
प्रभातफेरी अनलाइन १८५७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २६, आईतबार (७ महिना अघि)
काठमडौं/ लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सी पदमा लायन राजन लम्साल निर्वाचित हुनुभएको छ । शनिबार काठमांडौंको प्रज्ञा भवनमा सम्पन्न निर्वाचनमा खगेन्द्र सिटौलालाई भारी मतान्तरले पछि पार्दै लायन लम्साल विजयी हुनुभएको हो ।

निर्वाचनमा लायन लम्सालले १ हजार ३ सय ८७ मत प्राप्त गर्दा सिटौलाले ५ सय ३१ मत ल्याउनुभयो । कुल २ हजार ३ सय ७१ मत भारमध्ये २ हजार ६० मत खसेको थियो । नेपालभरका १५ वटा डिष्ट्रिक्टका क्लबहरुबाट प्रतिनिधिहरुले भाग लिएको यो निर्वाचन लायन्स नेपालमा अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको थियो । यस निर्वाचनमार्फत लायन लम्साल लायन्स क्लब इन्टरनेशनलको इसामे क्षेत्र (भारत, दक्षिण एशिया तथा मध्यपूर्व) अन्तर्गत सन् २०२६–२०२९ कार्यकालका लागि अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवार बन्नुहुनेछ । उहाँ सन् २०२६ मा हङकङमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमा औपचारिक रूपमा निर्वाचित हुनुहुनेछ ।
लायन लम्सालले सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएर सामाजिक सेवा सुरु गरेका गर्नुभएको थियो । विभिन्न डिष्ट्रिक्ट र मल्टिपलस्तरका नेतृत्व भूमिका सम्हाल्दै आउनुभएका लायन लम्साल पछिल्ला तीन वर्षदेखि एलसीआईएफ एरिया लिडरका रूपमा क्रियाशील हुनुहुन्छ । लयन लम्सालको नेतृत्व र अनुभवले लायन्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालमा हाल ३२५ सी, डी, ई, एफ, जी, एच, आई, जे, के, एल, एम, एन, पी, आर र एस गरी १५ वटा डिष्ट्रिक्टरहेका छन् । कुल २ हजार ३ सय ७१ मतदातामा जस मध्ये सी बाट १९६, डी ९१, ई १२७ एफ ११६, जी १८८, एच १९६, आई ३०७, जे १४९, के १९२, एल ९४, एम१२३, एन ११०, पी १६९, आर १८६ र एसबाट १२९ मतभार संख्या रहेको थियो । लम्सालले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ आई मा ३०७ र सिटौलाले प्रतिनिधित्व गरेको डिष्ट्रिक्ट ३२५ डीबाट ९१ जनाको मतभार रहेको थियो ।
नेपालबाट हाल बालकृष्ण बुर्लाकोटीले नेपालबाट अन्तरराष्ट्रिय डाइरेक्टरमा प्रतिनिधित्व गरिरहेका छन् । भनेसञ्जय खेतानले यस अघि नै नेतृत्व लिई सकेका छन । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको रेसमारहेका छन । सिटौलाले हालसम्म आफ्नो डिष्ट्रिक्टबाट ५ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन् थिए भने लम्सालले आफ्नो डिष्ट्रिक्टबाट पहिलो पटक इण्डोर्सी लिएका हुन् ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |