
प्रभातफेरी अनलाइन ३३५ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार (५ महिना अघि)
पनौती/ नेकपा माओवादी केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य तेज वहादुर मिजारले नेपाली कांग्रेस र एमालेले मुलुकबाट जातिय उत्पिडन नहटोस भन्ने चाहन्छन् भन्नुभयो ।
नेकपा माओवादी केन्द्र पनौती नगर समितिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त भनाइ नेता मिजारले राख्नु भएको हो ।
कार्यक्रलाई सम्बोधन गर्दै नेता मिजारले थप्नुभयो-मुलुकमा जुन ब्याबस्था आएको छ त्यसबाट एमाले,काग्रेंस सन्तुष्ट छैनन उनिहरु यो मुलुकबाट जातिय उत्पिडन नहटोस भन्ने चाहन्थे ! बिडम्बना उनिहरुको दिवा सपना १० बर्से जनयुद्ध र १९ दिने दोश्रो जनआन्दोलनले तुयाइदियो परिवर्तन एमाले काग्रेसको चाहना होइन बाध्यता थियो । २००६– २००७ सालको जनविद्रोहबाट प्राप्त प्रजातन्त्रमा कांग्रेस र कम्युनिष्टहरू राणा धपाउ अभियानपछि यथास्थितिमै रहे । २०१७ सालमा राजा महेन्द्रले त्यो व्यवस्था कु गर्यो २०४६–०४७ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थामै कांग्रेस र एमालेहरू रोकिए र राजालाई शिरमा राखेर बसे । नेपालमा गणतन्त्र काल्पनिक चराको नाम हो भन्दै संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थालाई नै प्रमुख पदमार्ग भन्दै सोही व्यवस्थामा राजालाई पाउमा दाम चढाएर आफ्नो शासन चलाइरहे युगौंदेखिको सामन्त निरङ्कुशतन्त्रलाई अझ मजबुत बनाउँदै शोषित उत्पीडित वर्गमाथि उही सामन्ती सत्ताको नक्कल गर्दै शासन गर्दै रहेको कारण नै त्यो व्यवस्था नेपाली जनताको व्यवस्था छँदै थिएन र हुनै सक्दैन थियो पनि ।
२०५२ सालबाट माओवादी विचारधारा बोक्नेहरुले जनयुद्ध सुरु गरे देशलाई युगौंदेखिको जातिय उत्पिडन र दासत्वबाट नेपाली जनतालाई मुक्ति गराउन जनयुद्ध थालियो जनयुद्धमा मरिन्छ थाहा थियो तथापि देशलाई दासत्वबाट मुक्ति गराउन मर्नको लागि हजारौं लाखौं लामबद्ध भए । त्यसैको परिणाम स्वरूप देश २०६४ मा गणतन्त्रमा गयो यतिमा मात्रै सिमित राख्न चाहने पुरातनवादी दलहरु पुरातन बुजरुवा वर्गहरू लागि परिरहेको छ । यथास्थितिमा माओवादी विचारधारालाई रोक्नको लागि, लागिपरिरहेको छन् । यसैको श्रृङ्खला स्वरूप माओवादी पार्टीभित्र टुटफुट विभाजन को श्रृङ्खलाहरू देखा परे जसको कारण माओवादी रोकिन्छ भन्ने स्वदेशी विदेशी दलालहरूले सोचिरहेका छन् यतिमा मात्रै माओवादीहरू रोकिने वाला छैन देशमा वैज्ञानिक समाजवाद लागूका लागि निरन्तर लागि पर्नेछ । देश अझै रूपान्तरण हुन बाँकी छ गरिब वर्गहरूको रूपान्तरण भइसकेको छैन ।
दलालहरू गणतन्त्रलाई धरापमा पार्नको लागि षड्यन्त्रको तानाबुना बन्दैछ तर यी सम्पूर्ण चिजहरूमा माओवादीहरू सचेत छ । अब माओबादीहरु देशी विदेशी षड्यन्त्रकारीहरूको षड्यन्त्रलाई चिर्दै देशलाई एक उन्नत समाजमा रूपान्तरणको लागि २१औँ शताब्दीमा नेपाली विशेषताको वैज्ञानिक समाजवादतिर जानुपर्नेछ। यहाँ वर्गीय शोषण वर्गीय विभेदको अन्त्य गर्ने नेपाली मौलिकतामा समावेश हुने समाजवाद लागू हुनेछ त्यसैले सबैले २०८४ मा माओवादीलाई एकपटक पूर्ण समर्थन गर्दै राज्यको मूलधार परिवर्तनको लागि दुई तिहाई बहुमत दिनुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनौती नगर समितिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । वैचारिक र संगठनात्मक सुदृढीकरणलाई लक्षित गरेर गरिएको यस प्रशिक्षणमा विभिन्न विषयका विशेषज्ञ प्रशिक्षकहरूले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभाको सांसद क.रुकु चौलागाईं, बागमती प्रदेश सचिव क. छिन्ताङ, जिल्ला संयोजक भोला अर्याल, नगर इञ्चार्ज होम बहादुर खुलाल र जिल्ला सदस्य रमेश हुमागाई लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै प्रशिक्षणले पार्टी कार्यकर्ताको वैचारिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन नगर समिति सचिव क. बुद्ध लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगर समिति उपाध्यक्ष सन्त ब. तामाङले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दर्शनशास्त्रदेखि लिएर राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, संगठनात्मक अभ्यास, राज्य सत्ता र आधुनिक सुचना प्रविधिसम्मका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिइएको थियो। जसमा रघुनाथ सुवाल : दर्शनशास्त्र, दैवलाल घिसिङ (अनुशील) : राजनीतिक अर्थशास्त्र, माक्र्सवादी अर्थशास्त्र, विश्व र समाजवादी व्यवस्था, कृष्ण अधिकारी : वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, विनोद घिसिङ : कम्युनिष्ट संगठन र संगठनात्मक अभ्यास, तारा राना तिमल्सिना : राज्य सत्ता, सरकार सञ्चालन र उत्पादन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा नगरमा रहेको १२ वडा मध्य १० वडाबाट कार्यक्रममा सहभागि जनाएका थिए । ९५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको । सहभागीहरूले प्रशिक्षणलाई अत्यन्तै उपयोगी साथै समयानुकूल भएको बताउँदै यस्ता कार्यक्रमले पार्टीप्रति आस्था र जिम्मेवारी थप प्रगाढ बनाउने धारणा वक्ताहरुले राख्नुभएको थियो ।
आयोजक नगर समितिका अनुसार, प्रशिक्षणले कार्यकर्तामा वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रविधिको उपयोगबारे व्यावहारिक समझ बढाउने अपेक्षा गरिएको छ । साथै, पार्टीको कार्यदिशा, समाजवादी आन्दोलनको महत्व र आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत संगठनलाई जनस्तरसम्म पुर्याउने रणनीति पनि प्रशिक्षणमार्फत प्रस्तुत गरिएको थियो ।
नगर समितिको अध्यक्ष हस्त बहादुर तामाङले समापन मन्तव्य दिँदै, पनौती नगर समितिले आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा वैचारिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमको संचालन नगर सचिब बुद्ध तामाङले गर्नुभएको थियो ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |