Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

प्रभातफेरी अनलाइन ४४० पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ २५, बुधबार (६ महिना अघि)
मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

– माेहन दुवाल
अक्षरको शक्ति अपरम्पार छ । अक्षरलाई चिन्न सक्नु, अक्षरसँग स्पर्श गर्न खोज्नु, अक्षरमा डुब्न मनलाई लगाउनु र अक्षरमोहमा आफूलाई लिप्त राख्न सक्नुकै कारणले मान्छेका भित्र र बाहिर सौन्दर्य र सुन्दरता थपिंदै जान्छन् । अक्षर चिन्न गार्हो । अक्षरसँग माया–प्रेम साट्नु त झनै गार्हो ! अक्षरलाई शब्द र वाक्यमा घोल्दै रचना सोच्नु त झन गा¥हो ! यही गार्हो काममा मन राखेर निरन्तर लागिरहन सक्दा एकजना सबल सिर्जनशील मान्छे पो बन्दोरहेछ । अक्षरको इतिहासमा यस खालका परिदृश्यहरु चम्किला देखिंदा छन् । यही अक्षरको सम्मोहनमा पर्नुभएको देखिन्छ स्रष्टा मोती शोभा श्रेष्ठ । जीवनका धेरैजसो क्षणहरु राष्ट्रसेवामा समर्पित तुल्याउनु भई देश/विदेशका दृश्यहरु मन र आँखामा राख्न सफल राष्ट्रसेवी मोती शोभा श्रेष्ठले आफ्नो अनुभव, आफूले देख्नुभएका दृश्य–परिदृश्यहरु र देशको मनोदशाका साथै मानवीय संवेदनाहरु अक्षरमार्फत् पोख्नुभएको छ । समग्रमा भन्नुपर्दा भन्न सकिन्छ जीवनको उत्तरार्धमा उहाँले राम्रो बाटोका रुपमा साहित्यलाई रोज्नुभएको छ । मलाई निकै खुसी लागेको छ मोती शोभा श्रेष्ठले सही बाटो पछ्याउनु भई हिँडीरहन खोज्नुभएकोमा – सन्दर्भमा बधाई पनि भनिरहेछु ।

मोति शोभा श्रेष्ठ

मोती शोभालाई साहित्यिक गोरेटोमा भर्खरै मात्र भेटेको हुँ । उहाँका दुइटी छोरीहरु सृजना र सविनाका कविता र अन्तर्वार्ता जनमतका पूर्णाङ्क ११ र १२ मा अर्थात् २०४६ चैतमा र २०४७ वैशाखमा प्रकाशन भएको प्रमाणहरु जनमतमा सुरक्षित छ । जेठी छोरी सृजना र कान्छी छोरी सविना दुवैजना चिकित्सक रहनुभई व्यस्त हुनुभएर पनि कवितामा त्यही बेलादेखि हालसम्म पनि लेख्दै आउनुहुने कविहरु हुनुहुन्छ । सृजना जनमतबाट सम्मानित ‘चिकित्सक कवि’ पनि रहेको सन्दर्भमा चर्चा गर्न पाउँदा खुसी लागेको छ । मोतीशोभा श्रेष्ठलगायत डा. सृजना श्रेष्ठ र डा. सविना श्रेष्ठ यस वर्ष मात्र जनमतका संरक्षक रहनुभएको छ । यसरी अक्षर र साहित्यमार्फत् यी तीनजना नारीस्रष्टाहरुसँग दौत्य सम्बन्ध गाँसिन पुगेको छ । यसै क्रममा जनमतको ‘मनोभावना’ मा मोतीशोभा श्रेष्ठलाई पनि स्रष्टाका रुपमा सम्बन्ध गाँस्न पाएको छु । तीनजना स्रष्टाहरु छोरीहरु र आमा भएर सिर्जनापथमा आफूसक्दो मायापीर्ति एकअर्कामा साटेर साहिय लेखनमा देखापर्दै आउनुभएको छ ।
मेरो हातमा मोति शोभा श्रेष्ठको ‘अल्झेका धागाहरु’ लघुकथासङ्ग्रहबारे केही लेख्नु भनेकैले पाण्डुलिपि हेरिरहेको छु । ५० वटा लघुकथाहरु समेटिएको लघुकथासङ्ग्रह ‘अल्झेका धागाहरु’ का साथै ६० वटा लघुकथाहरु प्रकाशित समेटिएको लघुकथासङ्ग्रह ‘चियाको चुस्की’ पनि हेर्दैछु । सबैजसो लघुकथामा समसामयिक विषयलाई आफ्नो कथात्मक शब्द–शैली संप्रेषण गर्नुभएर कथा बनाउनुभएको छ । आख्यानमा लघुउपन्यासहरुको साथै लघुकथाहरु लेख्नुभएर आफूलाई कथाकार र उपन्यासकारका रुपमा चिनाउन प्रयत्नशील रहनुभएकी मोतिशोभाले आफ्नो सिर्जनामार्फत् आफूलाई इमान्दार लेखिकाका रुपमा चिनाउन खोज्नुभएको छ । सङ्ग्रहमा समेटिएका अधिकांश कथाहरुमा जीवनका भोगाइहरु, समाजमा देखिने घटनाहरु, आफ्ना अनुभवका कुराहरुलाई सरल भाषाशैलीमा पोख्नुभएको छ । उदाहरणका लागि उहाँका थुप्रै कथाहरुमा माथि उल्लेख भएका विषयवस्तुहरु समेटिएका छन् । सङ्ग्रहमा पहिलो क्रममा राखिएको कथा ‘पहाड रुन्छ’ मा कथाकार मोति शोभाले मान्छेबाट प्रकृतिमाथि भइरहेको बलात्कार, दोहन र आक्रमणलाई मार्मिक ढङ्गले  यसरी पोख्नुभएको छ — “बाटो बनाउँदा त्यहाँको चट्टान माटोको हेक्का नराखी कमिसन खाने लोभले मेरो छातीमा बुलडोजर चलाएर मलाई घाइते बनाए । वातावरणलाई विचार गरेर मात्र रुख कटान गरेको भए त्यस्तो हुने थिएन । शरीरमा जताततै भएको घाउको पीडा सही बाँच्नुपरेको छ । यी सब मेरो मात्र दुःख पीडा नभई मेरो वरिपरि बसेका सबै पहाडहरुको पीडा हो ।”
मोतिशोभा श्रेष्ठको दृष्टिमा साहित्यलेखन भनेको —“ समाजमा विद्यमान सामाजिक विभेद र विसङ्गति, महिला जागरण र चेतनाको अभिवृद्धिले समाजमा आएको परिवर्तन आदि कुराहरु हुनाका साथै सरल र यथार्थ रुपमा प्रस्तुत गर्न सकियो भने सर्वसाधारणले पनि सजिलैसँग बुझ्न र पढ्न सकिनेछ भन्ने मेरो धारणा र ठम्याई छ ।”  यस्तै खालका धारणा र ठम्याईबाट उहाँले आफ्ना रचनाहरु संप्रेषित गर्न खोजिरहनुभएको छ । उहाँकै रचनाहरुले उहाँ देशमा पनपिरहेको विसंगति पुष्टि गर्न चाहनुुहुन्छ । त्यसैले उहाँले ‘बुँख्याचा’ लघुकथामा देशमा जति हुनुपर्ने प्रगति नभएको, देशबाट युवाहरु डरलाग्दो ढङगले पलायन हुन थालेको र नेताहरुले ‘बुँख्याचा’ ले भन्दा कममात्र सेवा पु¥याएको सन्दर्भलाई यसरी कोट्याउन रुचाउनुुहुन्छ —“देशको अवस्था गाउँको अवस्था, युवाहरुको विदेश पलायन आदिबारे अनेक कुरा मनमा खेलाउँदै नेताहरुलाई सम्झें । अहिलेको स्थितिमा देश हाँक्ने नेताहरुभन्दा त यी निर्जीव बुँख्याचा नै राम्रो लाग्यो । निर्जीव भइकन पनि बुँख्याचाले चराचुरुङ्गीहरुबाट बाली बचाउने दायित्व पूरा गरिररहेको छन् भन्ने सोच्दै कोठाभित्र छिरें ।” यी माथि उल्लेख भएका देशप्रति व्यक्त हुने अनास्थाहरु मोति शोभाहरुजस्ता आम स्वतन्त्र बुद्धिजीवीहरुकै अनास्थाका कुराहरु हुन् । कथाकार मोतिशोभाले देशमा नभएका प्रगतिहरु हेरेर नेताहरुको गैरजिम्मेवार कृयाकलापहरुप्रति कथाहरुमार्फत् असन्तोष व्यक्त गर्नुभएको छ ।
नेपालीमा लघुकथा लेख्न सुरु भएको पनि सातदशक अवधि भर्खरै नाघिसकेको छ । नेपाली लघुकथाले विभिन्न घुम्टीहरु पार गरिसकेका छन् । यसैक्रममा पछिल्लोपटक मोति शोभा श्रेष्ठले आफूलाई लघुकथाकार र लघुउपन्यासकारका रुपमा भर्खरै नेपाली साहित्यमा आफ्नो मुहार देखाउनुभएको छ । मेरो भन्नुमा ‘चियाको चुस्की’ लघुकथासङग्रहमा उहाँले लेख्नुभएको छ — “यस सङ्ग्रहमा कथाहरुमा विविध विषय, परिवेश, घटना र परिकल्पनाहरु समेटिएका छन् ।” यस खालका भावना र विषयवस्तु संप्रेषण गर्नुभएर उहाँले कथा लेख्नुभएको छ । गाउँको दुःखमा अप्ठ्यारोढङ्गले बाँच्न वाध्य पारिएका महिलाहरु ‘असमयमै झरेका पात’ जस्तै भएका छन् । उनीहरु पिस्सिएका छन् । भएका गाउँका पुरुषहरु प्रायः एकदम निकम्मा छन् । घर र खेत सबै महिलाहरुको जिम्मामा छ । खराब बानी भएका पुरुषहरु काममा श्रीमतीहरुलाई सघाउनुको सट्टा दिनभरि तास खेली साँझ रक्सी खाई घर फर्कन्छन् । घरमा उनीहरुको कुरा श्रीमतीहरुले मानेन भने श्रीमतीहरुलाई कुट्छन् ।” गाउँको स्थिति, देशको अवस्था र नेताजीहरुको चर्तिकला हेरेर मन दुखेको घटना–प्रसङ्गहरु केही कथाहरुमा स्पष्ट राख्नुभएको छ ।
कुनै–कुनै कथामा प्रेम–प्रसङ्गहरुको उल्लेख भएका छन् । उहाँका कथामा मानवीयता मर्म भएर खुलेका छन् । प्रत्येक कथामा जीवनका प्रसङ्गहरु आफ्नै भाषा र शैलीमा पोख्नुभएको छ । प्रत्येकजसो कथामा उहाँले आफ्नै मनका कुराहरु पात्रहरुमार्फत् पोख्न लगाउनुभएको छ । समय क्रममा घटिरहेका घटना सन्दर्भहरुलाई कथाकै रुपमा प्रस्तुत गर्नुभएको छ । सङ्क्षेपमा भन्नुपर्दा भन्न सकिन्छ मोति शोभा श्रेष्ठका ‘अल्झेका धागाहरु’ प्रस्तुत गरिएका लघुकथाहरुमा समाजका विविध खालका चरित्रहरुको पटाक्षेप भएको छ । प्रेमका कुराहरु, व्यवहारका यथार्थहरु, नेपाली जनमन निराश बोकेर विदेश पलायन हुने चरित्रहरु, देश हाँक्ने नेताहरुको ‘बुँख्याचा’ को भन्दा निकृष्ट स्वरुपहरु, राजनीतिक विसंगतिका दुर्दशापूर्ण परिदृश्यहरु कथामा समाविष्ट छन् । कथामा प्रयोग भएको भाषा सरल छन् । कथामा समेटिएका विषयवस्तुहरु पनि सान्दर्भिक छन् । मोति शोभा श्रेष्ठको कथामा भएको यो प्रवेश सुखद् रहोस् – साहित्यमा राख्नुभएको मर्मशील मनमा अझ सुन्दरता थपिंदै जाओस् – सुखद् रहोस् यात्रा — शुभकामना छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0