प्रभातफेरी अनलाइन५ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ३०, शनिबार(२ दिन अघि)
काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेख्दै साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन्।
साम्पाङले उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। पत्रमा प्रधानमन्त्रीको भनाइबारे रास्वपाको आधिकारिक दृष्टिकोण स्पष्ट पार्न अनुरोध गरिएको छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद अवरोध गर्दै भनाइ संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले सदनमै स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |