Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नैतिकवान् जनशक्ति र गुणस्तरिय शिक्षा एभरेष्ट एकेडेमीको पहिचान होः संस्थापक अध्यक्ष थापा

प्रभातफेरी अनलाइन ५१६ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
नैतिकवान् जनशक्ति र गुणस्तरिय शिक्षा एभरेष्ट एकेडेमीको पहिचान होः संस्थापक अध्यक्ष थापा

संस्थागत विद्यालयमध्येको अब्बल विद्यालयको रुपमा आफूलाई उभ्याएकोमा नगरवासीको तर्फबाट धन्यवाद छः प्रमुख अतिथि अधिकारी

अभिभावकहरुको रोजाइमा पर्नसक्नु नै एभरेष्ट एकेडेमीको कुशलता होः अभिभावक थापा

बनेपा । विद्यालयका संस्थापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर थापा मगरले संस्थागत विद्यालयहरुमाझ आफ्नो कुशलता कायम राख्दै नैतिकवान् जनशक्ति र गुणस्तरिय शिक्षालाई आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभएको छ ।
सम्बोधनकै क्रममा विद्यालयले प्रदान गर्ने गुणस्तरिय शिक्षा र शुल्कको बारेमा तुलना गर्न नसकिने धारणा राख्नुभएको छ । कुनै पनि अभिभावकले आर्थिकका कारणले आफ्ना बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिनबाट बञ्चित गर्नुपर्ने छैन । त्यसको भरपर्दाे र आशाको धरोहर एभरेष्ट एकेडेमी भएको पनि बताउनुभएको छ ।
कार्यक्रममा सामाजिक व्यक्तित्व एवं बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको तर्क छ– बनेपा नगरभित्र रहेका संस्थागत विद्यालयमध्येको अब्बल विद्यालयको रुपमा आफूलाई उभ्याएकोमा नगरवासीको तर्फबाट एभरेष्ट एकेडेमी बनेपाप्रति धन्यवाद व्यक्त गर्दै जति पनि शिक्षाको क्षेत्रमा लगानी गरेको त्यसका बारेमा नगरवासीको तर्फबाट मुक्तकण्ठले सम्मान व्यक्त गर्नुको विकल्प नभएको बताउनुभएको छ । संस्थागत विद्यालयहरुको योगदान शैक्षिक गुणस्तर तथा सामाजिक रुपान्तरणका लागि कोसेढुंगा सावित हुँदै आएको आफूले पाएको अध्यक्ष अधिकारीले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
काभ्रे प्याब्सनका सल्लाहकार अधिवक्ता महेन्द्र थिङले आफू यस विद्यालयको पूर्व अभिभावक समेत भएको स्मरण गर्दै संस्थाको मापन धन, सम्पत्ति, मान, प्रतिष्ठा र पदले नभई संस्थाले समाजप्रति दिएको योगदानमा निर्भर पर्दछ । संस्थागत विद्यालयहरुमा एभरेष्ट एकेडेमीको योगदानलाई तुलना गर्ने कुनै त्यस्तो तराजु आफूले नदेखेको स्मरण गराउँदै अभिभावकहरुलाई आफ्ना बालबालिकाको उज्जवल भविष्य देख्न चाहनुहुन्छ भने एभरेष्ट एकेडेमीको विकल्प नखोज्न समेत आग्रह गर्नुभएको छ ।
समग्र अभिभावकहरुको प्रतिनिधित्व गर्दै उमेश यमन थापाले आफ्ना घरायसी समस्याहरुलाई थाँती राख्दै श्रीमान् श्रीमती दुवै रोजगारीमा हुँदा आफ्ना छोराछोरीको अवस्थाका बारेमा कति जानकार लिन सकिन्छ त्यसको बारेमा जति नै चर्चा गरेपनि अपुग हुन्छ । एउटा असल अभिभावकको भूमिका निर्वाह गरेर एभरेष्ट एकेडेमीले उत्कृष्ट छवि कायम गरेको छ । हामी अभिभावकहरुका प्रत्येक पीडाहरुमा मलमपट्टि लगाउने कार्य गरेर मन जितेकोमा यस विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै कुनै पनि अभिभावकहरुले आफ्ना गुनासाहरु आफू समक्ष तत्कालै सम्बोधन भएका कुनै संस्था छन् भने त्यो हो एभरेष्ट एकेडेमी । जसका कारण आगामी शैक्षिक सत्रका लागि तराईमा अध्ययनरत आफन्तका बालबालिकाहरुलाई समेत यही विद्यालयमा अध्यापन गर्नका लागि ल्याउन लागेको जानकारी समेत अभिभावक थापाले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
उक्त कार्यक्रममा परामर्शकर्ता शैक्षिकविज्ञ शान्ता दाहालले उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श समेत दिनुभएको छ । कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उत्कृष्ट पहिरन, नियमित पोशाक, नियमित उपस्थिति, सरसफाइमा चासो राखेर विद्यालयमा उपस्थित हुने विद्यार्थी र तिनका अभिभावकहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुन थापा मगरले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक उपलब्धी लगायतका विषयमा प्रष्ट्याउनुभएको छ भने कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक अध्यक्ष सुन्दर थापा मगरले गर्नुभएको थियो । गत शुक्रबार भएको अभिभावक दिवस, दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम २०८१ मा विद्यार्थीहरुले साँस्कृतिक झलक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरुको तर्फबाट वरिष्ठ सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईंले विद्यालयले २५ वर्षमा शैक्षिक क्षेत्रमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुहुँदै उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुभएका शिक्षकहरुलाई आफ्नो विरासत जोगाइराख्न आग्रह समेत सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ भने प्रि–प्राइमरीका बारेमा शिक्षक, अभिभावक, अतिथिहरुलाई इन्चार्ज पूर्णिमा फूयाँलले जानकारी गराउनुभएको थियो ।

भोलि ५ लाख १४ हजार परीक्षार्थी फलामे ढोका प्रवेश गर्दै

धुलिखेल । विद्यार्थीको फलामे ढोका मानिएको प्रवेशिका अर्थात माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । भोलिदेखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी काभ्रेमा पुरा भएको छ ।
एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् । ग्रेडबृद्धीका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित हुँदैछन् भने प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि हुनेछन् । कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागि हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।
परीक्षामा काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थी सहभागि हुनेछन् । पुरानो पाठ्यक्रम अनुसार २०७८ र २०७९ का ७ जना ग्रेड बृद्धीमा छन् । जसको लागि परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण गराईएको छ । जिल्लामा ३४ वटा केन्द्र मार्फत परीक्षा संचालन हुँदैछ । जसमध्ये तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्षले जिम्मेवारी पाएका छन् ।
बनेपाको चैतन्य मावीमा निशादेवी मानन्धर, पूर्ण सञ्जिवनी मावीमा गायत्री तिमल्सिना र हनुमान मावी पातलेखेतमा सरिता सुनुवार केन्द्राध्यक्ष रहनु भएको छ’–शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका इकाई प्रमुख उप सचिव देवका ढकालले भन्नुभएको छ ।
गत वर्ष ४० वटा परीक्षा केन्द्र कायम भएकोमा यो वर्ष विद्यार्थी संख्याका आधारमा ६ वटा कटौती गरिएर ३४ वटा मात्रै केन्द्र कायम भएका छन् । केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणसँगै परीक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराईएको छ ।
यसैबीच सहभागि केन्द्राध्यक्षहरुले परीक्षा संचालन खर्च कम भएकोमा गुनासो गरेका छन् । प्राविधिक तर्फ १० दिनको परीक्षाका लागि गरिएको ब्यवस्थापन ११ दिनलाई पु¥याउनु पर्ने भएकोले विमति जनाउन बाध्य भएको बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको जानकारी अनुसार स्वदेश र विदेशमा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २ सय १६ ओटा विद्यालयहरूबाट ५ लाख १४ हजार ७१ परीक्षार्थीहरुमध्ये छात्रातर्फ २ लाख ५७ हजार ७ सय ३०, छात्रतर्फ २ लाख ५६ हजार ३ सय ११ र अन्यतर्फ ३० जना परीक्षार्थीहरू नेपालमा २ हजार ७९ र जापानमा १ गरी कुल २ हजार ८० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुँदैछन् । कुल परीक्षार्थीहरूमध्ये १६ हजार ९ सय ४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका रहनेछन् ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ८ सय १७ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0