल्लीको ताजमहलजस्तै प्रेमकै प्रतीकका रुपमा विख्यात छन् । निकै रमाइलो र सुन्दर भएकै कारणले बसिरहूँजस्तो पो लाग्छ यस तानसेन नगरीमा ।
पारिवारिक भ्रमण पनि भएकै कारणले बजार एक चक्कर लगायौं । काठमाडौंबाट आउनुहुनेहरुकै बाहुल्य रहेकै कारणले यहाँका बजारका नामहरु काठमाडौंका थुप्रै टोलका नामहरुसँग मिल्दाजुल्दा छन् । मखनटोल नगरको मुख्य बजार रहेछ । आज शुक्रबार यहाँ हाटबजार लाग्दा रहेछन् । एकक्षण घुम्यौं । घुम्दै गर्दा भारती र मलाई राजेन्द्रजीले आफ्नो घरमा आउन अनुरोध गरेअनुसार उहाँको निवासघरमा पुग्यौं । दीपेन्द्र र बुहारी पनि हामीसँगै राजेन्द्रजीकहाँ पुग्नुभयो । तानसेनमा आफ्नो ढङ्गको सेवा, निःस्वार्थ राजनीति र साहित्यलेखन र साहित्यिक सेवा पु¥याउँदै आउनुभएका राजेन्द्रगोपाल सिंह एकजना सचेत पाल्पा जिल्लाकै लागि एकजना उदाहरणीय पात्र रहेको थाहा पाइयो । घरका कोठाहरुमा पुस्तक टन्न राखिएका छन् । राष्ट्रिय दैनिकका बण्डलहरु डोरीले बाँधेर विशाल देखिने किसिमले राखिएका छन् । इच्छा, आकाङ्क्षा भनेको पनि अनौठा हुँदा रहेछन् । राजेन्द्रजीले समाजका हितका लागि आफूलाई घाटामा राखेर समाजका लागि कुदिरहेको देखियो । पाल्पा जिल्लाकै गतिशील व्यक्तित्वहरु जो शिक्षा, साहित्य, समाजसेवाका अनगिन्ति भारीहरु बोकेर यात्रापथमा लागिरहनुभएका छन् ती मित्रहरु पाल्पा जिल्लाका अमूल्य निधिहरु हुनुहुन्छ । पुष्करराज रेग्मी र राजेन्द्रगोपाल सिंह यस्तै व्यक्तित्वमा पर्दछन् ।
माघ १८ गते २.४५ मा सहीद दिवसको अवसरमा मेरो प्रमुख आतिथ्यतामा साहित्यिक कार्यक्रम उद्योग वाणिज्य संघको कार्यालयमा पुष्कर अथक रेग्मीले उद्घोषण गर्दै सुरु गर्नुभयो । पाल्पा साहित्य समाजले मलाई र जीवनसँगिनी भारती श्रेष्ठको सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा मैले भाषणको क्रममा भनियो — “फलको आशा नगरी कर्म गर्नुपर्दछ विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ ।” उक्त कार्यक्रममा समाजका सल्लाहकार चित्रवलीरामले स्वागत मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा तानसेन गुठीका अध्यक्ष शकुन्तला बज्राचार्य, साहित्यकार सीताराम घिमिरे, पत्रकार÷साहित्यकार घातानन्द शर्मा, पोखराथोक साहित्य संगमका पूर्वअध्यक्ष हरि भट्टराई, संरक्षक राजेन्द्रगोपाल सिंह, पत्रकार÷सेनानी मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम रोचक रह्यो । मेरो निबन्धकारितामा शोधपत्र लेख्नुहुने सानु श्रेष्ठले मलाई र भारतीलाई एकपल्ट घरमा लान पर्खिराख्नुभएको रहेछ । एकपल्ट सानुको घरमा पुगिदियौं । आज बुटवलमा बस्न जाने कार्यक्रम भएकोले तानसेनको माया लागेर पनि तानसेन छोड्न वाध्य भयौं । पाल्पाका बजारहरु, ऐतिहासिक थलोहरु र समाजका हितखातिर खटिरहन चाहने मित्रहरुसँग मन साट्न दिएर तानसेन र पाल्पाको जयगान गाउँदै तानसेनबाट विदा भयौं ।
हामी बुटवलमा बस्ने निधो गरेर बुटवलतर्फ लम्क्यौं । बुटवल नगर बत्तीको उज्यालोले झिलीमिली देखिंदा छन् । तानसेनबाट बुटवल पुगेर आसपास रहेको ‘न्यू एरा’ पत्ता लगाउनु छ गुगलबाट होटेल खोज्यौं । तुरुन्तै न्यू एरा होटेलमा पुग्यौं । होटेलभित्र छि¥यौं । कोठाहरुमा लगेज राख्न गयौं । एकछिन सरु, शिवानी, इरा, आभाहरु घुम्न गए । हामीहरु सुत्ने तरखरमा लाग्यौं । बिहान ६ः०० बजे नै हिँडिहाल्ने मत्तो मिलायौं । सल्लाहअनुसार ६ः०० बजे तम्तयार भयौं र मोटर चढ्यौं । तर बाटो नदेखिने गरी हुस्सुले छोपेको बाटोमा यात्रा गर्न गा¥हो हुँदै रहेछ । विस्तारै मोटर बाटो लाग्यो । बाटोमा चिया पिउँदै विनोद चौधरीहरुको दिमागले ‘शाश्वत धाम’ मा सजिएका मूर्तिकलाहरु हेर्दै रमायौं । बुटवलदेखिको काठमाडौंसम्मको लामो बाटो पार गर्दै माघ १९ गते बेलुकी सकुशल घरमा पुग्यौं । यात्रामा कसैलाई केही भएन – कसैको कसैसँग गुनासा सुन्न परेन । आ–आफ्नो ढङ्गले घुम्यौं, खायौं, फोटाहरु खिँच्यौं र रमाइलो गरेर हामीहरु आ–आफ्नो घर फक्र्यौं । ०००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0