मुरहरि रायमाझी
सुतेका बेला गजल हाम्रो पुनरुत्थापन
गरेका तिम्ले हे ज्ञानुवाकर गरियो मापन ।
साहित्य हैन भनेका बेला नेपाली गजल
दिएर टेको उठायौ अनि हुन गो पजल ।
नवीन शैली आरम्भ गर्यौ विषय विविध
यो भएपछि चर्चामा पुग्यो यो विधा के विध।
खर्चियौ गुरु जिन्दगी पूरै साहित्य क्षेत्रमा
हाँसेर बस सबैको तिमी मन र नेत्रमा ।
“गजल माली“ उपमा पायौ धेरै छन् पाठक
बढेर गए गजल प्रेमी बढ्दैछ फाटक ।
पहिलो मोती गजल लेख्ने ती मोतीराम हुन्
आकाशविच उदाई रहुन् भएर ताराजुन ।
ती शम्भुप्रसाद ती भीमनिधि उपेन्द्र जिगर
गजल विधा हेरेमा देख्छौँ तिनकै फिगर ।
ती रवी, मनु, र बूँद, लली ती देवी नेपाल
गजल मीठा लेखेर दिए फूलझैँ कोमल ।
ती कृष्णहरि बराल पनि सम्झने नाउँ हो
गजल उनको नसुनी बस्ने सायदै होला जो ।
सयौँ छन् स्रष्टा गजल लेख्ने कोही छन् गायक
पाठक सामु बनेका देख्छौँ सम्झन लायक ।
सकिँन लेख्न सबैको नाउँ सम्झन्छु तर म
गजल विधा छोडेर चट्टै जादिँन पर म ।
गजल लेख्ने जाँगर हाम्रो नमरोस् कहिल्यै
साहित्यरुपी आकाशबाट नझरोस् कहिल्यै ।
गजल स्रष्टा गजल प्रेमी सबैमा नमन
संस्तुति गायो व्यक्तिको भनी मलाई नभन ।
“इति”
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |