Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लैङ्गिक हिंसा बिरुद्धको १६ दिन अभियान आजबाट सकिँदै

अभियान्ताहरु थपिँदै गएता पनि हिंसाका घटनामा भने सुधार आउन नसकेको अभियान्ताहरुको दावी

प्रभातफेरी अनलाइन २१५ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २५, बुधबार (३ महिना अघि)
लैङ्गिक हिंसा बिरुद्धको १६ दिन अभियान आजबाट सकिँदै

काभ्रेपलाञ्चोक/ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (आज) सम्म मनाईंदै आएको लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रत्येक वर्ष अभियान्ताहरु थपिँदै गएता पनि हिंसाका घटनामा भने सुधार आउन नसकेको अभियान्ताहरुनै स्विकार्छन् ।


सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा अग्र पंक्तिमा रहने नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, लायन्स क्लब, लियो क्लब लगायत विभिन्न गैरसरकारी संस्थाहरुले १६ दिने अभियानलाई उच्च प्राथमिकतामा राखेर चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यहि अभियान अन्र्तगत धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, रोटरी क्लब अफ केयुएमएस, लियो क्लब अफ केयुएमएस, नेपाल हेल्थ कप्र्स, नेपाल मानवअधिकार संगठन, लायन्स क्लब अफ केटिएम पूर्व क्षितिज लगायतका मानवीय सेवामा समर्पित संस्थाहरुले चलाएको अभियानले समाजमा लैङ्गिक हिंसामा कमि आउने दावी गरिरहँदा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी निरिक्षक मेहेगी ल्हामु तामाङ, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपती लगायत सामाजिक अभियानताहरुको एउटै आवाज लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र चलाएर समस्या समाधान नहुने जिकिर समेत गर्नुभएको छ ।

 

यस वर्षको नारा ‘‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं’’ भन्दै सुरु भएको यो अभियानले आज विट मार्दै गर्दा समिक्षात्मक रुपमा तत् तत् पक्षहरु सामाजिक रुपमा उठ्न जरुरी रहेको लायन्स अभियान्ता गभर्नर लायन पार्वती खरेल पाण्डेको टिप्पणी छ । पछिल्लो समय डिजिटल माध्यमबाट हुने र्दुव्यवहार, अनलाइन उत्पिडन, कानुनी कारवाहीका चूनौती तथा पीडित जीवनको सुरक्षा पहुँचबार व्यापक बहस हुन आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका मन्त्री राजु सिग्देलले बताउनुभएको छ । अभियानका क्रममा शाखाले चेतनामुलक अभिमुखिकरण कार्यक्रम, चेतनामुलक सन्देश ¥याली (प्रभातफेरी), रक्तदान, सूचनामुलक सन्देश प्रवाह, हस्ताक्षर संकलन लगायतका सामाजिक कार्यक्रम गरिएको समेत मन्त्री सिग्देलले बताउनुभएको छ । यो अभियानका बारेमा जजसले जुन जुन कोणबाट समिक्षा र परिभाषित गरेपछि १६ दिने अभियानको पृष्ठभूमिमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको क्रस सेतो रिवन अभियानको सुभारम्भ सन् १९९१ मा क्यानडाबाट भएको थियो । यस अभियानको पृष्ठभूमिमा, सेतो रिबन अभियान सन् १९९१ मा क्यानाडामा सुरु गरिएको हो । जब Ecole Polytechnique मा १४ महिला मारिएका थिए, महिलामाथि हुने हिंसाविरुद्ध पुरुषहरूले आवाज उठाउँदै “हिंसा नगर्ने, सह्य नगर्ने र मौन नबस्ने” प्रतिज्ञाका रूपमा सेतो रिबनलाई प्रतीक बनाइयो । सेतो रिबन आज विश्वभर शान्ति, समानता र सम्मानको संकेतका रूपमा प्रयोग हुँदै आएको छ ।

यस्तै, १६ दिने अभियान (१६ Days या Activism Against Gender–Based Violence) पनि सन् १९९१ मै Rutgers University– अन्तर्गतको Center for WomenÚs Global Leadership (CWGL) बाट सुरु भएको अभियान हो, जसले नोभेम्बर २५ (महिलामाथि हिंसा अन्त्य अन्तर्राष्ट्रिय दिवस) देखि डिसेम्बर १० (मानव अधिकार दिवस) सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्ध जागरणका कार्यक्रमहरू सञ्चालन गर्छ । यसैलाई आधार मान्दै नेपालमा यो अभियान नेपालमा सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि आधिकारिक रुपमा वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना/शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफल लगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

यसरी लैङ्गिक हिंसा बिरुद्धको अभियान मनाउन थालिएपछि नेपालमा हिंसाका घटनामा भने कमि आउन थाले पनि उल्लेख्य सुधार भने हुन सकेको छैन । आजपनि मुलुकमा कैयौं महिला हिंसाका घटना गुपचुपमै रहने गरेका छन् । समाजमा इज्जत जाने र बदनाम भइने डर, न्युन आर्थिक अवस्था, राजनीतिक ढाकछोप लगायतक कारणपनि महिलामाथि हुने हिंसामा पिडितले न्याय नपाउने गरेका छन् । यसको पछिल्लो ज्वलन्त उदाहरण निर्मला पन्त हत्याको घटना हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0