Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडक निर्माण तीव्र बनाउन मन्त्री कुलमान घिसिङकाे निर्देशन

अरनिकाे राजमार्गकाे सूर्यविनायक – धुलिखेल खण्ड विस्तार कार्य ५०% सम्पन्न

प्रभातफेरी अनलाइन १३८ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १२, बिहिबार (३ महिना अघि)
सडक निर्माण तीव्र बनाउन मन्त्री कुलमान घिसिङकाे निर्देशन

सूर्यविनायक / अरनिकाे राजमार्गकाे सूर्यविनायक- धुलिखेल खण्ड विस्तार कार्यकाे भाैतिक प्रगति ५० प्रतिशत माथि पुगेकाे छ । पछिल्लाे समय ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले अनुकूल मौसमको फाइदा उठाउँदै देशभरका सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएसँगै निर्माणकार्य सूचारु रहेका आयाेजनाले तिब्रता पाएका छन् ।

सूर्यविनायक–धुलिखेल १५.८ किलोमिटर सडकको ६ लेन विस्तारको काम दुई प्याकेजमा भइरहेको छ । सूर्यविनायक–साँगा (८.३ किमी) : ४५% प्रगति भएकाे छ भने साँगा–धुलिखेल (७.५ किमी)  ५५% प्रगति माथि पुगेकाे छ । याे खण्डमा करिव २ किलाेमिटर सडक कालाेपत्रे समेत भएकाे छ । दुवै प्याकेजमा टेवा पर्खाल र नाली निर्माण ९५% पूरा भइसकेको छ।

मन्त्री घिसिङले निर्णय बाँकी विषय तुरुन्त टुंग्याउन, जनशक्ति र उपकरण थप्न, र आगामी असारभित्र सडक विस्तार पूरा गर्ने लक्ष्यसहित काम गर्न निर्देशन दिएका छन्। उनले बजेट अभाव नहुने बताएका छन्, यद्यपि परियोजनाका लागि ७० करोड विनियोजन गरिएको छ भने करिब ४ अर्ब थप आवश्यक रहेको छ। मन्त्री घिसिङले सरकारले थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चालू आर्थिक वर्षमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

घिसिङले सिमा विवाद रहेकाे बनेपा खण्डकाे निर्माणकार्य सुचारु गराउन समस्या समाधानका लागि समन्वय र सहजिकरण गर्न बनेपा नगरपालिकालाई आग्रह गरेका छन् ।

अनुकूल मौसम र मन्त्रीको कडा निर्देशनसँगै सडक निर्माण आगामी महिनामा अझ तीव्र हुने अपेक्षा गरिएको छ। राजमार्गमा सूर्यविनायक- साँगा खण्डमा एकवटा पुल र साँगा धुलिखेल खण्डमा दुईवटा पुल निर्माण गर्नु पर्ने छ । जसमा साँगा-धुलिखेल खण्डकाे भैंसेपाटीमा पुन निर्माणकाे कार्य अघि बढिसकेकाे छ । सिमा विवादका कारण बनेपा पुण्यमाता खाेलाकाे पुलकाे निर्माणकार्य भने सुरु भएकाे छैन । साथै पुलबजार देखि बनेपा बजारकाे खण्ड सिमा विवादका कारण निर्माणकार्य राेकिएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0