Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन १८, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

प्रभातफेरी अनलाइन ९८ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १८, सोमबार (१७ घण्टा अघि)
चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

काठमाडौँ । २१ फागुनको चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टीका नेता, तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोल टोलमा केन्द्रीत भएका छन् । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा प्रचारप्रसार तथा घरदैलो गर्न पाइदैनँ । प्रचारप्रसारको अन्तिम दिन नेकपाका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोलहरुमा केन्द्रीत भएर पार्टीलाई जिताउनका लागि सक्रिय भएका हुन् । दिनप्रतिदिन नेकपाको पक्षमा माहोल बन्दै गइरहेको नेताहरुले बताउँदै आएका थिए । चुनावी प्रसारप्रसारको अन्तिम दिनमा आइपुग्दा नेकपाको पक्षमा देशभर जनलहर सिर्जना भएको नेताहरुको भनाई छ ।

नेकपाका नेता अग्नि प्रसाद सापकोटाले प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा नेकपा पहिलो पार्टी बन्ने अवस्थामा पुगेको बताए । ‘देशभरको अवस्था हेर्दा नेकपाको पक्षमा जनलहर देखिएको छ । मतदाताको माया र अपेक्षा नेकपाप्रति नै देखियो । हामी पहिलो पार्टी बन्नेछौँ ।’ उनले भने ।
आज दिनभर नेकपाले देशभर घरदैलो र मतदाता भेटघाट कार्यक्रम राख्ने जनाइएको छ ।

पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रुपमा आफ्नो निर्वाचन क्षेत्रमा परिचालन हुन विशेष निर्देशन नै जारी गरेको थियो । नेकपाले पार्टी र जनवर्गिय संगठन, मोर्चाका सबै सदस्य निर्वाचनमा मतदान गर्न अनिवार्य रुपमा उपस्थित हुन पनि भनेको छ ।

प्रचण्डलाई किन जिताउने ?
हिजो जनयुद्ध गलत थियो भन्नेहरू आज गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक अधिकार मज्जाले भोग गरेका छ्न। ती अधिकार कसको बलिदान, कसको संघर्ष र कसको नेतृत्वले ल्याएको हो ? भुल्नुभयो ?

प्रचण्डलाई हराउने हो भनेर हौसिनेहरूले के बिर्सनुभएको छ भने, प्रचण्ड हारेपछि सबैभन्दा बढी खुसी हुने को हुन् ? गणतन्त्र घाँडो ठान्ने, धर्मनिरपेक्षता नचाहने, समावेशी अधिकार सधैं विरोध गर्नेहरू। उनीहरूकै खुसीका लागि तपाईं प्रचण्ड र उहाँले नेतृत्व गरेको पार्टी नेपाली कम्युनिस्ट पार्टीलाई हराउन लाग्नुभएको हो ?
जनजाति, दलित, मधेशी, महिला, पिछडिएका वर्ग र क्षेत्र, तपाईंहरूले पाएको अधिकारको महत्व नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हले हार्दा मात्र थाहा हुनेछ। किनकि ती अधिकार खोसिन थालेपछि मात्र तपाईंलाई प्रचण्डको महत्व याद आउनेछ। तर त्यतिबेला ढिलो भइसकेको हुनेछ।

हिजो एमाले र कांग्रेसले नचाहेर पनि प्रचण्डकै नेतृत्वमा गणतन्त्र आयो, संविधान बन्यो, समानुपातिक अधिकार स्थापित भयो। पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थाल्दा एमाले–कांग्रेस मिलेर सरकार ढालेनन् ? उनीहरू भ्रष्टाचारीका संरक्षक हुन् कि सुशासनका पक्षधर? इतिहास साक्षी छ।

अब कुरा गरौँ नयाँ शक्ति र रास्वपाको। यिनीहरूसँग विचार छैन । सिद्धान्त छैन । इतिहासबोध छैन । समाजवाद र पुँजीवाद एउटै हुन् भन्नेहरू, धनी र गरिब उस्तै हुन् भन्नेहरू, “पुरानो सबै खराब र नयाँ सबै राम्रो” भन्ने नाराबाजीबाहेक यिनीहरूसँग गहिरो राजनीतिक दृष्टि नै छैन ।

जातीय व्यवस्था उन्मूलनको एजेन्डा कहाँ छ ? महिला मुक्तिको योजना कहाँ छ ? आदिवासी जनजातिका भाषा र सभ्यता जोगाउने कार्यक्रम कहाँ छ ? ८० लाख युवालाई विदेशिनबाट रोक्ने नीति कहाँ छ ? उद्योग र आत्मनिर्भर अर्थतन्त्रको खाका कहाँ छ ? शासकीय स्वरुपको खाका छ?

यिनीहरूसँग के छ भने , कांग्रेस र एमालेको कुशासनप्रतिको जनआक्रोशलाई पूँजी बनाउने कला मात्र। तर आक्रोश विकल्प होइन; नीति र दृष्टि चाहिन्छ।
त्यसैले नेपाली कम्युनिष्ट पार्टी न गोली हानेर युवाको हत्या गर्ने पक्ष हो, न सिंहदरबार, संसद् र अदालत कब्जा गरेर जलाउने पक्ष हो। नेपाली कम्युनिष्ट पार्टी त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक राज्य व्यवस्थाको संस्थापक हो । नेपाली कम्युनिष्ट पार्टी त सुशासन, सामाजिक न्याय र समृद्धिसहितको समाजवादको पक्षपाती हो ।
अब ३ दिन मात्र बाँकी छ सोच्नुस्, विचार गर्नुस्।
जनताका अधिकारसँगै राष्ट्रियता, स्वाभिमान र राष्ट्र निर्माणको दिशा सुरक्षित राख्ने क्षण यही हो। सबै वर्ग र क्षेत्रको समान अधिकार जोगाउन स्पष्ट एजेन्डा, वैचारिक दृढता र एकताबद्ध शक्ति आवश्यक हुन्छ। इतिहासले पटक–पटक देखाएको छ ।एजेन्डाविहीन शक्तिहरू क्षणिक रूपमा चम्किए पनि दीर्घकालीन रूपमा दिशा दिन सक्दैनन्। त्यसैले अधिकार र भविष्य जोगाउने हो भने भावनाले होइन, गम्भीर विचारले निर्णय गर्नुस्।
अब निर्णय गर्नुस्, नाममा हैन, इतिहासले रेकर्ड राख्ने एजेन्डामा ध्यान दिदै प्रचण्ड नेत्रुत्वको नेकपालाई बहुमत सहित पहिलो पार्टी बनाउने मौका नगुमाउनुस्। तारा चिन्ह रोज्नुहोस ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन १३ गते बुधबार

    २०८२ साल फागुन १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0