Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २९, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गैर राजनीतिक सरकारबाट विकासका अपेक्षा राख्न सकिन्न : नगर प्रमुख वाइवा

समाजसेवा समूह कुन्ता काभ्रेको ३४ औं बार्षिक सभा सम्पन्न

प्रभातफेरी अनलाइन १२९ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार (७ महिना अघि)
गैर राजनीतिक सरकारबाट विकासका अपेक्षा राख्न सकिन्न : नगर प्रमुख वाइवा

काभ्रेपलाञ्चोक/ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइवाले गैर राजनीतिक सरकारबाट विकासको अपेक्षा राख्न नसकिने बताउनुभएको छ । सामाजिक क्षेत्रमा अब्बल गैर सरकारी संस्थाको रुपमा स्थापित समाजसेवा समूह कुन्ता काभ्रेको ३४ औं बार्षिक सभा तथा स्थापना दिवसलाई सम्बोधन गर्नेक्रममा वाइवाले गैर राजनीतिक सरकारले जनचाहना अनुसार काम गर्न नसक्ने बताउनु भएको हो ।

नगर प्रमुख वाइवाले जेनजी आन्दोलनको मर्म बिपरित सरकार गठन भएको समेत दावी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ – ‘जेनजी आन्दोलनको मर्म बिपरित गठन भएको सरकारसंङ्ग तोकिएको मितिमा निर्वाचन बाहेक अरु अपेक्षा राख नसकिन्न । संबिधानको सर्वोच्चता, कानुनी राज्य, बिधिको शासनमा रहेर फाल्गुन २१ मा निर्वाचन सम्पन्न गर्न सक्नु नै यो सरकारको उच्च उपलब्धि मान्नु पर्छ । जहाँ सम्म समाज सेवा समुहको सवाल छ यो संस्थाको जति नै गुणगान गाए पनि अपुग रहन्छ यो संस्थाले समाज रुपान्तरण पुर्याएको योगदानको बारेमा भन्ने हो भने स्थानीय सरकारको अधिकार भन्दा बाहिर गएर भए पनि संस्थाले पुर्याएको योगदानको कदर गरेरै नविकरण लगाएतका सम्बन्ध बिकास गरिएको यथार्थ पस्कदै संस्थालाई जिवन्त दिनका लागि साझेदारी अन्तर्गत सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पार्दै केही कानुनी अड्चनका बाबजुद पनि संस्थाबाट प्रदान गरिएका सेवालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका साथ हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदै प्रत्येक गैरसरकारी संस्था मात्र होइन सामुदायिक स्कुलहरुले पनि अक्षयकोष स्थापना गरेर अगाडि जान सके मात्र यस किसिमका संघ संस्था र सामुदायिक बिधालय चलायमान हुन सक्ने छ, त्यसका लागि फिप्टिफिप्टी साझेदारी गर्न नगरपालिका तयार भएको प्रष्ट पार्नु भएको छ ।’

कार्यक्रममा नगर उपप्रमुख बिष्णुमणि नेपालले समाजसेवा समूहले मण्डन देउपुरक्षेत्रको स्वास्थ्य सेवामा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । उपप्रमुख नेपालले उक्त संस्थाले सुरुवातदेखिनै परदर्शी रुपमा संस्था अघि बढ्दै मुलुकमा राम्रो स्वास्थ्य सेवा नपाउने बेला प्रशुति सेवा सञ्चालन गरेर उल्लखनिय योगदान पुर्याएको बताउनुभयो । सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि देशका प्रमुश शरहका अस्पताल धाउन पर्ने अवथामा रहेका बेला देउपुर, मण्डन लगायत सिन्धुपाल्चोकका धेरे क्षेत्रको स्वास्थ्य सेवा विशेषगरी प्रसुती स्वास्थ्य सेवा लिन जाने प्रमुख गन्तव्य बनाएको समाजसेवा समूहले गरेका योगदानको स्मरण गर्दै नेपालले आगामी दिनहरुमा पनि सेवाभावले सक्रिय रहिरहने आशा व्यक्त गर्नुभयो । उहाँले हिजो जतिबेला आवश्यक थियो त्यो बेला संस्थाले पु¥याउनुपर्ने योगदानमा कुनै कमी नराखेको बताउँदै पछिल्ला दिनहरुमा मुलुकको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको र स्थानीय तहले समेत सेवा सञ्चालनमा ल्याएकाले सहज हुँदै गएको बताउनुभयो । नेपालले संस्थाले गर्दै आएका कामहरु नगरअस्पतालबाट हुन थालेकाले अब परिमार्जन सहित थप सेवा विस्तार गर्दै अघी बढ्नुपर्ने बताउनुभयो । उहाँले संस्थाको स्रोत व्यवस्थापन सहित अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै थप कायक्रमहरुकालागि सबै पक्षले छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेरेसो काभ्रे शाखाका सभापति देवेन्द्र भैल, सामाजिक ब्यक्तित्व भरत बिष्ट, संस्थाका पुर्व अध्यक्ष वर्तमान अध्यक्ष रत्न कुमार ठकुरी, नेपाली काग्रेंस मन्डनदेउपुर नगर सभापति कष्यप पौडेल लगायतले संस्थाले समाज रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै सम्बोधन गर्नु भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रत्न कुमार ठकुरीले गर्नु भएको थियो भने संचालन संस्थाका सचिव उद्दब प्रसाद पौडेलले गर्नु भएको थियो साधारणको बन्दसत्रले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पास गर्नुको साथै नेपाल परिवार नियोजन संघसङ्ग भएको सम्झौतालाई अनुमोदन गरेको छ ।

२०४८ सालमा स्थापना भएको समाजसेवा समूहले स्थापना कालदेखि स्वास्थ्य उपचारको क्षेत्रमा उल्लखनिय योगदान पुर्याउँदै आएको छ । संस्थाले प्राथमिक उपचार, प्रसुती सेवा संस्थाको कार्यालय कुन्तावेशीबाट उपलब्ध गराउँदै आएको छ भने एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साविकका गैह्रिविसौना देउपुर, नयाँगाउँ देउपुर, बालुवापाटी देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, ज्याम्दी मण्डन, जैसीथोक मण्डन तथा सिन्धुपाल्चोक जिल्लाको भिमटार, सिपापोखरे, मेलम्ची क्षेत्रका नागरिकहरुले सेवा लिने गरेका थिए । संस्थाबाट सञ्चालित स्वास्थ्यकेन्द्रमा औलो, टाइफाइट लगायतको रोगको उपचार र रोमथाममा प्रमुख भूमिका समेत रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0