जेबी खत्री
पत्थरमा प्रिती रोपेर
छातीभरि फूल फुलाउन चाहने
यी आँखाहरू आज
खोँचखोँचमा वर्षिएर
सागर सुकाई रहेछन् ।
कति स्वार्थी छ यो सन्सार
कोही चाहदैन
पत्थरमा प्रिती रोप्न
तर म चाहन्छु
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल फुलाउन
र देखाउन चाहन्छु म त्यो
बलेको आगो मात्र ताप्नेहरूलाई
सिकाउन चाहन्छु म,
आफैं आगो बालेर ताप्न तिनीहरूलाई
सुखमा मात्र हाँसेर बाँच्न चाहनेहरूलाई
दःुखमा पनि सुखमा जस्तै हाँसेर बाँच्न
सिकाउन चाहन्छु म ।
आसँुको सागर अटाउन सक्ने
आकास जत्रो छाती खोलेर
देखाउन चाहन्छु म ।
पत्थरमा प्रीति रोपेर
छातीभरि फूल
फुलाउन चाहन्छु म ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |