Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन १८, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

प्रभातफेरी अनलाइन १५७ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १८, सोमबार (१७ घण्टा अघि)
डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

काभ्रे / नेपाल प्रेस युनियनले हरेक वर्ष प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी पुजन धिताल सम्मानित भएका छन् ।
आज बनेपामा आयोजित उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार कार्यक्रममा धिताललाई नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको हो ।
२०६६ सालमा डाँडापारीबाट ललितपुरको गोतीखेल जाने क्रममा सवारी दुर्घटनाबाट मृत्यु वरण गरेकी स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा परिवारले यो पुरस्कार प्रदान गर्दै आएको हो ।


धिताल एक दशकदेखि काभ्रेली पत्रकारितामा क्रियाशील छन् । उनी नमोबुद्ध मिडिया प्रा.लि.का प्रबन्ध निर्देशकसमेत छन् भने सबैको समाचारका कार्यकारी सम्पादकसमेत हुन् । उनले यसअघि इमेज टेलिभिजन, ग्यालेक्सी टेलिभिजन तथा विभिन्न पत्रपत्रिका र एफएम रेडियोमा कार्य गरेको अनुभव छ ।
उनले यस वर्ष डाँडापारी क्षेत्र समेटेर कृषि, सडक र शिक्षा क्षेत्रमा लेखेका समाचारका आधारमा मूल्याङ्कन समितिको मूल्याङ्कनअनुसार पुरस्कृत गरिएको हो ।
पुरस्कार वितरण समारोहमा बोल्दै संरक्षक स्वर्गीय उर्मिला सापकोटाका बाबु गोपाल कृष्ण सापकोटाले डाँडापारी क्षेत्रका समस्या समेटेर समृद्ध डाँडापारी निर्माणका लागि कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने यो दिनले आफूलाई छोरीको तिथि सम्झाउनेसँगै उसको सम्झना ताजा गराउने बताउनुभयो ।
सम्मान कार्यक्रमकै बीच प्रेस युनियन काभ्रेका प्रदेश पार्षद स्वर्गीय हिरा काजी लामा र स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा मौनधारण तथा दीप प्रज्वलनसहित श्रद्धाञ्जली प्रकट गरिएको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले युनियनले आयोजना गर्ने यस पत्रकारिता पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्दै आएको र यसको निरन्तरताका लागि संरक्षक परिवारजनमा धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मान समारोहमा काभ्रे पत्रकार महासंघका पूर्व अध्यक्षहरू, पेशागत सङ्गठनका अध्यक्षहरूलगायत सक्रिय सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन १३ गते बुधबार

    २०८२ साल फागुन १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0