Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

प्रभातफेरी अनलाइन ३५९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ६, बुधबार (१० महिना अघि)
Post Thumbnail

भोलिबाट सुरु हुन गइरहेको एसईई परीक्षालाई मर्यादित बनाउने दायित्व सरोकारवाला सबैको हुनेमा दुई मत छैन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २ सय १६ ओटा विद्यालयहरूबाट ५ लाख १४ हजार ७१ विद्यार्थीहरुमध्ये छात्रातर्फ २ लाख ५७ हजार ७ सय ३०, छात्रतर्फ २ लाख ५६ हजार ३ सय ११ र अन्यतर्फ ३० परीक्षार्थीहरूले परीक्षा दिँदैछन् ।
नेपालमा २ हजार ७९ र जापानमा १ गरी कुल २ हजार ८० परीक्षा केन्द्रबाट परीक्षार्थीहरु सहभागी हुँदैछन् । कुल परीक्षार्थीहरूमध्ये १६ हजार ९ सय ४७ जना प्राविधिक धारतर्फका रहेका छन् । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ८ सय १७ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि कार्यरत हुने भएका छन् ।
पछिल्लो समय परिक्षा, परिक्षामा मात्रै सीमित हुँदै गएको छ । अझै भन्नुपर्दा कर्मकाण्डीको रुपमा परिक्षालाई आँकलन गरिएको छ । यसले परिक्षाको महत्वलाई दिन प्रतिदिन गिर्दाे अवस्थातर्फ लग्दै छ । शिक्षाको क्षेत्रमा यो राम्रो संकेत होइन । आजका बालबालिकाहरुमा पढ्नुपर्छ, राम्रो परिणाम ल्याउनुपर्छ भन्ने भावना नै छैन । यसको मुख्य कारण भनेको पढाइको महत्व घट्दै जानु हो । जसका कारण परिक्षाप्रति परीक्षार्थीहरु नै गम्भीर छैनन् । यदि मर्यादित ढंगबाट परिक्षा चलेको भए यो अवस्था आउने थिएन । बालबालिकामा यस किसिमको विचलन मौलाउने अवस्था सिर्जना हुनुमा सम्बन्धित सरोकार पक्ष जिम्मेवार रहेको हाम्रो निचोड छ ।
नपढीकनै प्रमाणपत्र पाइन्छ भने किन पढ्ने भन्ने मनोकांक्षाले बालबालिकामा खेती गरेको कारण परिक्षाप्रति जिम्मेवार छैनन् । यो अवस्था आउनुमा राज्य सञ्चालकदेखि लिएर अभिभावकसम्म जिम्मेवार छन् । आफ्ना बालबालिकाहरुको शैक्षिक अवस्थाका बारेमा परीक्षाको मुखमा आएर मात्रै चासो दिने परम्पराले मर्यादित परिक्षा हुन नसकेको ठम्याईमा हामी पुगेका छौं । पहिलो दायित्व त शिक्षक, अभिभावक र विद्यार्थी स्वयं नै यो सवालमा गम्भीर हुन आवश्यक छ । तब मात्र परिक्षालाई मर्यादित रुपमा अगाडि बढाउन सकिन्छ ।
शिक्षातर्फ भित्रिएको विकृति भनौं, अन्तिम परिक्षा सञ्चालन हुने केन्द्राध्यक्षहरुलाई प्रभावमा पार्ने काम स्वयं शैक्षिक संस्था सञ्चालकहरुको महत्वपूर्ण भूमिका रहेको देखियो । त्यसले संस्थागत विद्यालयमा पढ्ने बालबालिकाहरुमा त परिक्षा मर्यादित बनाउनुपर्छ भन्ने संस्कार नै हराएको पाइयो । जसको अनुशरण संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकामा पनि छिटफुट देखिएको छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने भोलि गएर नेपालको शैक्षिक जनशक्ति अहिलेको भन्दा पनि निकम्मा हुनेमा दुईमत नरहेको हाम्रो बुझाइ छ । त्यसैले सरोकारवाला निकायले भोलिबाट सञ्चालन हुन गइरहेको एसईई परीक्षालाई मर्यादित, अनुशासित र अनुशरण योग्य बनाउने छ भन्ने अपेक्षा हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    सरकार दिन प्रतिदिन दायित्वबाट पन्छिन भएन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0