Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वाभिमानी साहित्यिक योद्धा अर्थात् “युद्धप्रसाद”

प्रभातफेरी अनलाइन २०९ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार (१ साल अघि)
स्वाभिमानी साहित्यिक योद्धा अर्थात् “युद्धप्रसाद”

मोहन दुवाल, वरिष्ठ साहित्यकार
“हामी नै हौं फगत् उठ्ने देशका कर्णधार 
हामी नै हौं प्रगति–पथका खोलने दिव्य–द्वार
हामी नै हौं जन–अहितको तोड्ने छेक–वार 
नेपालीको विपत् हरने आज हाम्रो छ भार ।” 
“नेपालीको विपतलाई आफ्नै सम्झेर कवितामा चित्रण गरिरहने कवि, प्रगतिपथ बनाउनको लागि सङ्घर्षरत भइरहने स्रष्टा, जन–अहितका विरुद्ध जुझिरहने स्वाभिमानी साहित्यिक योद्धा हाम्रो माझबाट २०४७ फागुन ६ गते विदा लिएर हिंड्नु भए पनि उहाँको सङ्घर्षशील, स्वाभिमानी, र त्यागपथ जीवनले हामीलाई अवश्य प्रेरणा दिइरहने छ ।” जनमत मासिकको माघ÷फागुन संयुक्ताकाङ्कमा यी हरफहरु ‘जनमत के भन्छ ?’ सम्पादकीयमा लेखेको थिएँ । र उक्त अङ्कमा कलाकार सुन्दर श्रेष्ठले लेखेको युद्धप्रसाद मिश्रको पोट्रेट आवरणमा छापिएको थियो । साहित्यकार धुस्वां साय्मि, बेन्जु शर्मा र मैले लिइएको अन्तर्वार्ता पनि उक्त अङ्कमा प्रकाशित थियो । जनमतबाट प्रकाशित उक्त अन्तर्वार्ता कवि युद्धप्रसाद मिश्र दिवंगत हुनुभन्दा दुई महिना नपुग्दैको ऐतिहासिक अन्तर्वार्ता भएकोले यस आलेखमा चर्चा गर्न खोजिएको छ ।
कवि युद्धप्रसाद मिश्र उत्पीडित जनताका प्रिय कवि रहनुका साथै स्वाभिमानलाई जोगाएर जस्तो दुःखमा पनि आफूलाई देश र जनताकै पक्षमा उभिरहन सफल कविका रुपमा मेरो मनमा छाहिरहेकोले उहाँको निवासघर खोज्दै शिक्षक साथी यादव थापासँग धेरै वर्ष अगाडि गठ्ठाघर पुगेको हुँ । पछि मेरै अनुरोधमा धुस्वां साय्मि र बेन्जु शर्मा पनि जनमत मासिकबाट अन्तर्वार्ता लिन जाने मेरो अभियानमा साथ दिनुभएर उहाँसँगको अन्तर्वार्तामा साथ दिनुभएको हो । उहाँले हामीले सोधेका प्रश्नहरुको जवाफमा व्यक्त गर्नुभएको विचारहरु सङ्क्षेपमा यहाँ उतारिएको छ ः
“प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो । अध्यात्मवाद अवैज्ञानिक चिन्तन हो । प्रगतिवादले कुनै कुराको पनि खास प्रमाण र विज्ञान नभैकन स्वीकार्दैन । .. वैज्ञानिक प्रकृयाहरुकै आधारबाट मात्र मानिस बन्छ, मस्तिष्क बन्छ । मस्तिष्कबाट जुन विचार व्यक्त हुन्छ त्यो सबै भौतिक आधारहरुबाट हुन्छ तर अध्यात्मवादीहरु माटो, ढुङ्गाले बोल्न लगाउँछ । मेरो जीवनप्रतिको धारणाको प्रतिफल नै प्रगतिवाद हो ।”  यो उहाँको जीवनप्रतिको धारणा हो । शब्द र वाक्यलाई टालटुल गर्न उहाँले कहिले खोज्नुभएन । उहाँलाई लागेका कुराहरु यसरी स्पष्ट राख्नुभयो र कवितामा पनि यसरी नै स्पष्ट विचार राख्न उहाँ सफल हुनुहुन्छ । धुस्वां साय्मि, बेन्जु शर्मा र मेरासमेत गरी २३ वटा प्रश्नहरुको जवाफ जनमत मासिकको उक्त अङ्कमा छापिएका छन् ।
हाम्रो दोस्रो प्रश्न पौराणिक कथाहरुका पात्रहरुको बारेमा थियो । उहाँले उक्त प्रश्नको जवाफ दिनुहुँदै ‘माक्र्सवादीहरुको प्रगतिशील चरित्र’ को व्याख्या गर्नुभयो यसरी — “माक्र्सवादीले तीनवटा मुख्य आधार बनाए– १) बलिदानको भावना २) इमान्दारिता र ३) विनम्रता । यी ३ वटा नियमहरुमा नै सबै चीजहरु अटाउँछन् ।” यस्तै चरित्र र बलिदानकै नाम हो युद्धप्रसाद । आज त यी दृष्टिहरु माक्र्सवादीहरुका लागि अफापसिद्ध मात्र होइन पुराना र काम नलाग्दा खालका भएका छन् । तर म यी ३ खालका भावना, सङ्कल्पहरु इमान्दार हुन खोज्ने सबै जनमनका मूल–मन्त्र हो भन्न चाहन्छु । उहाँ यसै प्रश्नको जवाफमा अगाडि विचार पोख्नुहुन्छ – “पूँजीवाद विज्ञानसम्मत विचार पनि हैन, यथार्थता पनि छैन त्यसैले त्यो असत्य हो ।” प्रष्ट विचार राख्नु नै उहाँको ‘मौलिकता’ हो । त्यो नै उहाँमा पाइने ‘सौन्दर्य’ हो ।
उहाँले एउटा प्रश्नको जवाफमा भन्नुभयो – “अहिंसा, सत्य, ब्रम्हचार्य, अपरिग्रह’ यिनीहरु पालना गरेपछि त चार वेद नै पढ्नु पर्दैन । त्यो यथार्थता जान्नलाई वेद पढ्नुपर्छ भनिएको हो । त्यस्तै, माक्र्सवादको सिद्धान्तमा पनि बलिदानको भावना नभैकन कम्युनिष्ट हुँदैन । इमान्दारिता पालन गर्नु पनि गा¥हो हुन्छ – पालन गरेपछि पो त्यो यथार्थता आउँछ । बलिदानको भावना नभएकाहरुले केही गर्न सक्दैनन् ।”
यसैगरी हाम्रो एउटा प्रश्नको जवाफमा कम्युनिष्टहरुको चरित्र कस्तो हुनुपर्छ भन्ने सवालमा उहाँले यसरी जवाफ दिनुभभएको छ – “कम्युनिजमले त मानवमात्रको कल्याण सोच्चे गर्छ । कम्युनिष्टहरु त आफू मर्छन्, तर मानवमात्रको कल्याण सोच्छन् । तर, अध्यात्मवादीहरुले उल्टो सोच्छन्, अनि कम्युनिष्टहरुको बद्नाम गर्छन् ।” यस्तै सिद्धान्त र विचार बोकेर आफूलाई विशेषतया कविता–काव्यमा समर्पित कवि युद्धप्रसाद त्यस युगका बलशाली कवि हुन् । धेरै दुःख खप्नु परे तापनि स्वाभिमानलाई जीवनकै दर्शन सम्झिन पाउँदा गौरव गर्ने कवि युद्धप्रसाद मिश्र युगले जन्माइदिएका जनताका कवि हुन् ।
वि.सं. १९८६ सालमा नै ‘अहिंसा प्रार्थना’ (लघुकथा) अप्रकाशित कृतिलाई श्री ३ भीमशमशेरले च्यातेर जलाइदिएको घटनाले बताउँछ ‘युद्ध’ नामअनुसारका प्रतिगामी तत्वहरुका लागि पोल्दो किसिमको ‘युद्ध’ नै सावित भई देखाए । आफू जिउँदोछँदा यिनी कविका प्रकाशित कृतिहरुमा (१) चरा (कवितासङ्ग्रह–१९९४) (२) अमरगाथा (कथासङ्ग्रह–२०१५) (३) मुक्ति रामायण, अरण्य काण्ड (खण्डकाव्य–२०२७) (४) मुक्तसुदामा (खण्डकाव्य–२०२९) र (५) बाढी (कवितासङ्ग्रह–२०२९) छन् । कविको अवसानपछि प्रकाशित कृतिहरुमा (१) युद्धप्रसाद मिश्रका कविताहरु (कवितासङ्ग्रह–२०४९) (२) स्कुल जाऔं (बालकवितासङ्ग्रह–२०५७) (३) स्कुल जान्छु (टम् टम् टम् (बालकवितासङ्ग्रह–२०६३) (४) विद्यार्थी बिरालो (बालकवितासङ्ग्रह–२०६३ (५) हाम्रो भैंसी बुबु दिन्छ (बालकवितासङ्ग्रह–२०६३) (६) मनमनै क ख भन्छु (बालकवितासङ्ग्रह–२०६४) (७) आँखैमात्र तर्छन् (बालकवितासङ्ग्रह–२०६४) (८) युद्धप्रसाद मिश्रका रचनाहरु (कवितासङ्ग्रह–२०६४) र (९) युद्धप्रसाद मिश्रका प्रतिनिधि कविताहरु (कवितासङ्ग्रह–२०७९) छन् । साहित्यको कसी नै व्यवहार हो भन्न रुचाउने कवि मिश्र भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा विक्रम सम्वत् १९६४ साल पुस २७ मा जन्मेका हुन् ।
स्वाभिमान बचाउन आफूलाई कष्टपूर्ण जीवनमा पनि क्षणहरु बिताउनुभई जीवनपर्यन्त अभावसँग जुझिरहने उहाँको चरित्र र भावनालाई आत्मसात गरेर वि.सं. २०५२ सालदेखि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानमा म पनि रहन गएको हुँ । केवलपुरे किसानको सभापतित्वमा २०५२–२०५६ को समितिमा प्रकाशन सचिव भई सेवा पु¥याएको सम्झना छ । २०५६–२०६२ सम्म जनकप्रसाद हुमागाईंको नेतृत्वमा तेस्रो कार्यकालसम्म प्रकाशन सचिव नै थिएँ म । गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा २०६३–२०६५ सम्म पनि प्रकाशन सचिव रह्यौं । जीवेन्द्रदेव गिरी अध्यक्षछँदा २०६५–२०६८ मा म उपाध्यक्ष थिएँ । वासुदेव अधिकारीको अध्यक्षतामा उपाध्यक्ष रही २०६८–२०७२ सम्म पनि उपाध्यक्ष भएर सेवा पु¥याएको अभिलेखमा प्रष्ट उल्लेख छ ।
यसरी युद्धप्रसाद मिश्रकै विचार–जगत्मा रुमल्लिन पाउँदा म आफूलाई गौरवशाली सम्झिन्थें । मेरो अध्ययनमा युद्धप्रसाद मिश्र युगलाई हाँक दिएर आफ्नो स्वाभिमान बचाएर दुःख, अभावसँग नलत्रिकन जीवन भोगेर जाने कवि हन् । यस खालका साहित्यिक योद्धा पाउनु गा¥हो छ – त्यही गा¥हो काम भोगेर पनि हाँसी–हाँसी आफ्नो जीवनलाई स्वाभिमानमा ढालेर जाने कवि हुन् – युद्धप्रसाद ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0