logo
२०८३ अषाढ ३, बुधबार |
📰
🔍

सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

प्रभातफेरी अनलाइन१८४ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार(१ साल अघि)
सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

काभ्रेपलाञ्चोक/ समालोचक श्रीहरि फुयाँलको समालोचना कृति सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण भएको छ । कवि सूर्य लाकोजूका छओटा कवितासङ्ग्रहलाई आधार बनाएर लेखिएको सो पुस्तकको लोकार्पण एक समारोह बीच वरिष्ठ समालोचक तथा साहित्यकार तथा कार्यक्रमका प्रमुअ अतिथि प्रा।डा। गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, डा तुलसी भट्टराई, प्रा. डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।

​कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्रा. डा. गोविन्दराज भट्टराईले लाकोजू मूलत कवि भएको र सूर्यको कवि व्यक्तित्व छिमेकी राष्ट्रसम्म लोकप्रिय भएको सन्दर्भमा समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलको सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए । गहन, गम्भीर, वस्तुगत, यथार्थपरक प्रस्तुति गरेर लेखकले समालोचकीय धर्मको निर्वाह कृतिमा गरेको विचार पनि उनले व्यक्त गरे । उनले सो कृतिका लागि स्रष्टा सूर्यप्रसाद र द्रष्टा श्रीहरि फुयाँल दुवैलाई बधाई दिए । कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, प्रा. डा. कुमार कोइराला, डा तुलसी भट्टराई, प्रा. डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृति समालोचनाको एउटा महङ्खवपूर्ण प्राप्ति बनेर नेपाली समाजमा स्थापित भएको विचार मन्तव्यकारहरुले व्यक्त गरे । ​कृतिमा एघार परिच्छेद छन् । कवि सूर्य लाकोजू र उनको कवित्वलाई चिनाउने कार्य यस कृतिले गरेको छ । समालोचक श्रीहरि फुयाँल जति धेरै विधामा कलम चलाउँदै आएका सफल स्रष्टा हुन् । उनको यो कृति ट्रान्सवल्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।