प्रभातफेरी अनलाइन ४ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ८, शुक्रबार (७ घण्टा अघि)

✍️ सनुजा श्रेष्ठ , पोखरा
हटाए हृदयबाट तिमीलाई
पर्खाइले सीमा नाघेपछि
हटाइ हेरे हृदयबाट तिमीलाई
मन शान्त बनेको छ
हटाउँदा तिमीलाई
गल्ती मेरै थियो
तिम्रा शब्दभित्र हृदय खोज्नु
कति थिए झुटहरू?
सबैलाई विश्वास गर्नु
पर्खाइले सीमा नाघ्यो
तिम्रो बदलिएको मन, फर्क्दैन लाग्यो
हटाइ हेरे हृदयबाट मन शान्त भएको छ
हिजो तिमी चाहन्थ्यौ
तिम्रा साथीलाई हटाऊ भन्ने
आज मैले हटाए उहाँहरूलाई
तिमीलाई देख्न नपरोस् भनि
हटाउँदा मन काँप्यो
तर सम्मानका पुष्प उनेर
मनमनै माफी मागी हटाए उहाँहरूलाई
केवल तिम्रो छाया देख्न नपरोस् भनेर
थोपा थोपा झरिरह्यो आँसु
बिना गल्ती सजाए भोगिरहेँ
तिमीलाई विश्वास गर्नु
आफ्नै कमजोरी सोचिरहेँ
आज हृदयबाट हटाए
मन शान्त भएको छ
तिमीसँगै धेरै कुरा हट्यो मनबाट
प्रेम, विश्वास
कठोर बनि बाँच्न सक्ने
हृदय छैन मसँग थाहा छ तिमीलाई
तर विश्वास गर्न पनि
हृदय बाँचेन कसैलाई
मेरा आँसुका थोपा थोपा
नदी बन्दा पनि तिमी फर्केनौ
घमण्डले
र
हटाए हृदयबाट तिमीलाई
मैले हृदयबाट हटाउँदा
तिम्रो प्रगति नहटोस्
भाग्य नहटोस्, कामना जीवनभरिलाई
हटाए तिमीलाई तिमीले जस्तै
ओठ हाँसेको छ
मन शान्त भएको छ
छाँया सम्म देख्ने मन छैन अब
मेरा यादहरू तिमीले बगाएजसरी
मेरो आँसु बगिरह्यो
तिमीले हेरिरह्यौ
आज हटाए हृदयबाट
मन शान्त भएको छ
हो तिमीले भनेजस्तै
म तिम्रो खुट्टामा नि सुहाउँदिन
म हृदयमा बस्ने मान्छे हुँ
प्रेम भित्र हराउने मान्छे हुँ
प्रेम नै प्रेमले जीवन सजाउने
मान्छे हुँ त्यसैले
आज हृदयबाट हटाए तिमीलाई
मन शान्त भएको छ
ढकढकाएर ढोका आफैंले
प्रेम रोपी बिना गल्ती दोषारोपण गरी
हृदयमा चोट पुराइ बिलाएर गयौँ
पहिलो बोली नै सत्य बन्यो तिम्रो
आऊ भनि बोलायौ
असिना मिठो हुन्छ
आउँछु है भन्दा
असिना बिलाइसक्यो भन्यौ
आज सम्बन्ध बिलायो
हृदय शान्त भएको छ
अविश्रासीको पहिलो बोली काफी रहेको छ
हटाएर हेरे हृदयबाट
मन शान्त भएको छ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |